काठमाडौँ, चैत ४ गते । गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा यही चैत ७ गते बहुगन्तव्य शैक्षिक मेला हुने भएको छ। काठमाडौँको बागबजारस्थित सल्यान हाउसमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेला सञ्चालन गरिने गोरेटोका प्रमुख कार्यकारी अधिकृत धिरज कँडेलले जानकारी दिनुभयो।
मेलामा विद्यार्थीले अस्ट्रेलिया, क्यानडा, बेलायत (युके) र अमेरिका (युएसए) मा उपलब्ध अध्ययनका अवसरबारे विस्तृत जानकारी लिन सक्ने छन्। कार्यक्रममा १५ भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ। विद्यार्थीले ती प्रतिनिधिसँग प्रत्यक्ष रूपमा भेट गरी आफ्नो अध्ययन योजना, पाठ्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया र भिसा मार्गदर्शनका विषयमा परामर्श लिन सक्ने छन्।
बजार व्यवस्थापक प्रकाश रेग्मीका अनुसार मेलामा वरिष्ठ परामर्शदाताले विद्यार्थीको रुचि र योजनाअनुसार भविष्यको वृत्तिविकास (करियर) र स्थायी बसोवास (पिआर) का विषयमा समेत जानकारी दिने छन्। एउटै स्थानमा विभिन्न देशका विकल्पहरूबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि उपयोगी हुने विश्वास लिइएको छ।