शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ३ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। मंगलबार दिउँसो भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उपराष्ट्रपति यादवले पितृशोक रहनुभएका ओलीसँग भेट गरेर समवेदना प्रकट गर्नुभएको हो।
उपराष्ट्रपति यादवले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ।
शोकको घडीमा उपराष्ट्रपतिले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति एवं समवेदना व्यक्त गर्नुभएको हो।

एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।