• २७ असोज २०८२, सोमबार

ग्लोबल आइएमई बैङ्कले आठ प्रतिशत नगद लाभांश दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २७ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैङ्कले हाल कायम चुक्तापुँजीको आठ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि आउँदो साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्ने बैङ्कले जनाएको छ ।