‘नियत सफा राखेर प्रक्रियागत शुद्धता अपनाए भ्रष्टाचार हुँदैन’
भ्रष्टाचार नियन्त्रणका लागि कानुनी प्रक्रियाको पालना र व्यक्तिगत नैतिकता दुवै अनिवार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् ।
विद्यालयमा दुईदिने बिदा,असर कम गराउन दुई प्रस्ताव
सातामा दुई दिन सार्वजनिक बिदा दिँदा विद्यार्थीको पढाइमा पर्न सक्ने सिकाइ उपलब्धिलाई यथावत् राख्न दुई वटा प्रस्ताव अगाडि सारिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा
नागरिकका लागि काम गर्नु हाम्रो दायित्त्व हो : सञ्चारमन्त्री डा. तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले नागरिकका लागि काम गर्नु गोरखापत्रको दात्यिव भएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्रवेशको अवसरमा संस्थानमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।
अर्गानिक खेतीतर्फ महोत्तरीका किसानको बढ्दो आकर्षण
महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा किसानहरू अर्गानिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।
भ्रष्टाचार न्यूनीकरणका आयाम
सार्वभौमसत्ता, सहभागिता र अधिकारको सुनिश्चितता लोकतान्त्रिक शासनव्यवस्थाका आधारभूत मान्यता हुन् । लोकतान्त्रिक संरचना हुनु मात्र शासनको सम्पूर्ण रूप होइन । यसलाई प्रभावकारी बनाउन उत्तरदायी शासनसहित सुशासन अपरिहार्य हुन्छ । यसर्थ शासनव्यवस्था र सुशासन लोकतान्त्रिक प्रणालीमा एकअर्काका पूरक अवधारणा हुन् । नागरिकले नियमित रूपमा निर्वाचनमार्फत आफ्ना प्रतिनिधि छान्ने, नीति निर्माणमा सहभागिता जनाउने तथा सरकारलाई उत्तरदायी बनाउने अधिकार राख्छन् । लोकतन्त्रका आधारभूत तìवमा बहुदलीय व्यवस्था, स्वतन्त्र तथा निष्पक्ष निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, मानव
घरआँगनको सरकार
स्थानीय सरकार आमनागरिकको घरआँगनको सरकार हो । नागरिकका सेवा सम्बोधन गर्ने पहिलो संयन्त्र पनि हो । यो सरकारले नागरिकलाई जन्मदेखि मृत्युसम्मका काममा सहयोग पु¥याउँदै आएको छ । कुनै व्यक्तिको जन्म वा मृत्यु भयो भने स्थानीय सरकारले प्रमाणित नगरी त्यो व्यक्ति कानुनी रूपमा जन्मेको वा मृत्यु भएको मानिँदैन । त्यसैले स्थानीय सरकारलाई जन्मदेखि मृत्युसम्मको काम गर्ने सरकार पनि भनिन्छ ।
सय अर्ब डलरको अर्थतन्त्र : इमानदार प्रयासबाट सम्भव
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी वाचापत्रमा लेखेको छ, “नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बन्न अर्को पाँच वर्ष औसत आर्थिक वृद्धिदर वार्षिक सात प्रतिशत (स्थिर मूल्यमा) कायम गरेर जग बसाउने छौँ । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै (प्रचलित मूल्यमा) प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार एक सय अर्ब डलरनजिक पुग्ने लक्ष्य लिने छौँ ।”
गोरखापत्र लोकतान्त्रिक मूल्यको पहरेदार बनिरहोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् भन्नुभएको छ ।
पत्रकारिताको जगलाई अझ सबल बनाउन सकोस् : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गोरखापत्रले समावेशिता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै पत्रकारिताको जगलाई अझ सबल बनाउन सकोस् भन्ने शुभकामना दिनु भएको छ ।
गोरखापत्र जनताको निर्भीक आवाज बनिरहोस् : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् भन्नुभएको छ ।
गोरखापत्र जनताको निर्भीक आवाज बनिरहोस् : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् भन्नुभएको छ ।
उत्तरदायी र मर्यादित पत्रकारिता लोकतन्त्रको मेरुदण्ड : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिता मेरुदण्ड भएको बताउनु भएको छ ।
इतिहासको पहिलो मसौदा
दक्षिण एसियाकै पुराना अखबारमध्येमा पर्ने गोरखापत्र दैनिक बिहीबारदेखि १२६ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि विभिन्न आरोहअवरोह पार गर्दै आएको यस अखबारले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान पु¥याएको यस क्षेत्रका जानकारले बताउनुभएको छ । नेपाली समाजलाई सुसूचित गर्नुका साथै भाषिक र साहित्यक फाँटमा पनि गोरखापत्रको योगदान विशिष्ट रहेको उहाँहरूको अनुभव छ । स्थापनाकालदेखि अहिलेसम्म गोरखापत्रलाई नै आधार मानेर विश्वविद्यालयका विद्यार्थी, अनुसन्धान संस्थाका अध्येतादेखि पत्रकारिता क्षेत्रमै क्रियाशील संस्था तथा व्यक्तिका लागि पनि यो पत्रिका गतिलो खुराक बन्ने गरेको छ ।
शुल्क नबुझाई प्रयोग गरेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ।
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा ६ पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे छ ।
मैत्री सङ्घद्वारा स्थानीयलाई झुल वितरण
नेपाल–भारत मैत्री सङ्घ धनकुटा जिल्ला शाखाको आयोजनामा झुल वितरण गरिएको छ । उक्त कार्यक्रमका लागि झुल नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयबाट उपलब्ध गराइएको हो ।
कीर्तिपुरमा युवकको हत्या
काठमाडौँको कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ ।
नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक
पूर्वराजदूत यज्ञबहादुर हमालद्वारा लिखित नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे अध्ययनमूलक पुस्तक ‘नेपाल्स फरेन पोलिसी एन्ड फरेन रिलेसन्स’ सार्वजनिक भएको छ ।
पुर्ख्यौली पेसा जोगाउन आरनको आधुनिकीकरण
केही समय अघिसम्म परम्परागत रूपमा पुर्ख्यौली पेसा आरन व्यवसाय गर्नुभएका मधुवन नगरपालिका-३, ओरालीबजारका मधु विकले अहिले मधु आरन उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।
विजयनगर सहित कपिलवस्तुका पाँच पालिका पूर्ण खोप सुनिश्चित घोषणा
कपिलवस्तुका पाँच वटा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ
हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउमा परेका छन् ।
पाँच दिनपछि अवरुद्ध विद्युत आपूर्ति सुचारु
स्याङ्जाका अवरुद्ध विद्युत पाँच दिनपछि सुचारु भएको छ ।
करेन्ट लागेर एकको मृत्यु
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा ३ को वन क्षेत्रमा रहेको विद्युतको पोलमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको हो ।