प्रतिमतदाता राज्यको लगानी एक हजार सोह्र रुपियाँ
शीर्षकगत खर्चमा निर्वाचनलाई खर्च स्रोत नछुट्याइने भए पनि राज्यले यसका लागि अर्बौं दायित्व बेहोर्नुपर्ने हुन्छ । मुलुकमा २०१५ सालदेखि सुरु भएको औपचारिक निर्वाचनयता सम्पन्न नौ वटा निर्वाचनमा मात्रै राज्यले अहिलेसम्म करिब ७५ अर्ब रुपियाँ खर्च गरेको छ । निर्वाचनका क्रममा राज्यसहित उम्मेदवारले गर्ने खर्चका कारण यस अवधिभर अर्थतन्त्र अल्पकालीन रूपमै भए पनि थप चलायमान बन्छ ।
चार लाख एकहत्तर हजार मेट्रिक टन मल आयात
मुलुकमा चार लाख ७१ हजार ५११ मेट्रिक टन रासायनिक मल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन पहिलो सातासम्म सो परिणामको मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
क्षेत्रगत कर्जाको दायरा बढाइयो
नेपाल राष्ट्र बैङ्कले क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरेको छ । मङ्गलबार चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैङ्कले तीन नयाँ क्षेत्रलाई क्षेत्रगत कर्जाको दायरामा समेटेको हो ।
बुढीगण्डकीको लगानी ढाँचा स्वीकृत
सरकारले बहुप्रतीक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो लगानी ढाँचा स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
घोषणापत्रमा कर्णाली : प्राथमिकतामा पूर्वाधार र कृषि
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा कर्णालीमा सडक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकता दिएको पाइएको छ । मुख्य गरी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उज्यालो नेपाल पार्टीलगायतले कर्णालीको सडक पूर्वाधारको विकासलाई प्राथमिकता दिएका हुन् ।
नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ।
अमेरिकामा नयाँ कर लागु
सर्वोच्च अदालतले विश्वव्यापी कर सम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागु गराउनु भएको छ ।
आर्थिक क्रान्तिको खाका : ५ वर्षमा अर्थतन्त्रको आकार दोब्बर बनाउने
प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नयाँ स्वरूपमा ‘यौवनया गाचो’
साङ्गीतिक क्षेत्रमा विरासत बोकेको परिवार नेपालमा कमै पाइन्छ । तीमध्ये एक हो, जोशी परिवार । रामलाल जोशी, द्वारिकालाल जोशी/नगिना जोशी, लसता जोशी, भिन्तुना जोशी र शरद् जोशी हुँदै चौथो पुस्ता लुमिला जोशीले पनि यस क्षेत्रमा पाइला सारिसक्नुभएको छ ।
बाँझो जग्गामा उखु खेती
अरूले बाँझो छाडेको जग्गा भाडामा लिएर स्थानीय जातको उखु खेती सुरु गर्दा यहाँ दीपक कार्कीले गुडबाट राम्रो आम्दानी गर्नुभएको छ । गाउँका करिब ७५ प्रतिशत मानिस बसाइँसराइ गरेपछि खाली रहेको बाँझो जग्गा उपयोग गर्दा नसोचेको सफलता हासिल भएको छ ।
किसानले पत्याउँदैनन् मल कारखाना खोल्ने घोषणा
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू फेरि एक पटक रासायनिक मल कारखाना सञ्चालन र कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याइरहेका छन् । विगतका निर्वाचनमा गरिएका यस्तै वाचा कार्यान्वयनमा नआएकाले दोहोरिएका प्रतिबद्धता तथा घोषणाप्रति बर्दियाका कृषक भने आशावादी छैनन् ।
बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता
बुटवलबाट प्रदेश राजधानी दाङ सरेपछि सुस्ताएको बुटवलको व्यापार विस्तार गर्दै बुटवललाई आर्थिक राजधानी बनाउने प्रतिबद्धता उम्मेदवारले व्यक्त गरेका छन् । बुटवल रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा पर्दछ । यही क्षेत्रबाट पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल नेकपा (एमाले) का तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ । उता नेपाली कांग्रेसबाट व्यावसायिक घरानाका चुन्नप्रसाद पौडेलसमेत चुनावी मैदानमा हुनुहुन्छ भने रास्वपाले अधिवक्ता सुलभ खरेललाई उम्मेदवार बनाएको छ ।
‘सर्वसाधारण लगानीकर्ता जोगाउन दोहोरो आइजिन’
सर्वसाधारण लगानीकर्तालाई झुक्याएर संस्थापक सेयर बिक्रीवितरण गर्न नदिन दोहोरो ‘आइजिन’ (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) लागु गर्न लागिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । कम्पनीले सोमबार एक कार्यक्रम आयोजना गर्दै प्रस्तावित अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ ले अनिवार्य गर्न लागेको दोहोरो ‘आइजिन’ को व्यवस्थाले सबै किसिमका लगानीकर्ता कानुनी रूपमा पनि सुरक्षित हुने दाबी गरेको हो ।
उच्चपदस्थ कर्मचारीलाई दुई वर्षको ‘कुलिङ पिरियड’
सार्वजनिक सेयर निष्कासन गर्ने ऊर्जा क्षेत्रका पब्लिक लिमिटेड कम्पनीका हुने गरेका विभिन्न विकृति रोक्ने र उनीहरूका गतिविधिलाई पारदर्शी बनाउने गरी विद्युत् नियमन आयोगले ‘अनुमतिप्राप्त संस्थाको संस्थागत सुशासनसम्बन्धी मापदण्ड २०८२’ को मसौदा तयार गरेको छ । जनताको रकम लगानीका रूपमा स्वीकृत गरेका संस्थाको प्रशासनिक, खरिद तथा सञ्चालक समिति नियुक्तिलगायतलाई प्रक्रियालाई पारदर्शी बनाउन यस्तो मसौदा ल्याइएको आयोगले जनाएको छ ।
चार लाख बहत्तर हजारले लिए श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा चार लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् । यीमध्ये नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) मा मात्रै एक लाख छ हजार ६८७ जना रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
एकै वडाका साढे पाँचसय बढी किसान आलु खेतीमा संलग्न
सल्यान बाफुखोला क्षेत्रमा पाँचसय ५० बढी घर धुरीका किसान व्यवसायिक आलु खेतीमा संलग्न छन् ।
उपभोक्तालाई चुनावी वर्ष महँगा
प्रतिनिधि सभा सदस्य निर्वाचन दुई अङ्कका दिन सकिएर एक अङ्कका दिन तिर लम्केको छ । फागुन २१ गते गणना शून्य मितिमा पुग्दा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले प्रत्यक्षतर्फ १६५ सिटका लागि ३४०६ जना र समानुपतिकतर्फ ११० सिटका लागि ३१३५ जनाको परीक्षण गर्ने छन् । तीमध्ये प्रत्यक्षतर्फका १६५ सिटका लागि तीन हजार ४०६ र समानुपातिकतर्फका ११० सिटका लागि तीन हजार १६५ जना उम्मेदवार छन् ।
तालिम सञ्चालन कार्यविधि जारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदातालाई आवश्यक जनशक्ति तयार गरिदिने व्यवस्थासहित ‘कार्यस्थलमा आधारित तालिम सञ्चालन कार्यविधि, २०८२’ जारी गरेको छ । रोजगारदाता प्रतिष्ठानले बजारलाई आवश्यक दक्ष जनशक्ति अभाव रहेको भन्ने गुनासोका आधारका मन्त्रालयले प्रतिष्ठानलाई आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यले उक्त कार्यविधि जारी गरिएको हो ।
पेट्रोलमा इथानोल मिश्रण गर्दा छ अर्ब बचत हुने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा इथानोल प्रयोगले वार्षिक छ अर्ब रुपियाँ बराबरको पेट्रोल प्रतिस्थापन गर्न सकिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रणको अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ कार्यक्रममा मन्त्री सिन्हाले इथानोलको प्रयोगले वार्षिक १३ करोड लिटर पेट्रोल आयात कम गर्न सकिने बताउनुभएको हो । पेट्रोलमा इथानोल मिसाउने मिश्रण गर्ने निर्णय लामो समयको अध्ययन र छलफलपछि कार्यान्वयको चरणमा पुगेको मन्त्री सिन्हाको भनाइ छ ।
नेवानिले दियो धेरै यात्रुलाई सेवा
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका ३० वटा वायुसेवा कम्पनीमध्ये यस वर्ष नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै यात्रुलाई हवाईसेवा दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२६ को जनवरीमा निगमले तीन सय उडान अवतरण गरेर ५४ हजार ३९८ यात्रुलाई हवाईसेवा दिएको छ । यो सङ्ख्या जनवरीमा नेपालमा सबैभन्दा बढी उडान गरेको एयर अरेबियाको भन्दा बढी हो । एयर अरेबियाले जनवरीमा गरेका ३७२ उडान अवतरणमार्फत ४७ हजार ५१९ यात्रुलाई सेवा
यथार्थपरक बजेट बनाउन निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार सम्पन्न आर्थिक वर्ष २०८/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा कार्यक्रममा यथार्थपरक हुने गरी बजेट निर्माणको तयारी थाल्न आग्रह गर्नुभएको हो ।
सुर्खेतमा डिजेल र पेट्रोल भण्डार बनाइने
सुर्खेतमा कर्णाली प्रदेशस्तरीय डिजेल र पेट्रोलको भण्डारण डिपो बनाउने तयारी थालिएको छ । नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत कार्यालयपरिसरभित्रै करिब १४ करोड रुपियाँ लागतमा प्रदेशस्तरीय डिपो बनाउने गरी बोलपत्र आह्वान गरेको छ ।