मुसिकोटमा स्काउट मास्टर तालिम
गुल्मीको मुसीकोट नगरपालिकामा ६२५ औँ आधारभूत स्काउट (स्काउट मास्टर) तालिम सम्पन्न भएको छ।
भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिसकेको जानकारी दिनुभएको छ ।
माटो परीक्षणपछि भिमादका किसानलाई सहज
माटोको स्वास्थ्य अवस्था नबुझी खेती गर्दैआएका तनहुँको भिमाद नगरपालिकाका किसानले अब माटोको प्रकृति अनुसार सन्तुलित मल र बाली छनोटको परामर्श पाएका छन् ।
सुकुमवासीका लागि बृहत् स्वास्थ्य शिविर
नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ ।
सरकार–निजी क्षेत्र परिपूरक हुन् भन्ने स्थापित भएको छ
नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभा सोमबार र मङ्गलबार हुँदै छ । सभाले संस्थाको नयाँ कार्यसमिति चयन गर्दै छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो तीनबर्से कार्यकाल पूरा गरी उक्त जिम्मेवारीबाट अलग हुँदै हुनुहुन्छ ।
सुकुमवासीको प्रमाणीकरण सुरु
सरकारले वास्तविक सुकुमवासीको प्रमाणीकरण कार्य आरम्भ गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्रबहादुर विष्टका अनुसार पहिलो चरणमा काठमाडौँ महानगरपालिकाभित्रका तीन स्थानबाट विस्थापित नागरिकको प्रमाणीकरण थालिएको हो । काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित थापाथली, वडा नं. ९ स्थित गैरीगाउँ र सिनामङ्गल, महानगरकै वडा नं. ३१ स्थित शान्तिनगर र मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहराखोलामा अतिक्रमित बस्तीबाट हटाइएको नागरिकलाई वास्तविक भूमिहीन हुन् वा होइनन् भन्ने छुट्याउने कार्य आरम्भ गरिएको छ ।
युद्ध अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एसिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीसँग जानकारी आदानप्रदान गर्नुभएको छ ।
जलेका गाडीको इन्धन कुपन दुरुपयोग
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले जेनजी आन्दोलनमा जलेका गाडीको इन्धन कुपन दुरुपयोगसम्बन्धी आरोप खेपिरहेको छ । आन्दोलनका क्रममा जलेर नष्ट भइसकेका सवारीसाधनका नाममा समेत इन्धन कुपन जारी गरी रकम असुलिएको आशङ्का सार्वजनिक भएपछि मन्त्रालयले आन्तरिक छानबिन अगाडि बढाएको छ । यस विषयमा मन्त्रालयका प्रशासनतर्फका सचिव डिल्लीराम शर्मासँग जिज्ञासा राख्दा शर्माले सञ्चार माध्यममा समाचार आए पनि आधिकारिक पुष्टि नभएको जानकारी दिनुभयो ।
सांसदलाई पिए सुविधाको तयारी
सङ्घीय संसद् सचिवालयले सांसदका लागि स्वकीय सचिव (पिए) को सुविधा दिने विषयमा पहलकदमी लिएको छ । सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दललाई पत्राचार गरेर स्वकीय सचिव चाहिएमा माग गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सर्वदलीय र कार्यव्यवस्था परामर्श समितिको छलफलका आधारमा सङ्घीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले निर्णय गरेर संसदीय दललाई पत्राचार गरेको जानकारी दिनुभयो । स्वतन्त्र सांसद महावीर पुनलाई छुट्टै पत्राचार गरिएको छ ।
कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ‘सार्वजनिक पदाधिकारी पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि एक हजार ५९४ पदाधिकारी एकैसाथ पदमुक्त हुँदै छन् । सरकारले नियुक्ति प्रक्रिया अघि नबढाएसम्म ती सबै पद खाली हुने भएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्व सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई सुदृढ बनाउने उद्देश्यसाथ अध्यादेश ल्याएपछि विभिन्न ऐन र संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीले अनिवार्य रूपमा बिदा लिनुपर्ने भएको हो । प्रधानमन्त्री शाहका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंले दक्ष, क्षमतावान र सम्बन्धित क्षेत्रका विज्ञलाई प्रतिस्पर्धा गराएर नियुक्त प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
लिपुलेकसम्बन्धी नेपालको अडान यथावत : भारत र चीनलाई कूटनीतिक नाेट पठाइयाे
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई पुनः अवगत गराएको छ ।
रास्वपा सचिवालय बैठक : यी हुन् पाँच निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ।
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा उक्त व्यवस्था गरिएको छ ।
नदी किनार खाली गर्ने अभियान : सात हजारभन्दा बढी नागरिक सरकारको सम्पर्कमा
सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ । यस प्रक्रियामा आफूलाई सुकुम्बासी दाबी गर्ने एक हजार ८१६ परिवारका सात हजार ७८९ जना सरकारको सम्पर्कमा आएका छन् ।
सुदूरपश्चिम र कर्णालीमा सोमबार भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान
पुतलीबजार नगरपालिका –१ मा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठान र स्याङजा साहित्य प्रतिष्ठानले आयोजित कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङजा सिर्जना उत्सवमा तीन स्रष्टालाई सम्मान गरिएको छ ।
ङारदममा ग्लान वंशको राष्ट्रिय भेला सम्पन्न
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका –४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको ङारदिम (थातथलो) मा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवन, पढाइ सहज
सल्यानको दार्मा गाउँपालिका –५ रातामाटास्थित अन्धनाशक आधारभूत विद्यालयमा पक्की भवन निर्माण भएपछि पठनपाठन सहज बनेको छ ।
बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन
स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।
सप्तरीमा सालको गोलिया सहित ट्याक्टर नियन्त्रणमा
सप्तरी प्रहरीले सालको काठ (गोलिया)सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताउनुभएको छ ।
स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनु भएको हो ।
भन्सारमा कडाईको प्रभाव : स्थानीय व्यवसाय बढ्यो, व्यापारी उत्साहित
वैशाख महिनाको सुरुबाटै भारतबाट सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियमलाई सरकारले कडाईका साथ लागु गर्दा नेपालका स्थानीय बजारमा व्यापार व्यवसाय बढ्न थालेको छ । नाकामा गरिएको कडाईका कारण खरिदका लागि सीमापारी जाने नेपाली उपभोक्ताको संख्या ह्वात्तै घटेपछि सीमापारीको रुपैडिहा बजार सुनसान हुँदै गएको छ भने सीमावारीको नेपालगन्ज बजार चलायमान हुन थालेको छ ।
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।