१५ वर्षसम्म पनि बनेन लम्सुवाघाट पक्की पुल
भोजपुर, कात्तिक १८ गते । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो ।“लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ”, वडाध्यक्ष उहाँले भन्नुभयो, “राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।”यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताउनुभयो । पक्की पुल नहुँदै आवतजावतमा समस्या रहेको उहाँको भनाइ छ ।“राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ”, उहाँले भन्नुभयो, “पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।”२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो।पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् । रासस
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको महसुल
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् ।
करेन्ट लाग्दा तनहुँमा युवकको मृत्यु
तनहुँको व्यास नगरपालिका –१ छाब्दी खोलामा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय २८ वर्षीय अमित सुयालको करेन्ट लागेर मृत्यु भएको हो ।
१६ वर्षपछि कालीगण्डकी बेसीनमा भेटिए दुर्लभ पन्छी चिरकालिजको १८ जोडी
नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
मङ्गलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीन सय उनासी नेपालीको शव ल्याइयो
सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३७९ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या चालु आव (साउन, भदौ र असोज) तीन महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझ धेरै छ । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट २३ करोड ९० लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् ।
निर्वाचन सुरक्षा : सेना परिचालन गर्न सिफारिस
राजनीतिक दलले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखिरहँदा निर्वाचन आयोगले सुरक्षाको वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चार वटै सुरक्षा निकाय संयुक्त रूपमा यथाशीघ्र परिचालन गर्न सरकारलाई आग्रह गर्ने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले यसप्रकारको सिफारिस गरेको हो ।
सुविधा कटौतीमा संसद्को असन्तुष्टि
सङ्घीय संसद्का पदाधिकारी र सदस्यको सुविधा कटौती गर्ने सरकारको निर्णयमा संसद् असन्तुष्ट देखिएको छ । पदाधिकारी तथा सदस्यलाई मर्का नपर्ने गरी सुविधा हेरफेरको अधिकार भए पनि दैनिक कामकाजमा असहज हुने गरी सुविधा कटौती भएको भन्दै संसद्का पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेरै असन्तुष्टि जनाएका हुन् ।
‘नागरिकमा सुशासनको अनुभूति होस्’
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहमा नागरिकले उल्लेख्य सुधारको अनुभूति गर्ने गरी सबै मन्त्रालयलाई ‘ब्लुप्रिन्ट’ तयार पारेर कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
पैँतालिस जना सहिद घोषणा (नामावलीसहित)
सरकारले जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित विभिन्न जिल्लामा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
दोलखामा हिमपहिरो : तीन जनाको मृत्यु आठ जना बेपत्ता
दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दृष्टिविहीन शिक्षकको सय किलोमिटरको सङ्घर्ष
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का टीकाराम घिमिरे हरेक बिहान अँध्यारोमै उठ्नुहुन्छ । पूर्ण दृष्टिविहीन उहाँ बिहान घरबाट निस्कँदा बाटो देख्नुहुन्न तर आफ्नो कर्तव्य र जिम्मेवारी भने स्पष्ट देख्नुहुन्छ– विद्यालय पुग्ने र बालबालिकालाई पढाउने ।
पुरुषको वेवारिसे शव फेला
झापाको कन्काई नगरपालिकामाका एक बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । पहिचान नखुलेको एक पुरुष घोप्टो परेको अवस्थामा कन्काई नगरपालिका २ स्थित झण्डी खोपमा सोमबार अपरान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
गंगाचिल पहिलो पटक काठमाडौंमा देखिए (फोटो फिचर)
जाडो याममा नेपाल आउने आगन्तुक चरा कालो टाउके गंगाचिल पहिलो पटक काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा देखा परेको छ ।
फाल्गुनन्दको जन्मजयन्ती मनाउने तयारी
किराँत धर्मावलम्बीका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो ।
नवलपरासीबाट आएको गिद्ध मर्यो
छसय किलोमिटर फन्को मारेर बिरामी भएपछि कैलालीमा उपचार पश्चात पुनर्जीवन पाएको अत्ति सङ्कटापन्न सानो खैरो गिद्धको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल बडीमालिकामा अवसान भएको छ ।
प्रधानमन्त्री कार्कीका १४ बुँदे निर्देशन : सुधारका योजनाले नागरिकलाई प्रत्यक्ष छुनुपर्छ
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा आयोजित सचिवहरू, सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा सरकारको सेवा प्रवाहलाई प्रभावकारी र परिणाममुखी बनाउन १४ बुँदे निर्देशन दिनुभएको छ।
राष्ट्रपति पौडेललाई दोहामा स्वागत
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार यहाँ आइपुग्नु भएको छ ।
निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
वन अधिकृतविरुद्ध एक करोड ४३ लाखको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
राप्तीसोनारी नेचर रन प्रतियोगिता हुने
बिद्यालयका बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्शाउँदै प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोगसम्बन्धी जागरण फैलाउने उद्देश्यले बाँकेमा राप्तीसोनारी नेचर रन प्रतियोगिता आयोजना गरिने भएको छ ।