दसैँका छ दिनमा बिदेसिए चार हजार युवा
देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर दसैँ मनाउने बेलामा करिब चार हजार युवा रोजगारीका लागि बिदेसिएका छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि दसैँको समेत वास्ता नगरी युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् ।
बाढी प्रभावित जलविद्युतलाई राहत माग
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले बाढी प्रभावित जलविद्युत् आयोजनालाई विभिन्न राहत प्याकेज दिन सरकारसँग माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गरी इप्पानका अध्यक्षसहितको प्रतिनिधिमण्डलले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना पुनर्निर्माणका लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने माग गरेको हो ।
चार आयोजनाका लागि ऊर्जा बन्ड जारी गरिने
नेपाल विद्युत् प्राधिकरणले आफ्ना आयोजना निर्माणका लागि २० अर्ब रुपियाँसम्मको ऊर्जा बन्ड निष्कासन गर्न अनुमति पाएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आवश्यकता अनुसार क्रमिक रूपमा बन्ड जारी गर्ने गरी अनुमति दिएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
बङ्गलादेशमा गोलभेँडा निर्यात
गोलभेँडाको मूल्यमा बारम्बार उतारचढाव भइरहन्छ । साउनको अन्त्यतिर पनि यस्तै भयो । प्रतिक्रेट दुई हजार रुपियाँमा बेचेको गोलभेँडा प्रतिक्रेट पाँच सय रुपियाँमा पनि बिक्न गाह्रो भएपछि प्लास्टिक घरभित्र गोलभेँडा खेती गरेका अग्रणी किसानको समूहले दक्षिण एसियामा तरकारीको बजारबारे अध्ययन ग¥यो । अध्ययनले बङ्गलादेशमा गोलभेँडा बेच्न सकिने देखायो ।
सुनको मूल्य निरन्तर अकासिँदो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ ।