निर्वाचनको सँघारमा मुलुक, टुङ्गो छैन संसद् भवन
आसन्न प्रतिनिधि सभा निर्वाचन हुन अब ५६ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगसहित सिङ्गै मुलुक निर्वाचनको तयारीमा होमिएको छ तर निर्वाचन जितेर आउने प्रतिनिधि सभा सदस्यहरू बैठक बस्ने संसद् भवनको अझै टुङ्गो लागेको छैन । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरिएको छ ।
नमुना मतपत्र छपाइ सुरु
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक नमुना मतपत्र छपाइ बुधबारदेखि सुरु भएको छ । निर्वाचन आयोगको समन्वयमा जनक शिक्षा सामग्री केन्द्रले नमुना मतपत्र छाप्न सुरु गरेको हो । मङ्गलबार डमी मतपत्र छापिएको भए पनि बुधबारदेखि पूर्ण रूपमा अन्य मतपत्र छाप्न सुरु गरिएको हो । नमुना मतपत्र १० लाख थान छापिने केन्द्रले जनाएको छ । यो काम बिहीबार सकिने छ ।
छ सय जना प्रहरी कारबाहीमा
सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले झन्डै छ सय जना प्रहरीलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत सङ्गठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियत दुरुपयोग गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् । यो पछिल्लो पाँच वर्षमा गरिएको कारबाही सङ्ख्या हो । प्रहरीको सामाजिक सञ्जा
जहाज दुर्घटना छानबिन गर्न दुई समिति
झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन् । शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टाछुट्टै अनुसन्धान गर्ने भएका हुन् ।
साना सवारी बढी प्रदूषक
काठमाडौँ उपत्यकामा गुड्ने करिब ३८ प्रतिशत सार्वजनिक सवारी वायु प्रदूषणको मापदण्डविपरीत गुडिरहेको पाइएको छ । ती सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त हानिकारक कालो धुवाँ फालिरहेका कारण पनि उपत्यकाको चिसो मौसममा वायु प्रदूषण तीव्र भइरहेको वातावरण विभागको दाबी छ ।
राष्ट्रिय सभा निर्वाचन : ४४ जनाको उम्मेदवारी
२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
विशेष महाधिवेशनमा संलग्न नहुन नेपाली कांग्रेसको अपिल
नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेताकार्यकर्तालाई अपिल गरेको छ ।
‘वल्ड म्याराथन च्यालेञ्ज’ मा दौडिदै जोशी
सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुनुहुने भएको छ ।
शङ्कास्पद अवस्थामा महिलाको शव फेला
नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।
कांग्रेस उम्मेदवार थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ।
माघीको तयारीमा जुट्यो थारू समुदाय
कैलालीसहित पश्चिम तराईको थारू समुदाय आफ्नो सबैभन्दा ठुलो पर्व माघ (माघी) को तयारीमा जुटेको छ । माघ पर्व नजिकिएकाले थारू समुदायका मानिस माघको तयारी (सामाजामा) मा जुटेका हुन् ।
गण्डकीमा गठबन्धन, नेकपा र जनमोर्चाबाट उम्मेदवारी
नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्।
यी हुन् प्रमुख दलका राष्ट्रिय सभा उम्मेदवार
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ।
सवारी साधन कारबाहीबाट दुई लाख बढी राजस्व
ताप्लेजुङमा सवारीसाधन कारबाहीबाट दुई लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म पाँच महिनाको अवधिमा दुई लाख २७ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको हो।
समानुपातिक समावेशी निर्वाचन प्रणाली दुरुपयोगविरुद्ध प्रदर्शन
इन्डिजिनियस जेनजी कलेक्टिभले समानुपातिक समावेशी निर्वाचन प्रणालीको प्रणालीगत दुरुपयोग र असंवैधानिक अतिक्रमणको विरोधमा आज शान्तिपूर्ण सार्वजनिक प्रदर्शन गरेको छ ।
दमौलीमा ठडिए मगर, दरै र कुमालका पहिचान घर
आधुनिक कङ्क्रिटका संरचनाले ग्रामीण परिवेशका पुराना मौलिक घर क्रमशः स्मृतिमा मात्र सीमित हुँदै गएका बेला तनहुँको सदरमुकाम दमौलीमा भने एउटा भिन्न र रोचक दृश्य देखिन थालेको छ।
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कांग्रेस–एमालेबाट तीन जनाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेबाट तीन जनाको उम्मेदवारी परेको छ।
गुल्मी जिल्ला समाज युकेको ५ लाख सहयोग
हरेक बिपद्, विपन्न र बिरामीहरूलाई सहयोग गर्दै आएको गुल्मी जिल्ला समाज युकेले पाँच लाख विभिन्न संस्था र व्यक्तिहरूलाई सहयोग गरेको छ । गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र र सत्यवती बहुमुखी क्याम्पसलाई एक–एक लाख रुपियाँ सहयोग गरेको हो ।
बागलुङ महोत्सवमा ४२ लाखभन्दा बढीको टिकट बिक्री
बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको आठौं बागलुङ महोत्सव सम्पन्न भएको छ । मङ्गलबार राति महोत्सव सम्पन्न भएको घोषणा गर्दै संघका अध्यक्ष राजनकुमार शाक्यले महोत्सव सफल भएको बताउनुभयो ।
कामादको अध्यक्षमा सहन्यायाधिवक्ता निरौला
उच्चपदस्थ निजामती कर्मचारीहरूको साझा संस्थाको रूपमा रहेको प्रशासन, व्यवस्थापन तथा विकास केन्द्र (कामाद) को अध्यक्षमा नेपाल सरकारका सहन्यायधिवक्ता कोषहरी निरौला चयन हुनुभएको छ।
शीतलहरले कामदार घट्दा राजमार्ग विस्तार सुस्त
कठ्याङग्रिदो चिसोको असर पूर्वपश्चिम राजमार्ग विस्तार कार्यमा समेत देखिएको छ । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड)अन्तर्गत अहिले सर्लाही, महोत्तरी र धनुषामा राजमार्गलाई चार लेनको बनाउने काम जारी छ ।
गण्डकीमा राष्ट्रिय सभा चुनाव : २२९ मतदाता, ६३५७ मतभार
थिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ ।
निर्यात प्रोत्साहन कार्यविधि अन्तिम चरणमा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विदेशी मुद्रा भित्र्याउने र व्यापार घाटा कम गर्ने निर्यात व्यापार रहेकाले यसलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
अनलाइन व्यापारमा बिल अनिवार्य
अनलाइनमार्फत व्यापार गर्नेले अनिवार्य रूपमा बिलको प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मसौदामा यस्तो प्रस्ताव गरिएको हो ।