• २४ वैशाख २०८३, बिहिबार

लागुऔषधसहित दुई जना पक्राउ

blog

काठमाडौँ,  वैशाख २४ गते ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१३, लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् । 

यसैगरी, तनहुँको व्यास नगरपालिका–२, उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा करिब एक किलो गाँजा फेला पारेको थियो हो । उनी पनि बुधबार अपराह्न पक्राउ परेका हुन् ।  रासस