नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ ।
कोरला नाका खुलेपछि बढ्दै आर्थिक कारोबार
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिए । सोही विद्रोहका कारण वि.सं. २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरियो ।
चुनावी माहोलले हौस्यायो सेयर बजार
चुनावी वातावरणसँगै लगानीकर्ताको धारणा सकारात्मक बन्दै जाँदा सेयर बजारले २८ सयको विन्दु पछ्याएको छ । चुनावी माहोलले राजनीतिक स्थिरताप्रति लगानीकर्ताको अपेक्षा बढेसँगै सेयर बजारमा उत्साह देखिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७ अङ्कले बढेको छ भने कारोबार रकम पनि १४ अर्बनजिक पुगेको छ ।
निरन्तर घट्दै खेतीयोग्य जमिन
धान रोप्ने खेतीयोग्य जमिन निरन्तर घट्दै गएको छ । खेतीयोग्य जमिन घरघडेरीमा परिणत हुनु, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग, युवा जनशक्ति विदेश पलायनलगायतका कारण क्रमशः खेतीयोग्य जमिन घट्दै गएको हो ।
सात सय एकासी उद्योगमा एक खर्ब लगानी
मुलुकमा करिब आठ सय उद्योगमा एक खर्ब रुपियाँभन्दा बढी लगानी प्रस्ताव भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा स्वदेशी विदेशी ७८१ उद्योगमा एक खर्ब ३० अर्ब लगानी प्रस्ताव भएको उद्योग विभागले जनाएको छ ।
योगदानमा आधारित निवृत्तिभरण लागु
कोशी प्रदेश सरकारले आफ्ना कर्मचारीको अवकाशपछिको जीवनलाई व्यवस्थित र सुरक्षित बनाउन ‘योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) प्रणाली’ औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय र कर्मचारी सञ्चय कोषबिच यससम्बन्धी द्विपक्षीय सम्झौता भएसँगै लामो समयदेखिको अन्योल अन्त्य भएको हो ।
जापान जाँदा सजग रहन आग्रह
वैदेशिक रोजगार विभागले पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको छ । विभागले ब्याचलर, कुक तथा सिपयुक्त श्रमिकलगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको हो ।
नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।
एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ ।
अण्डाको माग र मूल्य बढ्यो
प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो ।
सबै वैदेशिक लगानी स्वचालित मार्गबाट
सबै किसिमको वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने भएको छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्न पाउने व्यवस्थासँगै लगानीकर्तालाई सहज हुने अपेक्षा गरिएको छ ।
ऋणीको ‘प्रोफाइलिङ’ प्रणाली बनाउन जोड
अर्थमन्त्री रामेश्वर खनालले ऋणीको चरित्र, मनोभाव र विगतको व्यवहार विश्लेषण गर्ने ‘प्रोफाइलिङ’ प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले बैङ्कका कर्मचारीमाथि ऋणीबाटै आक्रमण बढेकाले प्रोफाइलिङ प्रणाली आवश्यक भएको बताउनुभयो । ‘केवाइसी’ लाई केवल नियामक दायित्वका रूपमा नभई कर्जाको गुणस्तर सुनिश्चित गर्ने उपकरणका रूपमा लिनुपर्ने उहाँको धारणा थियो ।
व्यापार पूर्वाधार विकासमा छलफल
नेपाल र चीनबिच व्यापार पूर्वाधार विकास एवं प्राविधिक सहयोगका सन्दर्भमा छलफल भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको हालै सम्पन्न तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा यसबारे छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
साउदी अरबसँग श्रम सम्झौता हुँदै
साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी नेपाल सरकार र साउदी अरबबिच श्रम सम्झौता हुने भएको छ । नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी सोमबार साउदी अरबमा हुने ग्लोबल कन्फ्रेन्समा सम्झौता हुन लागेको हो ।
विमानस्थलको आम्दानी सात सय अट्ठाइस रुपियाँ
राज्यको करोडौँ रुपियाँ लगानीमा निर्माण भएको विमानस्थलको वार्षिक आम्दानी ७२८ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर ४८ वर्षसम्म कच्ची धावनमार्ग हुँदा सञ्चालनमा रहेको र कालोपत्रे भएपछि ठप्प रहेको खोटाङको लामीडाँडा विमानस्थलले आर्थिक वर्ष २०८१/८२ भरमा गरेको आम्दानी यत्ति नै हो ।
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।
उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनु भएको छ ।
वैदेशिक सहायताको धेरै खर्च बजेट प्रणालीभन्दा बाहिरबाट
नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च हुने क्रम निरन्तर बढ्न थालेको छ । सरकारको वार्षिक बजेट पुस्तिका (रातो किताब) मा समावेश हुने रकमलाई बजेटभित्र (अन बजेट) र रातो किताबमा समावेश नभई खर्च हुने रकमलाई बजेटबाहिर (अफ बजेट) को खर्च मानिन्छ ।
श्रीकृष्ण बेभरेजको पानीमा एमोनिया
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका पानी आपूर्तिकर्ताले वितरण गर्ने पिउने पानीमा एमोनिया पाइएको र सरसफाइमा लापर्बाही भेटिएको जनाएको छ । विभागको टोलीले भक्तपुरस्थित श्रीकृष्ण बेभरेजले उत्पादन गरेर बजारमा पठाएको पानीको परीक्षण गर्दा एमोनिया पोजेटिभ भएको फेला परेको हो ।
भन्सारमा सुशासनको प्रत्याभूति आवश्यक
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र भन्सारमा सुशासनको प्रत्याभूत हुने बताउनुभएको छ । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेन्ट सङ्घ, काठमाडौँले शुक्रबार आयोजना गरेको राजस्व सुरक्षण र व्यापार सहजीकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, निजी क्षेत्र तथा भन्सार एजेन्टबिच साझेदारी विषयमा आयोजित अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।
‘आफ्नै सामर्थ्य बिर्संदा निजी क्षेत्र कमजोर’
देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्र आफ्नै सामथ्र्य बिर्सेर अलमलमा परेको सरोकारवालाले बताएका छन् । विराटनगरमा राष्ट्रिय व्यावसायिक पहल तथा उद्योग सङ्गठन मोरङले नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशीसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको बृहत् अन्तर्क्रियामा उनीहरूले यस्तो बताएका हुन् ।
सुनको मूल्य नाघ्यो तीन लाख
निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार दुई लाख ९२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतारचढाव
जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।
एक तोला सुनको मूल्य तीन लाख एक हजारभन्दा माथि
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।