राष्ट्रपति रनिङ शिल्डको उपाधि घोराहीलाई
दाङ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ ।
युएईसँग विशेष शृङ्खला खेल्दै नेपाल
खेलकुदमा कुनै कुनै राष्ट्रबिचको प्रतिद्वन्द्विता हेर्नलायक हुन्छ । यस प्रकारको प्रतिद्वन्द्विता नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच हुने खेलमा पनि रहन्छ । नेपाल र युएई अन्तर्राष्ट्रिय क्रिकेटमा परम्परागत प्रतिद्वन्द्वी हुन् । यो शृङ्खला अन्य केही कारणले पनि विशेष छ । सर्वाधिक लोकप्रिय घरेलु क्रिकेटरमध्ये एक दीपेन्द्रसिंह ऐरीले पहिलो पटक टी–२० मा नेपालको नेतृत्व गर्नुहुने छ । नेपालले दुई वर्षभन्दा बढी समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल्दै छ । यसै गरी नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक रातिको समयमा कृत्रिम प्रकाशमा अन्तर्राष्ट्रिय खेल हुँदै छ भने नेपालका प्रशिक्षक स्टुवार्ट लको पनि घरेलु मैदानमा यो पहिलो शृङ्खला बन्ने छ ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
आजदेखि १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रतियोगिताको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गर्नुभयो ।
राष्ट्रिय जुनियर टेनिसमा भान्सीलाई दोहोरो स्वर्ण
पोखरामा सञ्चालन भइरहेको पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण पदक जितेकी छन् ।
चन्द्रगढी महिला गोल्डकप : भुटानको थिम्पु सिटी पराजित
झापाको चन्द्रगढीमा आयोजित प्रथम महिला गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले पाहुना टोली भुटानको थिम्पु सिटी महिला फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
नाईजेरियन टोलीलाई खजुरा गोल्डकप उपाधि
बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाईजेरियन टोली जष्ट जोन एफसीले हात पारेको छ ।
महिला हक्की टोलीको बिदाइ
नेपाल हक्की सङ्घले भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा भाग लिने नेपाली राष्ट्रिय महिला टोलीको बिदाइ गरिएको छ ।
नेपाल युएई टी–२० सिरिज भोलि
आइसिसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपालले विश्वकपअघि संयुक्त अरब इमिरेट्स (युएई)सँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ ।
पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै
आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।
फाल्गुनन्द अध्यक्ष कपको उपाधि झापालाई
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित ‘फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता’ को उपाधि नव किरण स्पोर्टिङ क्लब झापाले जितेको छ ।
इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा
प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जष्ट जोन नाइजेरिया फाइनल प्रवेश
जष्ट जोन एफसी नाइजेरिया बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। खजुरा –४ डि गाउँस्थित मिनी रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा बिदेशी टोली नाइजेरियाले फोर ब्रदर्श एफसी नवलपरासीलाई १ काविरुद्ध २ गोलको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
इनरुवामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता
सुनसरीको इनरुवामा तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथन उपाधि
त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जित्नुभएको छ ।
फाल्गुनन्द अध्यक्ष कप : उपाधिका लागि आज आयोजक र झापा भिड्दै
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ।
सूर्यनगर गोल्डकपको उपाधि अभिषेक चर्च नवलपुरलाई
पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को उपाधि अभिषेक चर्च रजहर, नवलपुरले जितेको छ।
विराट गोल्डकप फाइनल: झापा उपाधि खोज्दै, सम्राट इतिहास रच्ने लक्ष्यमा
विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ।
'खेलकुद पूर्वाधारको सुधार र संरक्षणमा सहयोग गर्छौं'
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले नेपालगन्जस्थित रंगशाला, कभर्ड हल र स्वीमिङ पूल लगायतका खेलकुदका भौतिक पूर्वाधारको निरिक्षण गर्नुभएको छ ।
खजुरा गोल्डकपमा जेबिएम लखनउ फाइनल प्रवेश
जेबिएम फुटबल एकेडेमी लखनउ बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इलाम गोल्डकपको तयारी पूरा
भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ ।
पीएम कप क्रिकेटको उपाधि आर्मीले उचाल्यो : सुदूरपश्चिम पाँच विकेटले पराजित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
लिग-२ का लागि नेपाली टोलीको घोषणा : कप्तान रोहित पौडेल
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
टी–२० क्रिकेटमा नेपाली टोलीको कप्तान दीपेन्द्रसिंह ऐरी
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुने आगामी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।
लहानमा क्रिकेट रंगशाला निर्माण सुरु
लहान नगरपालिका–४ स्थित खुटी नदीको दक्षिणी भागमा रहेको खाली ठूलो मैदानमा ‘यज्ञभूमि क्रिकेट रंगशाला’ निर्माण कार्य सुरु भएको छ ।