शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, चैत ७ गते । शुक्रबारदेखिको हिमपातका कारण नाम्खा गाउँपालिका-६ स्थित हिमालपारिको गाउँ लिमीमा चिसो अत्यधिक बढेको छ । हिमपातले गर्दा शनिबार बेलुका लिमीको तापक्रम माइनस १० डिग्री सेल्सियसमा झरेको छ ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार बिहीबारसम्म केही न्यानो महसुस भइरहेकोमा शुक्रबार सुरुमा वर्षा र बेलुकादेखि हिमपात भएपछि चिसो ह्वात्तै बढेको हो । लिमीका तीनवटा गाउँमा आधा फिटभन्दा बढी हिउँ जमेको छ। चिसोका कारण मानिसहरू घरबाहिर निस्कन कठिन भइरहेको र गाउँ सुनसान देखिएको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
अत्यधिक चिसो भए पनि चौँरीगाईलाई भने गोठबाहिर निकालिएको छ । बेमौसमी वर्षा र हिमपातले चिसो बढाए पनि किसान भने बालीका लागि फाइदा हुने आशामा खुसी देखिएका छन् ।