शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख ३० गते । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा ४२औँ राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
सोही अवसरमा टिम च्याम्पियनलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका एक सय १५ खेलाडीले विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।