तेलको मूल्य घट्दा अमेरिकी शेयर बजार सुधार
मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१२ दशमलव ३४ अङ्कले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ ।
राजस्व चुहावट नियन्त्रण
मुलुकमा लगभग दुई तिहाइ बहुमत भएको सरकार गठन भएको छ । यो सरकार गठन हुनुपूर्व नै राष्ट्रिय योजना आयोगको स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपियाँ बजेटको आकार तोकेको छ । यस्तो बजेटका लागि करिब १४ खर्ब ५० अर्ब रुपियाँ आन्तरिक राजस्व असुलीबाटै पु¥याउनुपर्ने हुन्छ । चालु आव २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपियाँको बजेट घोषणा गरिएको थियो । यस्तो खर्च थेग्ने स्रोतमा राजस्वको अंश १४ खर्ब ८० अर्ब रुपियाँ तोकिएको थियो । यसलाई मध्यावधि समीक्षाबाट १२ खर्ब ९८ अर्ब रुपियाँमा झारिएको छ, जस अनुसार २०८२ चैत मसान्तसम्मको असुली आठ खर्ब ९१
सुनचाँदीको मूल्य आज पनि बढ्यो
बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ ।
ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार राजस्व दाखिला भएको छ ।
ऊर्जामा अग्रगामी निर्णयको प्रतीक्षा
कागजी लेखाजोखा र नियामकका दुईधारे नियमको बन्धनमा रुमल्लिएका ऊर्जा विकाससँग सरोकार राख्ने फाइल आजको दिनमा अग्रगामी निर्णयको प्रतीक्षामा छ । अनिश्चय र अनिर्णयको बन्दी बनेका योजनाले अब सुशासनको यात्रामा मूलभूत योगदान गर्न चाहन्छन् । प्रगतिप्रतिको यो आकाङ्क्षालाई नयाँ सरकारले थप गतिशील बनाउने अपेक्षा छ । नेपालको ऊर्जाक्षेत्र अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विषय तथ्याङ्कले नै स्थापित गर्दै आएको छ । विद्यमान नीति, ऐन, नियमकै परिधिमा पनि ऊर्जाक्षेत्रले उत्साहप्रद योगदान दिएको देखिन्छ । चालु वर्षमा सबैभन्दा तीव्र वृद्धि हुने क्षेत्र विद्युत् तथा ग्यास रहने देखिए
पर्यटन क्षेत्र नकारात्मक छविबाट मुक्त हुँदै
पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक वृद्धिका लागि सुशासन र पारदर्शिता अपरिहार्य तत्व हुन् । यसले पर्यटन सेवाको गुणस्तर सुधार गर्नुका साथै पर्यटकको विश्वास बढाउन मद्दत गर्दछ । विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्र नीतिगत अस्थिरता, दिशाहीन योजना र पूर्वाधारको अभावमा रुमल्लिँदै आएको छ । राजनीतिक अस्थिरता, सत्ताकेन्द्रित राजनीति, दलीय स्वार्थ, संस्थागत कमजोरी र प्रशासनिक जडता तथा जनताको आशालाई कमजोर बनाएको थियो । महँगो हवाई भाडा, पर्यटकीय पूर्वाधार निर्माणमा ढिलाइ, पर्यटकलाई स्थानीयभन्दा फरक र अत्यधिक
गुणस्तरीय पूर्वाधार
तोकिएको समय, लागत र प्राविधिक मापदण्डभित्र रहेर निर्माण गरिएका दिगो, सुरक्षित र जनअपेक्षा अनुरूपका भौतिक संरचना (सडक, पुल, भवन, बिजुली, पानी आदि) नै गुणस्तरीय पूर्वाधार हुन् । यसले सडक, ढल, खानेपानी, भवन जस्ता भौतिक संरचनालाई जनाउँछ । गुणस्तरीय पूर्वाधार निर्माणले जनजीवन सहज र सरल बनाउन मद्दत गर्छ । यसमा आयोजनाको योजना, डिजाइन, कार्यान्वयन र मर्मतसम्भारको प्रक्रिया उच्च गुणस्तरको हुन्छ । भौतिक
सुशासनको आर्थिक लाभ
सीमित समूह मात्रको पहुँच र हालीमुहालीले पछिल्ला वर्षमा ‘आसेपासे पुँजीवाद’ मुलुकको अर्थतन्त्रको चरित्र बन्न पुग्यो । अर्थतन्त्रसँग सम्बन्धित नीतिगत व्यवस्था खास समूहकेन्द्रित हुँदा यसको लाभबाट सर्वसाधारण नै वञ्चित हुनुपर्ने नियति भोग्नु प¥यो । राजनीतिक प्रतिबद्धताका कारण सिर्जित जनअपेक्षा आर्थिक उपलब्धिमा रूपान्तरण हुन नसक्दा त्यसले चरम निराशा र विरोधका लागि पर्याप्त ठाउँ बनायो । सार्वजनिक सेवामा भोग्नुपर्ने प्रताडना, जघन्य भ्रष्टाचार र नागरिकप्रतिको गैरजिम्मेवारीले सुशासन केवल मृगतृष्णा बन्न पुग्यो । परिणाम हामी सबैलाई थाहा नै छ । जेनजी पुस्ताले
अन्जन श्रेष्ठको अध्यक्षतामा कार्यसमिति
नेपाल उद्योग वाणिज्य महासङ्घमा निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका अन्जनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासङ्घको ६० औँ वार्षिक साधारण सभा तथा निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार श्रेष्ठ अध्यक्ष बन्नुभएको हो । स्वतः अध्यक्ष हुने प्रावधान यसपछिका लागि भने विधानबाटै हटाइसकिएको छ । श्रेष्ठको कार्यकाल तीन वर्षको हुने छ । महासङ्घको एक वरिष्ठ उपाध्यक्षका लागि अहिले निर्वाचित सदस्यले पूर्वपदाधिकारी प्रतिस्पर्धीबाट चयन गर्न बाँकी छ ।
नवौँ दिनमा भयो भन्सार जाँचपास
विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवाहक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायीलाई स्वघोषणा गराएर नौ दिनपछि जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशनबमोजिम एक पटकलाई व्यवसायीले यो सुविधा पाउने भएका हुन् ।
अवैध सामान बरामद
भारतबाट सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कडाइका साथ लागु गर्नुका साथै यहाँस्थित नेपाल–भारत नाकामा अवैध आयात निर्यात नियन्त्रण अभियान पनि तीव्र पारिएको छ ।
मोतीपुर औद्योगिक क्षेत्र निर्माण अन्योलमा
बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने विषय जग्गा विवादका कारण अघि बढ्न सकेको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयलाई पत्र पठाउँदै मोतीपुर औद्योगिक क्षेत्रको स्वामित्वमा रहेको जग्गा खाली गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि स्थानीय मोतीपुरका बासिन्दा आन्दोलित छन् । जसका कारण औद्योगिक क्षेत्र बनाउने विषय तत्कालका लागि अघि बढाउन समस्या भएको छ ।
सय अर्ब डलरको अर्थतन्त्र : इमानदार प्रयासबाट सम्भव
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी वाचापत्रमा लेखेको छ, “नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धिदर वार्षिक सात प्रतिशत (स्थिर मूल्यमा) कायम गरेर जग बसाउने छौँ । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै (प्रचलित मूल्यमा) प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार एक सय अर्ब डलरनजिक पुग्ने लक्ष्य लिने छौँ ।”
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।
ऊर्जा सङ्कटले विश्व अर्थतन्त्रमा चुनौती, पेट्रोलको मूल्य अत्यधिक बढ्यो
इरानसँगको युद्ध सुरु भएपछि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक रूपमा बढेको छ ।
औद्योगिक सुरक्षामाका लागि द्रुत प्रतिकार्य संयन्त्र गठन
औद्योगिक तथा व्यावसायिक क्षेत्रमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले सरकारले देशभरका सबै जिल्लामा द्रुत प्रतिकार्य संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
सुनचाँदीको मूल्यवृद्धि
मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।
भृकुटी कागज कारखाना : दुर्व्यसनीको अखडा बन्दै
नवलपुरको गैँडाकोटमा रहेको देशको गौरव भृकुटी कागज कारखानाले कुनै समय मुलुककै कुल मागको झन्डै ६० प्रतिशत कागज पूरा गथ्र्यो । कारखाना बन्द भएपछि अहिले झाडीले भरिएर खोरियाघारी जस्तो बनेको छ । कारखानाका सबै संरचना मक्किएका छन् । छाएका कर्कटपाता कुहिएर झरेका छन् । बाहिरबाट हेर्दा अस्थिपञ्चर मात्रै देखिन्छ । लाखौँ मूल्य पर्ने मेसिनहरू खिया लागेर बिग्रिएका छन् । यो कारखाना बन्द भएको पनि १५ वर्ष बितिसकेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
अब पर्यटकवाहक सवारीसाधनको अनलाइन दर्ता
सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालयमातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मङ्गलबार उक्त प्रणालीको शुभारम्भ गर्नुभयो । अर्थमन्त्रीको सचिवालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजस्व तिर्न सक्ने छन् ।
ठुला करदाता र सरकारी निकायले टेरेनन् स्थानीय सरकारलाई
कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर सङ्कलनमा चुनौती देखिएको छ । सर्वोच्च अदालतले संस्थागत घरबहाल कर स्थानीय तहले नै उठाउन पाउने गरी स्पष्ट फैसला गरे पनि यहाँका ठुला व्यावसायिक प्रतिष्ठान र सरकारी निकायले नै कर बुझाउन आनाकानी गर्दा महानगरको वार्षिक आय अनुमान नै प्रभावित हुने गरेको छ ।
पाथीभरामा टेलिकमको फोरजी सेवा
नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।
सहकारीपीडितलाई बचत फिर्ता गरिँदै
सरकारले सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितलाई आगामी जेठ पहिलो सातादेखि बचत फिर्ता दिन सुरु गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन चरणमा लैजाने तयारी पूरा गरेको जनाएको छ ।
आठ दिनयता छैन जाँचपास बन्दरगाहमै रोकियो लोड
आठ दिनयता विराटनगर भन्सार कार्यालयबाट व्यावसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सारविन्दुमा नियमसङ्गत आएका व्यावसायिक वस्तुमा सोमबारदेखि केही लचिलो बने पनि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका वस्तु जाँचपास नभएको हो ।