उद्धार भएकाहरू नै मानव ओसारपसारमा
कम्बोडिया, थाइल्यान्ड, म्यानमार र लाओसमा अनलाइन ठगीमा परी उद्धार भएर नेपाल आएकाले नै अरूलाई त्यता पठाउन सक्रिय रहने गरेको पाइएको छ । ती मुलुकमा राम्रो काम लगाइदिने बहानामा भिजिट भिसामा लैजाने र त्यहाँ अवैधानिक रूपमा खुलेका अनलाइन केन्द्रमा नेपाली नागरिकलाई बन्धक बनाएर काम लगाउने गरेको पाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।
पर्यटकवाहक सवारी साधनको दर्ता अब अनलाइनबाटै
सरकारले स्थलमार्गबाट नेपाल भित्रिने भारतीय तथा अन्य देशका पर्यटकलाई सहज बनाउन अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी सवारी साधनको विवरण भर्न र राजस्व तिर्न सक्ने गरी 'अस्थायी सवारी आयात' (टीआईभी) प्रणाली सञ्चालनमा ल्याएको हो।
फरवार्डको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कृषिउपजको थोक मूल्य वृद्धि
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सार्वजनिक खरिद प्रक्रिया सहज
सरकारले मल, औषधी तथा सूचना प्रविधिसम्बन्धी खरिद प्रक्रियालाई सहज बनाउँदै सार्वजनिक खरिद ऐनको अनिवार्य बाध्यता हटाएको छ । अध्यादेशमार्फत गरिएको संशोधनपछि सार्वजनिक संस्थाले अब सरकारद्वारा स्वीकृत आफ्नै कार्यविधि अनुसार खरिद प्रक्रिया अघि बढाउन सक्ने भएको छ । सरकारले संविधानको धारा ११४ बमोजिम संसद् अधिवेशन नभएको अवस्थामा अध्यादेश जारी गर्दै ऐन संशोधन गरेको हो । सरकारले खरिद प्रक्रिया अत्यधिक झन्झटिलो हुँदा अत्यावश्यक सामग्री आपूर्तिमा ढिलाइ भएको निष्कर्ष निकालेको छ ।
तरकारी र फलफूलको मूल्य अस्वाभाविक वृद्धि
तरकारी र फलफूलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी तरकारी बजारमा आएको तरकारीको मूल्य विश्लेषण गर्दै सबैभन्दा बढी स्थानीय काउलीको मूल्यमा ३०५ प्रतिशतसम्म वृद्धि भएको तथ्य सार्वजनिक गरेको हो । सो अवधिमा घिउसिमी (हाइब्रिड) मा ३०० प्रतिशत, घिउसिमी (लोकल) मा २६६.६७ प्रतिशत र ब्रोकाउलीको मूल्यमा १८७.८७ प्रतिशतसम्मको वृद्धि देखिएको छ । तर निगुरो, चाम्रे च्याउ, तोफु र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको जनाएको छ ।
निजी क्षेत्रलाई विकासको मुख्य सारथि बनाउन सरकार प्रतिबद्ध
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई विकासको मुख्य सारथिका रूपमा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सोमबार आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सात वर्षमा नेपालको अर्थतन्त्रलाई एक सय अर्ब डलरको बनाउने लक्ष्य राखेकाले निजी क्षेत्रको दरिलो साथबिना असम्भव भएको बताउनुभएको हो ।
‘पर्ख र हेर’ मा लगानीकर्ता
अन्ततः घट्दो क्रममा रहेको सेयर बजार २७ सयको विन्दुमा आइपुगेको छ । सङ्कटकै बेलासमेत अवसर खोज्दै उकालो लाग्ने नेपालको सेयर बजार यस पटक भने असामान्य रूपमा सुस्ताएको छ । कारोबार कक्षहरूमा पहिले जस्तो चहलपहल छैन, ठुला लगानीकर्ता मौन छन् र स्क्रिन राताम्मे हुने क्रम जारी प्रायः छ । स्थिर सरकार गठनसँगै बजारमा भरोसा र उत्साह फर्किने अपेक्षा गरिए पनि त्यसको ठिक विपरीत डर, अनिश्चितता र नीतिगत अस्पष्टताले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।
बजेटबारे मन्त्रालयगत छलफल सम्पन्न
अर्थ मन्त्रालयले नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ ।
पोखराको भाटभटेनी पुन: सञ्चालन
गएको भदौमा भएको जेनजी आन्दोलनमा ध्वस्त भएको पोखरा महानगरपालिका-८, न्युरोडमा रहेको भाटभटेनी सुपर स्टोरको शाखा सोमबारबाट सञ्चालनमा आएको छ ।
नेप्से परिसूचक ३४ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ विन्दुमा कायम भएको छ ।
मानव संसाधन सम्मेलनमा दक्ष जनशक्ति र प्रविधिको चुनौती छिचोल्ने उपाय खोजिने
उद्योगहरूले लामो समयदेखि भोग्दै आएको दक्ष जनशक्ति अभाव र आधुनिक प्रविधि भित्र्याउँदा देखिने प्राविधिक चुनौतीको समाधान खोज्न उद्योगीहरूले सामूहिक पहल थालेका छन् ।
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ ।
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सुकुमवासी बस्तीमा अन्योल
काठमाडौँको सुकुमवासी बस्तीमा डोजर चलेपछि कर्णालीका सुकुमवासी बस्तीमा समेत त्रास फैलिएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा पनि सार्वजनिक जग्गामा सुकुमवासीको बसोबास छ ।
सरकार–निजी क्षेत्र परिपूरक हुन् भन्ने स्थापित भएको छ
नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभा सोमबार र मङ्गलबार हुँदै छ । सभाले संस्थाको नयाँ कार्यसमिति चयन गर्दै छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो तीनबर्से कार्यकाल पूरा गरी उक्त जिम्मेवारीबाट अलग हुँदै हुनुहुन्छ ।
विकास बैङ्कको नाफामा उल्लेख्य वृद्धि
राष्ट्रियस्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेका छन् । राष्ट्रियस्तरका आठ विकास बैङ्कले चालु आवको चैतसम्म पाँच अर्ब ५० करोड ३५ लाख रुपियाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो ।गत आवको सोही अवधिमा यी बैङ्कहरूको नाफा तीन अर्ब ६९ करोड २७ लाख रुपियाँ थियो ।
तरकारी उत्पादनमा ह्रास, मूल्य आकासियो
बारम्बार वर्षा भएर तरकारीबालीमा क्षति गरिरहँदा उत्पादनमा व्यापक कमी आएको छ । मधेश प्रदेशकै प्रमुख तरकारी बजारका रूपमा रहेको लालबन्दी थोक तरकारी बजारमा हरेक हरियो तरकारी किसानले कम परिमाणमा ल्याइरहेका छन् ।
बाली लगाउनुअघि नै प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने
सरकारले बाली लगाउनुअगाडि नै प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, २०८२ ल्याई सो व्यवस्था गर्न लागेको हो ।
‘विद्युत् आयोजनामा दुई देशको समझदारी सन्धि होइन’
सर्वोच्च अदालतले नेपाल सरकारले विद्युत् आयोजनाका सम्बन्धमा अर्को देशसँग गरेको समझदारीपत्रलाई सन्धि मान्न नमिल्ने व्याख्या गरेको छ । सझदारीपत्र सम्बन्धित आयोजनाका सम्बन्धमा निश्चित अवधिका लागि गरिएको करार मात्र मानिने र नेपाल कानुन अनुसार व्याख्या तथा प्रयोग हुने पनि अदालतको व्याख्या छ । आयोजना तोकिएको समयमा सम्पन्न नभएमा समझदारी बदर गर्नुपर्ने पनि अदालतको व्याख्या छ ।
हवाईसेवा क्षेत्र आर्थिक सङ्कटमा, सरकारसँग राहत माग
वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्यवृद्धि र घट्दो यात्रु उपलब्धताका कारण हवाईसेवा क्षेत्रमा आर्थिक सङ्कट उत्पन्न भएको जनाउँदै सरकारसँग राहत माग गरेको छ । पश्चिम एसियामा उत्पन्न तनावका कारण वायुसेवा कम्पनी गम्भीर आर्थिक सङ्कटमा परेको उल्लेख गर्दै सङ्घले सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष आग्रह गरेको हो ।
पञ्चवर्षीय ‘राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम’ सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पञ्चवर्षीय ‘राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम २०८३–२०८८’ सुरु गरेको छ । मन्त्रालयले श्रमिकको कार्यस्थललाई सुरक्षित, स्वस्थ र मर्यादित बनाउने उद्देश्यसाथ तयार पारिएको उक्त कार्यक्रम गत बुधबार बसेको मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत गरिएको थियो । विश्वव्यापी रूपमा तीव्र रूपमा बढ्दै गएको औद्योगिकीकरणसँगै व्यवसायजन्य सुरक्षाको जोखिम र दुर्घटनाको दर बढ्दै गएका बेलामा उक्त कार्यक्रम ल्याउनुलाई सकारात्मक रूपमा हेर्न सकिने सम्बन्धित क्षेत्रका जानकार बताउँछन् । श्रमका जानकार रामेश्वर नेपालले कार्यक्रमले देशको औद्योगिक विकाससँगै बढ्दै गएका व्यवसायजन्य जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुुभयो ।
शुल्क अनियमिततामा सरकारको चासो
निजी विद्यालयले प्रचलित कानुनी मापदण्डविपरीत शुल्क उठाएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृह मन्त्रालयका अधिकारीको समेत उपस्थितिमा स्थानीय सरकारसँग छलफल गर्ने भएको छ ।
सहकारीको बचत फिर्ता नगर्नेलाई विदेश यात्रा प्रतिबन्ध
सहकारी संस्थाको बचत रकम फिर्ता नगर्ने संस्थाका सञ्चालक, कर्मचारी तथा सम्बन्धित अन्य व्यक्तिका नाममा विदेश यात्रासमेत प्रतिबन्ध लगाउने गरी सरकारले नयाँ कानुनी प्रबन्ध गरेको छ । सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेशबाट सरकारले विदेश यात्रामा प्रतिबन्धसँगै सञ्चालक, कर्मचारी तथा सम्बन्धित व्यक्तिको चल अचल सम्पत्ति रोक्का गर्ने पनि कानुनी व्यवस्था गरेको छ । अध्यादेश नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ ।