नयाँ भन्सार ऐन लागु
नयाँ भन्सार ऐन, २०८२ कार्यान्वयनमा आएसँगै भन्सार जाँचपास प्रक्रियामा ‘ब्लु लेन’ थपिएको छ । ऐन प्रमाणीकरण भएको ९१ औँ दिनपछि शनिबारदेखि कार्यान्वयनमा आएपछि प्रचलनमा रहेको तीन वटा लेनको सट्टा ब्लु लेन थप गरी चार वटा लेन हुने व्यवस्था प्रचलनमा ल्याइएको हो ।
महावै गाउँपालिकाले असुल गर्नुपर्ने ७० लाख
कालीकोट जिल्लाको महावै गाउँपालिकाले एक आर्थिक वर्षमा ७० लाख नजिक रकम होचुवाको तालमा वितरण गरेको पाइएको छ ।
जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत
जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशितरूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो ।
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो
पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ ।
वर्षाअघि नै तार भूमिगत गर्न पहल
काठमाडौँ महानगरपालिकाभित्र बाँकी रहेको विद्युतीय तार भूमिगत गर्ने काम तत्काल अगाडि बढाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा आइतबार मन्त्रालयमा बसेको सरोकारवालाको छलफलपछि रोकिएका कार्य तत्काल अगाडि बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ ।
निर्यात अनुदानको पुरानो रकम उपलब्ध गराइने
सरकारले निर्यातमा व्यवसायीलाई दिँदै आएको नगद अनुदानबापतको बाँकी रकम उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्यातमा दिइँदै आएको नगद अनुदानबापतको रकम कटौती गरे पनि पुरानो रकम भने उपलब्ध गराइने भएको हो ।
जेनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिलाई दिगो बनाउने गरी काम गरिरहेको बताउनुभयो ।
आन्तरिक श्रमिकको चरम अभाव, निर्माण क्षेत्र भारतीय श्रमिकको भरमा
स्वदेशमा रोजगारीको अवसर नपाएर दैनिक औसतमा दुई हजार २२३ युवा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर बिदेसिन्छन् । अध्ययन वा भ्रमण भिसामा विदेश जाने र भारत जानेको सङ्ख्या श्रम स्वीकृति लिएर जानेकै हाराहारीमा छ । देशभित्रको विकासनिर्माणका लागि भने जनशक्ति अभाव हुँदा विदेशी श्रमिकले भरथेग गर्नुपर्ने अवस्था बढ्दै गएको छ ।
रसुवागढी जलविद्युत् आंशिक सञ्चालन
रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको सो आयोजनामा गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधलगायतका संरचनामा ठुलो क्षति पु¥याएको थियो ।
छोटो समयमा आर्थिक सुधारका काम हुन्छन् : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गठन गरिएको अन्तरिम सरकारले देशको आर्थिक अवस्था सुधारका लागि निरन्तर काम गरिरहेको बताउनु भएको छ।
खानेपानीका लागि करोडौ रकम खर्च, योजना भने अलपत्र
आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्ट सिँचाइ खानेपानी सुरु गर्दा यहाँका ११० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो ।
झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन
जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
‘टोकन पासो’ मा नेपाली निर्यातकर्ता
भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तुको निर्यात बढाउने सरकारी नीति र व्यवसायीको प्रयासमा भारतीय भन्सारको नयाँ नियमले समस्या सिर्जना गरेको छ । विराटनगर–जोगबनी नाका हुँदै भारततर्फ वस्तु निर्यात गर्दा भारतीय पक्षले लागु गरेको ‘टोकन प्रणाली’ र पार्किङ शुल्कमा गरिएको अस्वाभाविक वृद्धिले नेपाली निर्यातकर्ता पीडित भएका हुन् ।
‘साना व्यवसायी अर्थतन्त्रका थोपा’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले खुद्रा तथा साना व्यवसायीका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न आफू तयार रहेको बताउनुभएको छ ।
अलैँची निर्यात दोब्बरले बढ्यो
अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपियाँ बराबरको १८ लाख २३ हजार केजी अलैँची निर्यात भएको छ ।
स्थानीयले बन्द गराए तातोपानी नाका
कोदारी सडकखण्ड स्तरोन्नतिको काम अघि नबढेपछि स्थानीयले तातोपानी नाका बन्द गराएका छन् । सडक विभागले कात्तिक मसान्तसम्म ठेक्का खुलाएर तातोपानी नाका सडक अन्तर्गतको पहिरो क्षेत्रमा सडक स्तरोन्नति गर्ने सम्झौता गरे पनि त्यसो हुन नसकेपछि स्थानीयले नाका बन्द गरेका हुन् । गत असोज २ गते सडक विभागका महानिर्देशक विजय जैसी, सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख, जिल्ला प्रशा
अडानका १३ बुँदे प्रस्ताव : अवैध लेखापरीक्षण कार्य रोक्न माग
नेपाल अडिटर्स एशोसिएसन (अडान) को सातौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले १३ बुँदे विशेष प्रस्ताव पारित गरेकाे छ ।
मन्त्री घिसिङद्वारा निर्माणाधीन प्रशोधन केन्द्रको निरीक्षण
काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।
क्यानाडाको श्रम बजारमा सुधार
क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ ।
किवी प्रशोधन उद्योग सञ्चालन
दोलखाको कालिन्चोक गाउँपालिकामा किवी प्रशोधन उद्योग सञ्चालनमा आएको छ । गाउँपलिकाको वडा नं. १ को क्याम्पोलमा उद्योग सञ्चालन गरिएको हो । गाउँपालिकाको दुर्गम बस्ती
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, मङ्सिर २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १०५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १४०, गाजर (तराई) प्रतिकिलो रु १३०, बन्दा (लोकल) प्रतिकिलो रु ६५, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ७०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १८० र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १५०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, सलगम प्रतिकिलो ११०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।ब्रोकाउली प्रतिकिलो रु १७०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ७५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु १५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २२०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।रासस
भारुसँग बलियो डलर दोषबेगरको नेरु कमजोर
पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुने व्रmमले तीव्रता पाइरहेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि प्रतिअमेरिकी डलर खरिददर १४३ रुपियाँ ६७