• १७ चैत २०८२, मङ्गलबार

हुम्लामा आर्थिक गणना कार्यालय स्थापना

blog

सिमकोटमा स्थापना गरिएको आर्थिक गणना कार्यालय। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत १७ गते ।
जिल्लामा आर्थिक गतिविधिहरूको विवरण सङ्कलन गर्न हुम्लामा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। आर्थिक गणना कार्यालय सदरमुकाम सिमकोटमा स्थापना गरिएको हो र आगामी असार मसान्तसम्म सञ्चालन हुने जनाएको छ।

कार्यालयका प्रमुख सुरेन्द्र बहादुर पन्तले जानकारी दिँदै भन्नुभयो कि यस कार्यालयको मुख्य उद्देश्य जिल्लाका सबै गाउँपालिकाहरूको आर्थिक गतिविधि विवरण सङ्कलन गर्नु हो।

कार्यालयले चैत २१ देखि २४ गतेसम्म विवरण सङ्कलनका लागि गणक तथा सुपरिवेक्षक छनोट गर्ने छ। त्यसपछि चैत २६ देखि ३० गतेसम्म छनोट भएका गणक र सुपरिवेक्षकका लागि तालिम सञ्चालन गरिने छ। नयाँ वर्षको वैशाख २ देखि असार ७ गतेसम्म प्रत्येक आर्थिक गतिविधि गर्ने प्रतिष्ठानहरूको गणना गरिने छ।

सर्वेक्षण पश्चात भरेका फारमहरू सङ्कलन गरी विभागमा पठाउने काम सकिएपछि कार्यालयको कार्य सम्पन्न हुने छ।