काठमाडौँ, पुस १३ गते । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गर्नु भएको छ ।
राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीहरूको संस्था एनसिसी अल्मुनाइ एसाेसिएसन नेपालको आठौँ वार्षिकोत्सव समारोहमा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक समेत रहनु भएका सिग्देलले एसोसिएसनले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्नु भयो ।
एसोसिएसनका निर्देशक पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक यामप्रसाद ढकालले संस्थाका कार्यक्रमबारे जानकारी दिनु भयो ।
एनसिसी विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था २०७५ मा स्थापना भएको थियो ।
राष्ट्रिय सेवा दलले वार्षिक करिब सात हजार ७०० जनालाई तालिम गराउँदै आएको छ । तालिम हालसम्म ८६ हजारभन्दा बढी छात्र र छात्राहरूले लिइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस