• २ चैत २०८२, सोमबार

सिमकोट लगायत उच्च क्षेत्रमा हिमपात

blog

सिमकोटमा भएको हिमपात । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, चैत २ गते । हुम्लाका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ । आइतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो ।

सिमकोटभन्दा माथिल्लो क्षेत्रमा हिमपात भएको सिमकोट गाउँपालिका– ६ का जयचन्द्र रोकायाले बताउनुभयो । जम्न नसकेपछि सदरमुकाम सिमकोटमा राम्रै हिमपात भएको र सिमकोट भन्दा माथिल्लो क्षेत्रमा भने जम्ने गरि हिमपात भएको उहाँको भनाई छ ।

जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली गाउँपालिका उच्च स्थानमा हिमपात भएको छ । हिमाली भेगमा हिउँ परेको भए पनि अन्य केही ठाउँमा पानी परेको छ । 

पानीले खेतीलाई केही राहत पु¥याए पछि जौ, गहुँ र उवा बााली राम्रो हुने भएपनि किसान खुसी हुनु भएको छ । हिमपातले हवाई सेवा अबरुद्ध भएको छ भने चिसो एक्कासी बढेको छ ।