• ५ कात्तिक २०८२, बुधबार

राष्ट्रपति पौडेलद्वारा विधिपूर्वक गाईको पूजा

blog

राष्ट्रपति रामचन्द्र पौडेल गाईको पूजा गर्नुहुँदै । तस्बिरः रासस

गोरखापत्र अनलाइन

काठमडौँ, कात्तिक ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । 

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजागरी गाईलाई खानेकुरा खान दिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।