‘महाधिवेशन’ बहस दुई धारमा कांग्रेस
नेपाली कांग्रेसभित्र नियमित रूपमै १५ औँ महाधिवेशन कि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्ने भन्ने बहसमा पार्टीभित्र दुई धार देखिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने र संस्थापन इतर पक्षको पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णयले पार्टीभित्र दुई पक्षीय बहस तीव्र भएको हो ।
अमेरिका जान कडा सर्त
अमेरिकाको ‘भिसा बन्ड’ अर्थात् भिसाका लागि धरौटी बुझाउनुपर्ने देशको सूचीमा नेपाल परेपछि अब के हुन्छ भन्ने चासो बढेको छ । अमेरिकी सरकारले आफ्नो भिसा बन्ड सूची अद्यावधिक गर्दै बिहीबार नेपालसहित थप ३८ मुलुकलाई त्यस सूचीमा राखेको हो । उक्त सूचीमा आर्थिक रूपले कमजोर तथा राहदानी सुरक्षा कमजोर भनिएका अति कम विकसित तथा विकासशील मुलुक बढी छन् ।
गुल्मीमा पहिलो दिन ४६ जना निर्वाचन प्रहरीको आवेदन
गुल्मीमा पहिलो दिन ४६ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा ४१ पुरुष र पाँच जना महिलाले आवेदन दिएका हुन् ।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।
आयोग निर्वाचनको तीव्र तयारीमा छः कार्यवाहक आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।
कृषि बिकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम
कृषि बिकास बैंक लिमिटेडको ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले आज मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य बिमा कार्यक्रम सरकारको प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री डा.गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमा कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
रुखबाट लडेर महिलाको मृत्यु
दाउरा काट्ने क्रममा रुखबाट लडेर उदयपुरको चौडण्ढीगढी नगरपालिका –७ हाङबजार निवासी एक महिलाकोे शुक्रबार मृत्यु भएको छ ।
हत्या गरेको आशंकामा तीन जना पक्राउ
नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एक जना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पाइलट मिलन चौधरी सम्मानित
थारू समुदायको विभिन्न विषयमा बहस चलाउँदै आएको बातचित घरले पाइलट मिलन चौधरीलाई सम्मान गरेको छ । थारू समुदायको इज्जत बढाउने काम गरेको भन्दै बातचित घरले उहाँलाई सम्मान गरेको हो ।
सङ्ग्रहालयको वार्षिक आम्दानी करोडभन्दा बढी
बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम सङ्ग्रहालयले एक करोडभन्दा बढी आम्दानी गरेको छ ।
निर्वाचनका लागि प्रहरी भर्ना सुरु
आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ ।
अर्धन्यायिक प्रणाली सुधारको माग गर्दै ध्यानाकर्षण
सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगन्जले शीतलहर तथा अत्यधिक जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक पहल गर्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ ।
कुटपिटबाट श्रीमतीको मृत्यु
गोरखाको पालुङटार नगरपालिका –३ बोगटी गाउँका शङ्कर सुनारको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ । श्रीमानको निर्घात कुटपिटबाट २१ ब्र्षिया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो ।
बागमती किनारमा तरुल खन्ने चटारो
सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलाहारको रुपमा खाइने तरुल खन्ने चटारो छ ।
निर्वाचन अनुगमनको तयारीमा आयोग
राष्ट्रिय मानव अधिकारले आगामी फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन अनुगमनको तयारीमा रहेको जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै विगतका निर्वाचनमा समेत अनुगमन गरी सरकार, राजनीतिक दल, सञ्चारकर्मी, अनुगमनकर्ता र पर्यवेक्षकलाई सुधार गर्नुपर्ने विषयमा विभिन्न सिफारिस गर्दै आइरहेको उल्लेख छ ।
विशेष महाधिवेशन तत्काल रोक्न कांग्रेसको अपिल
नेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको प्रस्ट पार्दै विशेष महाधिवेशन रोक्न अपिल गरेको हो ।
राजमार्गमा ‘टोल गेट’ निर्माण सुरु
सरकारले राजमार्ग र सडकको मर्मतसम्भार गर्ने उद्देश्यसहित विभिन्न राजमार्ग र सडकमा गुड्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (रोड टोल) सङ्कलनका लागि मुलुकभरिका राष्ट्रिय राजमार्गमा २२ वटा डिजिटल टोल गेट निर्माण सुरु गरेको छ ।
ट्रमामा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष
अधिकांश दुर्घटनाका घाइतेको शल्यक्रिया हुने राष्ट्रिय ट्रमा सेन्टरमा मोडुलर ओटी (आधुनिक एकीकृत शल्यक्रिया) कक्ष सञ्चालनमा आएपछि सङ्क्रमण घट्दै गएको छ । सेन्टरले अत्याधुनिक पाँच वटा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि सङ्क्रमण घट्दै गएको हो ।
समानुपातिकको मतपत्र छपाइ सुरु हुँदै
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ ।
फागुनसम्मलाई टर्यो राहदानी अभाव
राहदानीको चरम अभाव पूर्ति गर्दै राहदानी विभागले डेढ महिनामा झन्डै चार लाख राहदानी छपाइ गरेर वितरण गरेको छ । तत्कालको मागको समाधान भए पनि फागुनदेखि नयाँ कम्पनीले नयाँ राहदानी दिन असम्भव हुँदा फेरि समस्या आउने सम्भावना भने उत्तिकै छ । विद्युतीय राहदानीको सङ्क्रमणकालीन व्यवस्थापन अन्तर्गत भएको सम्झौता अन्तर्गत हालसम्म तीन लाख ९६ हजार राहदानी छपाइ भइसकेको छ । गत मङ्सिर ५ गते पहिले सम्झौता भएकै फ्रान्सको आइडिमिया कम्पनीसँग सात लाख राहदानी छपाइ गर्ने सम्झौता भएको थियो ।
नवजात शिशुको स्वास्थ्य परीक्षण किन गर्ने ?
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको परीक्षण ‘न्यू बोर्न स्क्रिनिङ’ सेवा सञ्चालनमा आएको एक वर्ष बितिसक्दा लक्ष्य अनुसार परीक्षण हुन सकेको छैन ।
स्वास्थ्य सामग्री हस्तान्तरण
सामाजिक कार्यमा सक्रिय सहयोगी मन नेपालले हेटौँडा –६ स्थित रक्षादेवी टोल विकास संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छः सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभएको छ ।