वासुदेव शर्मा
जाजरकोट, चैत २ गते । यस वर्षको माध्यामिक शिक्षा (एसईई) परिक्षामा जाजरकोटका ७७ वटा माध्यामिक विद्यालयबाट ४ हजार ८१३ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।
एसईई परिक्षाका लागी सम्पुर्ण तयारी पुरा गरिएको शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोट जनाएको छ । सात वटा स्थानीय तह ७७ वटा माध्यामिक विद्यालयबाट माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा जिल्लामा २ हजार ४३० छात्र, २ हजार ३८३ छात्राले परिक्षाम सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीका अनुसार चैत १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परिक्षाको तयारी अन्तिम चरणमा पुगेका छ । चैत १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परिक्षा (एसईई) मा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले तोकिएको परिक्षा केन्द्रबाट परिक्षा दिने बताउनुभयो ।
उहाँका अनुसार परिक्षा व्यवस्थित, मर्यादित बनाउन सम्बन्धित परिक्षा केन्द्रका शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी नदिने व्यवस्था गरिएको छ । परिक्षाका लागि अनुगमन, सुरक्षा लगायत आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
जिल्लाभर १६ वटा परिक्षा केन्द्र, तोकिएको छ । गत वर्षको तुलनामा एसईईमा सहभागी हुने विद्यार्थी सङ्ख्या बढेका जनाएको छ । गत वर्ष ४ हजार ३१० जना परिक्षा दिएका थिए । यस वर्ष परिक्षार्थी बढेका छन् ।