• २६ वैशाख २०८३, शनिबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

blog

कपिलबवस्तुमा भएको ट्याक्टर दुर्घटना । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), वैशाख २६ गते ।
जिल्लाको महाराजगंज नगरपालिका १ बगाहिया नाजिक खरेन्द्रपुर सडकअन्तर्गत ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसारे महाराजगंज बाट खरेन्द्रपुरतर्फ जाँदै गरेको लु १ त ४१३६ नम्बरको ट्याक्टर लु १ त ४१३६ आफैं अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा च्यापिएर बुद्धभूमि नगरपालिका वडा नं. ८ मधुनगर निवासी २२ वर्षीय पिन्टु बारीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बारीलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । अस्पतालमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।