फरवार्डको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
ट्रेड युनियन खारेजीले अधिकार खोस्दैनः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालयमा दलको झण्डा तथा कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्नाले विद्यार्थी तथा कर्मचारीहरूको अधिकार नखोस्ने बरु यसबाट पेसागत स्वतन्त्रता बलियो बन्ने बताउनुभएको छ ।
असी हजार मेट्रिक टन मल ल्याउन सहमति
सरकारले भारतबाट जिटुजी (सरकार–सरकार) मार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सहमति दिएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल जिटुजीमार्फत खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
‘सङ्गठन नीतिले चल्छ’ : महानिरीक्षक
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले सङ्गठन व्यक्तिले नभई नीतिले चल्ने स्पष्ट गर्नुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव राजकुमार श्रेष्ठबाट दज्र्यानी चिह्न ग्रहण गरेपछि मन्तव्य दिँदै आइजिपी पौडेलले सशस्त्र प्रहरी बल नेपाललाई नीतिगत, संस्थागत र प्रविधिमैत्री ढङ्गले अघि बढाइने बताउनुभयो । उहाँले सकल दर्जाको कल्याण, वृत्ति विकास र मानव संसाधन विकासलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधिको प्रयोगमार्फत नतिजामुखी कार्यशैली अपनाइने उल्लेख गर्नुभयो । उहाँले खुला सिमानाबाट हुन सक्ने चोरीतस्करी, सीमापार अपराध र विपत् व्यवस्थापनमा थप प्रभावकारी रूपमा सङ्गठनका गतिविधि अघि बढाइने बताउनुभयो ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
बहुप्रतीक्षित मुलुककै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालन गर्ने योजना बनेको छ । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार सुरुङमार्गको स्थलगत अनुगमन गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपालले जानकारी गराउनुभएको हो ।
‘लिपुलेक नेपालकै भूमि हो’
सरकारले लिपुलेक नेपालकै भूमि रहेको धारणा थप स्पष्ट पार्दै छिमेकी भारत र चीनलाई कूटनीतिक नोटसमेत पठाएको प्रस्ट्याएको छ । लिपुलेक हुँदै छिमेकी भारत र चीनले आपसी सम्झौता अनुसार उक्त भूमि हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेको खबर सार्वजनिक भएसँगै सरकारले कूटनीतिक नोटमार्फत नेपालको धारणामा थप स्पष्ट पारेको हो । लिपुलेकलगायतका सीमा विवादका विषयमा नेपाल सरकारको आफ्नो अडान स्पष्ट रहेको सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सोमबार बताउनुभएको छ । उहाँले भन्नुभयो, “यसमा नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो । त्यसमा भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नु पर्छ भनेको छ ।”
निजामती ट्रेड युनियन खारेज
सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियनसम्बन्धी व्यवस्थाको अन्त्य गरेको छ । निजामती कर्मचारीले निजामती सेवा ऐन २०४९ को अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था सरकारले अन्त्य गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत सरकारले दलीय ट्रेड युनियन गठनसम्बन्धी व्यवस्था खारेज गरेको हो । निजामती सेवा ऐन, २०४९ को परिभाषा खण्डको ‘ज’ १ र २ तथा ऐनको दफा ४९ ले निजामती ट्रेड युनियन गठनसम्बन्धी व्यवस्था गरेको छ ।
गौशाला धर्मशाला पशुपतिकै स्वामित्वमा
उच्च अदालत पाटनले २३ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले सोमबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतको ‘पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने’ फैसला गरेको हो ।
‘पर्ख र हेर’ मा लगानीकर्ता
अन्ततः घट्दो क्रममा रहेको सेयर बजार २७ सयको विन्दुमा आइपुगेको छ । सङ्कटकै बेलासमेत अवसर खोज्दै उकालो लाग्ने नेपालको सेयर बजार यस पटक भने असामान्य रूपमा सुस्ताएको छ । कारोबार कक्षहरूमा पहिले जस्तो चहलपहल छैन, ठुला लगानीकर्ता मौन छन् र स्क्रिन राताम्मे हुने क्रम जारी प्रायः छ । स्थिर सरकार गठनसँगै बजारमा भरोसा र उत्साह फर्किने अपेक्षा गरिए पनि त्यसको ठिक विपरीत डर, अनिश्चितता र नीतिगत अस्पष्टताले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।
पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा
साहित्यकार तथा लेखक पुष्पराज पाण्डेयले कथासङ्ग्रह ‘किनार’ बजारमा ल्याउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा सो कथा संग्रहको लोकार्पण गरिएको छ । सो कृति शिखा बुक्सद्वारा प्रकाशन गरी बजारमा ल्याइएको हो।
विद्यालयलाई कम्प्युटर सहयोग
समाजसेवी डा. मनोरदिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट प्रदान गर्नुभएको छ ।
टिप्परको ठक्करबाट भारतीय नागरिकको मृत्यु
भक्तपुर नगरपालिका–५, आदर्शमा आज बा.४ ख. ३१५६ नम्बरको टिप्परले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
‘न्यायका लागि कहिलेसम्म सडकमा लड्ने?’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिकले कहिलेसम्म सडकमा सङ्घर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ ।
सातै प्रदेशमा कृषि गणना गरिँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ ।
नेप्से परिसूचक ३४ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ विन्दुमा कायम भएको छ ।
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा
जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ ।
नागढुङ्गा सुरुङमार्ग साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी
काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।
सल्यानमा हावाहुरीले विभिन्न संरचनामा क्षति
सल्यानमा आइतबार साँझ आएको हावाहुरीले कम्तीमा करिब एक दर्जन संरचनामा क्षति पुर्याएको छ ।
घुस लिएको आरोपमा अदालतका कर्मचारीविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।
बागलुङमा चट्याङ लागेर एकको मृत्यु, दर्जन बढी घरमा क्षति
अविरल वर्षासँगै परेको चट्याङले पश्चिम बागलुङको बडीगार्डमा एक जनाको ज्यान गएको छ ।
विराटनगर जुट मिलका कर्मचारीद्वारा बक्यौता पारिश्रमिक माग
ऐतिहासिक विराटनगर जुट मिल्स लिमिटेडका कर्मचारीले श्रम कार्यालयको फैसला बमोजिमको पारिश्रमिक भुक्तानीको माग गरेका छन् ।
वडा प्रहरी कार्यालय वालिङका लागि सुविधा सम्पन्न नयाँ भवन बन्दै
माओवादीले आक्रमण गरेको २५ वर्ष पछि प्रहरीका लागि वालिङमा नयाँ भवन निर्माण सुरु गरिएको छ ।
मुद्दा मिलाइदिने भन्दै रकम असुली गर्ने एक जना कोहलपुरबाट पक्राउ
अनुसन्धान प्रक्रियामा रहेका मुद्दाहरू मिलाइदिने भन्दै प्रतिवादीका परिवारहरूसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
फिर्ता अध्यादेश पुनः सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।