• ८ चैत २०८२, आइतबार

टिप्पर दुर्घटना हुँदा तीनको मृत्यु, एकजना गम्भीर

blog

दुर्घटनाग्रस्त अवस्थामा टिप्पर ।

रेखीराम राना

तानसेन, चैत ७ गते । पाल्पामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन । 

शनिबार बेलुकी ६ बजेतिर माथागढी –४, झडेवाबाट वडा ७ रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी टिप्परमा सवार चालकसहित चार जना गम्भीर घाइते भएका थिए । 

घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा ल्याएपछि तीन घाइतेलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । 

गम्भीर घाइते तानसेन –१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।