• १३ पुस २०८२, आइतबार

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

blog

काठमाडौँ,  पुस १३ गते । नेपाल राष्ट्र बैँकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।

नेपाल राष्ट्र बैँकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

यसअघि उद्योगले एक पटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए ।

 राष्ट्र बैँकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो । रासस