• ७ चैत २०८२, शनिबार

निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी पुरस्कृत

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत ८ गते  । प्रहरी प्रधान कार्यालयले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी जवानदेखि प्रहरी अतिरिक्त महानिरीक्षकसम्मका कर्मचारीलाई नगदसहित पुरस्कार दिने निर्णय गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै प्रोत्साहनस्वरूप पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउन उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाल प्रहरीका केन्द्रीय निर्वाचन सेल प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्कीसहित प्रदेश र जिल्ला तहमा कार्यरत प्रहरीलाई पुरस्कृत गर्ने निर्णय भएको छ । त्यस अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू अरुण पौडेल, गोविन्द थपलिया, विनोद घिमिरे, दीपेन्द्र जिसी, दीपक रेग्मी, ओमबहादुर राना र भूपेन्द्र खत्रीलाई प्रहरी नियमावली अनुसार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै वरिष्ठ प्रहरी अधिकृत (एसएसपी) हरू मुकुन्द मरासिनी, कृष्णबहादुर पल्लीमगर, जनार्दन जिसी, सन्तोषकुमार भट्टराई, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी र सुवासचन्द्र बोहोरालाई पुरस्कृत गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरू वसुन्धरा खड्का, सीताराम रिजाल, सुमन कु. तिमिल्सिना, नरेशराज सुवेदी, सुधीरराज शाही, योगेन्द्रकुमार खड्का, अनुपम श्रेष्ठ, अङ्गुर जिसी, मनिषराज सापकोटा, गोविन्द पुरी, वासुदेव पाठक, यादव ढकाल, दीपक श्रेष्ठ, युवराज खड्का, सुदीपराज पाठक, दधिराम न्यौपाने, पुष्पराज मल्ल, श्यामु अर्याल, दीपक भारती, कौशलकुमार बुढाथोकीलाई पुरस्कृत गरिएको छ । 

त्यसै गरी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरू द्वारिकाप्रसाद घिमिरे, मनोजकुमार लामा, सुवास हमाल, किशोर लम्साल, सन्तोष निरौला, नरहरि अधिकारी, सरोज गिरी, सुगन्ध श्रेष्ठ, वीरेन्द्रवीर विश्वकर्मा, रुकबहादुर खड्का, जगदीशसिंह डाँगा, सुधीर राई, टेकबहादुर रावत, प्रकाश जबेगू, हिमबहादुर खत्री, दिवसबहादुर जिसी पुरस्कृत हुनुभएको छ । 

त्यसै गरी प्रहरी निरीक्षकतर्फ चार, वरिष्ठ प्रहरी नायब निरीक्षकतर्फ तीन, प्रहरी निरीक्षक दुई, प्रहरी हवलदार छ जना र प्रहरी जवान दुई जनालाई पुरस्कृत गरिएको छ ।