शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबिच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस