कविराज घिमिरे
धनकुटा, चैत ७ गते । धनकुटाको सहिदभुमि गाउँपालिकामा पिकअप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। आज दिउँसो २ बजेतिर सहिदभुमि गाउँपालिका वडा ३ ढोडेस्थित भित्रि सडक खण्डमा गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप अनियत्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी घाइते हुनेमा चालक सहिदभुमि १ का २१ वर्षीय पुर्ण राईको टाउकोमा गहिरो चोट लागेको छ । सोही दुर्घटनामा परेर गम्भीर घाइते भएका सोही स्थानका १६ वर्षीय अबिन राई पनि गम्भीर घाइते भएका छन् ।
त्यसैगरी सहिदभुमि १ कै ३५ वर्षीय मिना तामाङको पनि अवस्था गम्भीर रहेको र थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेफर गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी सोही स्थानका १६ वर्षीय अमित राई पनि घाइते भएका छन् । उहाँको धनकुटाको हिलेस्थित मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।