जैमिनी नगरपालिका–३ कार्यालय आफ्नै भवनमा
दक्षिण बागलुङको जैमिनी नगरपालिका-३, दमेकले आफ्नै भवनबाट सेवा सूचारु गरेको छ । हालै निर्माण सम्पन्न भवनमा सरेर वडा कार्यालयले आफ्नै भवनबाट सेवा सूचारु गरेको हो ।
पत्रकार ललन मण्डललाई ज्यान मार्ने धम्की
महोत्तरीको बर्दिबास नगरपालिका–१४, का कम्प्युटर व्यवसायीले बर्दिवासका सञ्चारकर्मी ललन मण्डललाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति सञ्चारसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिले भत्र्सना गरेका छन् ।
१५ दिनभित्र अतिक्रमित क्षेत्र हटाउन वन कार्यालयको आग्रह
बैतडी जिल्लामा वन क्षेत्र अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ ।
मकवानपुरमा पानीसहितको हावाहुरीबाट २६ घरपरिवार प्रभावित, २२ लाखभन्दा बढीको क्षति
पानीसहित आएको हावाहुरीले मकवानपुरको आधादर्जन गाउँपालिकामा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
१४८ केजी गाँजा सहित दुई भारतीय नागरिक पक्राउ
सुनसरीको वराहक्षेत्र नगरपालिका–२, पुलठ्ठे गैडाबाट एक सय ४८ केजी गाँजा सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
११ दिनपछि व्यासमा फोहोर उठ्न थाल्यो
तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्कलन पुनः सुरु भएको छ ।
पालिकाले घरदैलो सेवा दिने तयारी गर्दै
मकवानपुरको मनहरी गाउँपालिकाबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नेपाल सरकारको सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत घरदैलो सेवा अवधारणा लागू गर्दै मनहरी स्थायीबासीलाई घरनजिकै सेवा प्रदान गर्ने उद्देश्यले वैशाख २५ गते शुक्रबार गाउँपालिका कार्यालयबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको हो।
दोहोरो सुविधा लिने पूर्व विशिष्टमाथि सरकारको निगरानी
राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ।
नेपाल र भारतका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न
नेपाल(भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन्टिग्रेटेड चेक पोस्ट (आईसीपी) मा दुबै देशका उच्च सुरक्षा अधिकारीबीच समन्वय बैठक सम्पन्न भएको छ ।
सहकारीपीडितलाई बचत फिर्ता गरिँदै
सरकारले सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितलाई आगामी जेठ पहिलो सातादेखि बचत फिर्ता दिन सुरु गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन चरणमा लैजाने तयारी पूरा गरेको जनाएको छ ।
सरकारको कूटनीतिक नोट सकारात्मक
नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा ग्रहण गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा ग्रहण गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाको ‘अभ्यास हातेमालो’
विपत् व्यवस्थापनसम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘अभ्यास हातेमालो’ को आठौँ संस्करण सुरु भएको छ ।
जग्गाको नब्बे प्रतिशत काम स्थानीय तहबाटै
नापी र मालपोत कार्यालयबाट दैनिक रूपमा सेवाग्राहीले लिँदै आएका ९० प्रतिशत काम अब स्थानीय तहबाटै हुने भएका छन् । जग्गा पारित गर्ने, नक्सा प्रिन्ट लिने, जग्गाको बैङ्क रोक्का राख्ने, बैङ्क फुकुवा गर्ने, लिखत पारित गर्ने, अंशबन्डा गर्नेलगायतका स्वामित्व हस्तान्तरणका काम स्थानीय तहबाटै हुने छन् । त्यस्तै जग्गा किनबेचको राजीनामा, कित्ताकाट रेखाङ्कनसम्बन्धी काम पनि स्थानीय तहबाटै हुने छ ।
उद्धार भएकाहरू नै मानव ओसारपसारमा
कम्बोडिया, थाइल्यान्ड, म्यानमार र लाओसमा अनलाइन ठगीमा परी उद्धार भएर नेपाल आएकाले नै अरूलाई त्यता पठाउन सक्रिय रहने गरेको पाइएको छ । ती मुलुकमा राम्रो काम लगाइदिने बहानामा भिजिट भिसामा लैजाने र त्यहाँ अवैधानिक रूपमा खुलेका अनलाइन केन्द्रमा नेपाली नागरिकलाई बन्धक बनाएर काम लगाउने गरेको पाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो ।
संवैधानिक निकायमा खुल्यो नियुक्तिको बाटो
प्रधान न्यायाधीशसहित संवैधानिक निकायमा रिक्त पदाधिकारी पदपूर्तिको कानुनी बाटो खुलेको छ । संवैधानिक परिषद्ले सहमतिमा निर्णय अगाडि बढाउन सक्ने भए पनि रिक्त पदमा सिफारिस/नियुक्तिको प्रक्रिया अगाडि बढेको थिएन । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेसँगै सहमति नभए बहुमतीय प्रक्रियाबाट सिफारिस र निर्णयको बाटो खुलेको हो ।
निजामती ऐन मसौदा मन्त्रीपरिषदमा लगिँदै
सरकारले सङ्घीय निजामती सेवा विधेयकको मसौदा तोकिएकै मितिमा तर्जुमा गर्ने गरी काम तीव्र पारेको छ । छिटोभन्दा छिटो विधेयकको मसौदा मन्त्रीपरिषद्बाट निर्णय गराई सङ्घीय संसद्मा पेस गर्ने उद्देश्य अनुरूप मसौदा तर्जुमा गर्ने काम तीव्र पारिएको हो । सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गत एक सय दिनमा गरिने एक सय कार्यसूचीमा सङ्घीय निजामती सेवा विधेयकको मसौदा सरकार गठन भएको ४५ दिनभित्र तर्जुमा गर्ने उल्लेख गरिएको छ । सोही अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मसौदा मन्त्रीपरिषद्मा पेस गर्नका लागि कामलाई तीव्र पारेको जनाएको छ ।
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गरेको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धनुषाको धनुषाधाम नगरपालिका –४, रामपुरमा १५० विपन्न परिवार झुल र ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
स्याङ्जाका दस योजना अलपत्र
आर्थिक वर्ष २०८२–८३ मा पूर्वाधार विकास कार्यालय स्याङ्जाका १० वटा योजना अलपत्र पर्ने भएको छ । योजनालाई बजेट व्यवस्थापन हुँदा समेत आवश्यक प्रक्रिया नपुगेपछि १० वटा योजनाहरु कार्यान्वयन नहुँदा अलपत्र पर्ने पक्का भएको हो ।
हुलाकबाट १९ जिल्लामा सरकारी कागजात घरमै पुर्याउन थालियो
सरकारले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात वितरण गर्न थालेको छ। हालसम्म १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको छ।
विभिन्न मुद्दामा फरार दस प्रतिवादी पक्राउ
सप्तरीमा विभिन्न मुद्दाका दस जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलबार विज्ञप्ति जारी गर्दै विभिन्न मुद्दाका प्रतिवादी पक्राउ परेको जानकारी दिएको छ ।
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
समाजमा विभिन्न प्रकारका अशान्ति र डर त्रास उत्पन्न गर्नेखालका भिडियो बनाएर टिकटकमा पोस्ट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले कारवाही सुरु गरेको छ ।
फरवार्डको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
ट्रेड युनियन खारेजीले अधिकार खोस्दैनः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनुभएको छ ।