• ४ वैशाख २०८३, शुक्रबार

इलाम गोल्डकपको तयारी पूरा

blog

आज सार्वजनिक गरिएको ट्रफी । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख ४ गते । भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ । 

आयोजक क्लबले आज एक पत्रकार सम्मेलन गरेर प्रतियोगिताको ट्रफी सार्वजनिक समेत गरेको छ । भोलि वैशाख ५ देखि वैशाख १२ सम्म आयोजना हुने प्रतियोगितामा स्वदेशी र विदेशी गरी विभिन्न आठ टिमको सहभागिता हुने आयोजक क्लबले जनाएको छ । 

क्लबले खेल तालिका, सहभागी टिम र पुरस्कार राशी पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा नेपालको चर्चित टिमहरूमा मच्छिन्द्र फूूटबल क्लब काठमाडौं, न्यूरोड फूूटबल क्लब काठमाडौं, चितलाङ फूूटबल क्लब, फिदिम स्पोर्टिङ पाँचथर, रोलिङ क्लब झापा र आयोजक रेड हर्ष क्लब सहभागी हुनेछन् । एन पेनाङ एफसी (मलेसिया) र जर्जियन फुटबल क्लब कालेम्पुङ (भारत) सहभागी हुुने निश्चित भएको आयोजक क्लब सदस्य तथा एन्फा पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिनुुभयो । 

खड्गीले प्रतियोगितामा सहभागी खेलाडी र रिपोर्टिङमा खटिएका सञ्चारकर्मीको समेत दुुई लाख रुपियाँका दरले दुर्घटना बिमा सम्झौता गरिएको जानकारी दिनुुभयो । यस पटकको इलाम गोल्डकपको विजेता टिमले १० लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 

यस्तै, रेफ्री विधागत पुरस्कारहरु पनि रहेको जनाइएको छ । करिब ७८ लाखभन्दा बढी हुने अनुमान गरिएको यो प्रतियोगिताका लागि विभिन्न दाता र कम्पनीसँग सहकार्य र कुराकानी भइरहेको क्लबका अध्यक्ष सुजितसिंह खत्रीले जानकारी दिनुुभयो ।