‘विकास दशक’ घोषणा गरेर अगाडि बढौं : ऊर्जामन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको डेभलप्मेन्ट डिकेट अर्थात् ‘विकास दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
सरकारले निजी क्षेत्रमा तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनु पर्छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ ।
सङ्कटपछि पर्यटन क्षेत्रमा उत्साह बढेको छ : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उत्साह बढेको बताउनु भएको छ ।
पूर्वाधारका आयोजना कुर्दै आन्तरिक लगानी
लगानीको स्पष्ट खाका तयार नहुँदा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको एक खर्ब २८ अर्ब रुपियाँभन्दा बढी रकमले अपेक्षित प्रतिफल दिन सकेको छैन । खास गरी पूर्वाधार निर्माणका दीर्घकालीन परियोजनामा लगानीको रकमका लागि बाह्य पुँजीको खोजी गरिने अवस्थामा आन्तरिक स्रोतको अभाव पूर्ति हुने यस्तो रकम त्यसै थन्किएको छ ।
पूर्वाधार अनुगमनमा मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुदूरपश्चिम प्रदेशका विभिन्न भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन तथा नयाँ आयोजनाको शिलान्यास गर्नुभएको छ ।
बाँदर आतङ्कको विकल्पमा घाँस खेती
कृषकले दुःख गरेर लगाएको अन्नबाली भित्र्याउन नपाउँदै बाँदरले नष्ट गरिदिएपछि हैरानी खेपिरहेका तनहुँका किसान अहिले पशुपालनतर्फ आकर्षित हुन थालेका छन्।
पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।
बर्सेनि अनुदान कटौती हुँदा स्थानीय तहका योजना प्रभावित
अघिल्लो वर्ष रुकुमपश्चिमको मुसीकोट नगरपालिका-२ को विभिन्न सात स्थानमा किरियापुत्री ट्रस्ट निर्माणको योजना स्वीकृत भई नौ लाख ८० हजार रुपियाँ विनियोजन समेत भयो ।
नेपाल सरकार र एडिबीबीच सहुलियतपूर्ण ऋण सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण तथा विकेन्द्रित सेवा प्रवाह सशक्तीकरण कार्यक्रमको सब–प्रोग्राम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
सुनचाँदीको मूल्य बढेको बढ्यै
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।
प्रत्यक्ष वैदेशिक लगानी बढाउन नीतिगत सुधार आवश्यक
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) बढाउन नीतिगतसँगै प्रक्रियागत सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता उच्च आए पनि सो अनुपातमा लगानी भित्रिन नसकेकाले लगानी बढाउन लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले बताउनुभएको हो । विभागका अनुसार सुरुदेखि हालसम्म सात हजार ६७७ परियोजना छ खर्ब ७४ अर्ब ८३ करोड ३८ लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ । सन् २०२४/२५ मा विभिन्न मुलुकबाट तीन खर्ब ३३ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
नेपालमा लगानीको बृहत् अवसर
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत् अवसर रहेको बताउनुभएको छ । नेपाल–चीन लगानीसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिकलगायतका क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा राख्नुभयो ।
सुक्खायाममा विद्युत् आपूर्ति सुनिश्चित गर्न उद्योगीको माग
उद्योग सङ्गठन मोरङले नजिकिँदै गरेको सुक्खा मौसममा उद्योग–व्यवसाय क्षेत्रका लागि आवश्यक विद्युत् आपूर्तिको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी हिउँदमा हुन सक्ने विद्युत् आपूर्तिको समस्यासँगै आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरू राखेको हो ।
कर्णाली चिसापानी जलविद्युत् अगाडि बढाइने
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताउनुभएको छ ।कैलालीको जानकी गाउँपालिकाको दुगौलीमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल विद्युत् प्राधिकरणमार्फत तयार पार्न लागिएको उल्लेख गर्नुभयो ।
सर्वोत्कृष्ट करदातालाई परिसङ्घको सम्मान
नेपाल उद्योग परिसङ्घले सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८२ को अवसरमा उच्च करदातालाई परिसङ्घले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सोही उच्च करदातालाई निजी क्षेत्रका तर्फबाट परिसङ्घले सम्मान गरेको हो ।
सुरुङबाट सम्भावना
सरकारले सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सुरुङमार्ग निर्माणमा जोड दिएको छ । सुरुङमार्ग निर्माणसँगै मुलुकको सडक पूर्वाधारले पुरानो ढाँचा छोडी अब नयाँलाई आत्मसात् गर्दै छ । अबको राजमार्ग वा सडक खोलाको किनारै किनार वा नदीको तिरैतिर मात्र निर्माण हुने छैनन् । अग्ला डाँडा आउँदा छेड्ने र गहिरा खाल्टा वा खोला आउँदा अग्ला पुल बनाउने गरी निर्माण भइरहेका छन् ।
रानी जमरा कुलरियामा बनेको जलविद्युतको स्थानीयले शेयर पाउँछन्ः मन्त्री घिसिङ
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित चार दशमलव ७१ मेगावाट जलविद्युत आयोजनाको शेयर स्थानीयले पाउने बताउनुभएको छ।
रामग्राममा बढ्न थाले पर्यटक
गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तूप विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन अनुसार बुद्धको धातुको सान्निध्यमा गरिने आध्यात्मिक अभ्यासको विशेष महत्व रहने विश्वासका कारण विश्वका विभिन्न देशबाट बौद्ध तीर्थयात्री तथा पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्दै गएको हो ।
औसत ब्याजदर पाँच प्रतिशतभन्दा कम
तरलता पर्याप्त रहे पनि कर्जा विस्तार सुस्त रहँदा वाणिज्य बैङ्कले निक्षेपको ब्याजदर थप घटाएका छन् । पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैङ्कको अधिकतम औसत ब्याजदर पाँच प्रतिशत विन्दुभन्दा तल झरेको छ ।
स्टिकर अभियान रोकिँदा पर्यटकलाई सास्ती
कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ । ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ ।
आन्दोलन राजनीतिक : क्षति निजी क्षेत्रलाई
राजनीतिक र सामाजिक परिवर्तनका नाममा हुने आन्दोलनमा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको छ । आयोजकले विकासका लागि आन्दोलन गरेकोे दाबी गर्ने भए पनि आर्थिक, सामाजिक र प्रशासनिक हिसाबले भने मुलुकलाई झन् पछि धकेल्ने खतरा बढ्दै गएको छ ।
अर्थतन्त्रमा स्थिरताको सङ्केत
कोभिडपछिको सुस्तता र पछिल्ला वर्षका बहुआयामिक दबाबबिच बिस्तारै गति लिँदै गएको मुलुकको अर्थतन्त्रमा स्थिरताको सङ्केत देखिन थालेको छ । मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्रको सन्तुलन र बैङ्किङ प्रणाली तरलता सहज बन्दै जानुका कारण देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढ्दै गएको देखिएको छ ।
अनुगमनको निसानामा किराना व्यापारी
सरकारले गर्ने स्थलगत अनुगमनमा साना तथा मझौला खाद्य किराना व्यापारी बढी जरिबाना र कारबाहीमा पर्ने पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमनको निसानामा साना खाद्य तथा किराना व्यवसायी पर्ने गरेका हुन् । विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर २६ सम्म ३११ वटा व्यावसायिक फर्म कारबाहीमा परेकोमा ८० वटा खाद्य तथा किराना पसल २४ लाख ५२ हजार रुपियाँ जरिबानामा परेका छन् ।
कोरियासँग ऊर्जामा लगानी सहकार्य विस्तारबारे छलफल
नेपाल र दक्षिण कोरियाबिच ऊर्जा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पान नेपालले आयोजना गरेको ऊर्जा क्षेत्रमा कोरिया–नेपाल सहकार्य विस्तारसम्बन्धी छलफलमा पाँच दशक लामो दुई देशबिचको कूटनीतिक सम्बन्धलाई ऊर्जा सहकार्यका क्षेत्रमा थप घनीभूत बनाउन आवश्यक रहेको औँल्याइएको हो ।