• ७ चैत २०८२, शनिबार

ताप्लेजुङमा ४८ प्रतिशत मुद्दा फर्स्यौट

blog

जिल्ला अदालत ताप्लेजुङ । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, चैत ७ गते ।
ताप्लेजुङ जिल्ला अदालतले ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो ।

जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका कुल चार सय २२ थान मुद्दामध्ये फागुन मसान्तसम्ममा ४८ प्रतिशत फर्स्यौट भएको अदालतका श्रेष्तेदार शम्मीकपुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लगतको रुपमा दर्ता भएका दुई सय ६३ थान र आव २०८१–०८२ बाट जिम्मेवारी सरी आएका एक सय ५९ थान गरी फागुन मसान्तसम्ममा अदालतमा चार सय २२ थान मुद्दा रहेका थिए ।

उक्त मध्ये दुई सय दुई थान मुद्दा फर्स्यौट भएको छ । फागुन मसान्तसम्मको अवस्था हेर्दा अदालतमा अब दुई सय २० थान मुद्दा जिम्मेवारीको रुपमा रहेका छन् । अदालतले छ महिना भित्रका एक सय १९ थान, छ महिनादेखि एक वर्ष भित्रका ६१ थान एक वर्षदेखि १८ महिना भित्रका १६ थान र १८ महिनादेखि दुई वर्ष भित्रका छ थान मुद्दा फर्स्यौट गरेको छ ।