शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असोज २९ गते । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो मङ्गलबार सुन प्रतितोला रु. दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु. तीन हजार ३२५ मा किनबेच भएको थियो । रासस