• २५ असोज २०८२, शनिबार

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २४ गते । ललितपुरमा असोज २९ देखि कात्तिक २ गतेसम्म १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदैछ । 

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार गोदावरी फूलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको खेल मैदानमा सो प्रदर्शनी आयोजना गरिँदैछ । 

यस विषयमा असोज २६ गते आइतबार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराउने एशोसियसनका महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो । 

फ्लोरिकल्चर एशोसिएसनको पत्रकार सम्मेलन आइतबार दिउँसो १ बजे आरम्भ रेष्टुरेन्ट बुद्धनगरमा हुनेछ ।