• १ चैत २०८२, आइतबार

जिल्ला अस्पताल सल्यानका चिकित्सक अर्धचेत अवस्थामा फेला

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत १ गते । सल्यान जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेपछि हेलिकप्टरमार्फत उद्दार गरिएको छ।  जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन वुढाले मधेस प्रदेश महोत्तरी घर भएका ३७ वर्षीय एमडीजीपी डाक्टर बुद्धिनाथ शाह विहान सल्यान अस्पतालको नव निर्मित प्रशासनिक भवन भित्र अचेत अवस्थामा भेटिएका बताउनुभयो ।   

आइतबार बिहान करिब ९ बजे नियमित बिरामी जाँचको लागि राउन्डमा नआएपछि सहकर्मीहरूले खोजी गर्दा उनी त्यही अवस्थामा फेला परेका थिए।

सामान्य उपचारपछि डाक्टर शाहलाई थप उपचारका लागि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको छ । प्रारम्भिक जानकारी अनुसार, उनी राति १२ः४४ बजे खाना खाएर सुत्न गएको र घटनास्थलबाट ‘ओपी कम्पाउन’ नामक विषादीको करिब २ सय एमएलको बोतल र कोठामा एक सुसाइड नोट फेला परेको सल्यान अस्पतालका प्रमुख डाक्टर अर्जुन वुढाले जानकारी दिनुभयो।

जिल्ला अस्पताल स्रोतले घटनाको थप अनुसन्धान भइरहेको र डाक्टर शाहको स्वास्थ्य अवस्था स्थिर नभएको बताउनुभयो । शाह विगत दुई वर्षदेखि जिल्ला अस्पताल सल्यानमा कार्यरत रहँदै आएका थिए।