• २४ वैशाख २०८३, बिहिबार

सुनचाँदीको मूल्य आज पनि बढ्यो

blog

काठमाडौँ, वैशाख २४ गते । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० र चाँदी १०५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो  ।

गत मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस