शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जयकृष्ण यादव
इनरुवा, वैशाख २७ गते । सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपिएफ क्लब विजयी भएको छ ।
एपिएफले नेपाल प्रहरी क्लवलाई २९-१८ ले हरायो । प्लेयर अफ दि म्याच रविना चौधरी हुनुभयो । यस्तै अर्को खेलमा खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ५२-२२ ले हरायो । बागमतीकी सन्जस धामी प्लेयर अफ दि म्याच हुनुभयो ।
अर्को खेलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई ५१-२१ ले स्तब्ध बनायो । सुदूरपश्चिमकी दिपा दर्जी प्लेयर अफ दि म्याच बन्नुभयो । यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई ४५-२५ ले हराएको थियो ।