• ३० वैशाख २०८३, बुधबार

रग्बीका प्रेम उज्वेकिस्तान जाने

blog

बिदाइको क्रममा प्रेमबहादुर कोइराला ।

काठमाडौँ, वैशाख ३० गते । रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रुपमा सहभागी हुन बिहीबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्नुहुनेछ । प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ ।

उहाँलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता, राखेपका पूर्व सदस्य सन्तकुमार मेहता र नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । 

केही दिनअघि एसिया रग्बी डेभलोप्मेन्ट प्यानलमा परेपछि प्रेम मुख्य रेफ्रीमा मनोनित हुनुभएको थियो । नेपालबाट रग्बीको मुख्य रेफ्रीमा मनोनित हुने प्रेम पहिलो भएको महासचिव घिमिरेले जानकारी दिनुभयो । यसअघि उहाँ सहायक रेफ्री हुनुहुन्थ्यो ।