• २४ वैशाख २०८३, बिहिबार

लागुऔषधसहित दुई जना पक्राउ

blog

काठमाडौँ, वैशाख २४ गते ।नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् ।

यसैगरी, तनहुँको व्यास नगरपालिका–२ उत्तरशीलाका  २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा करिब एक किलो गाँजा फेला पारेको थियो हो । उनी पनि बुधबार अपराह्न पक्राउ परेका हुन् । रासस