यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।
रास्वपाको सचिवालय बैठक बस्दै
विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो ।
प्रेस स्वतन्त्रता हननका घटना बढ्यो
नेपालमा प्रेस स्वतन्त्रता हननका घटना गत वर्षको तुलनामा बढेका छन् । नेपाल पत्रकार महासङ्घले मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरेको अध्ययनमा प्रेस स्वतन्त्रता हननका १३१ घटना भएका हुन् । गत वर्ष ७३ वटा मात्रै प्रेस स्वतन्त्रता हननका घटना भएका थिए ।
सडक सुरक्षा सुधारको प्रतिबद्धता
सरकारले सडक सुरक्षा प्रणालीमा आवश्यक नीति र संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शनिबार प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतिबद्धता जनाएको हो ।
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रीपरिषद्को सिफारिसमा शनिबार यी तीन अध्यादेश जारी गर्नुभएको हो ।
उपयोग र नियन्त्रणमा चुनौती
नेपालमा सूचना प्रविधिको विस्तार तीव्र गतिमा भइरहेको छ । घरघरमा इन्टरनेट अनि हातहातमा मोबाइल पुगेको छ । सूचना प्रविधिको विस्तारसँगै प्रश्न उठिरहेका छन्, के यसको पहुँच समान छ ? यसको उपयोग कति उत्पादनशील छ ? अनि यसको नियन्त्रण राज्यसँग छ त ?
सडक सुरक्षा कानुन : पाँच दशकपछि बल्ल मसौदा
मुलुकमा सडक दुर्घटनाको सङ्ख्या र गम्भीरता बढ्दै गए पनि सडक सुरक्षासम्बन्धी ऐन कानुन निर्माणमा भने सम्बन्धित निकायको ध्यान गएको देखिँदैन । अहिले मुलुकमा सडक दुर्घटनामा परी वार्षिक तीन हजारभन्दा बढी नागरिकको अकालमा मृत्यु हुने गरेको तथ्याङ्क छ । दिनहुँ जसो सडक दुर्घटना भइरहेको अहिलेको अवस्थामा सडक सुरक्षासम्बन्धी ऐन कानुन निर्माणमा ढिलाइ हुनुले सडक सुरक्षामा चुनौती चुलिने क्रम जारी छ । सार्वजनिक सडक ऐन, २०३१ प्रचलनमा रहे पनि यसले आधुनिक सडक सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न नसकेको सरोकारवालाको भनाइ छ ।
सडक सुरक्षा सुधारमा सरकारको दृढता : दुर्घटनाको सूक्ष्म अध्ययन गरिँदै
रोल्पाको थवाङमा भएको भीषण जिप दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिको समयावधि आज समाप्त हुँदैछ।
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइयो
काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ ।
राष्ट्रपतिबाट थप तीन वटा अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।
अमेरिकी विशेष दूत गोरको नेपाल भ्रमण सम्पन्न
भ्रमणका क्रममा उहाँले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्नेमा जोड दिनुभएको छ ।
फिल्डबुक अभावले रोकियो लालपुर्जा वितरण
वर्षौंदेखि भूमिहीन रहेका तनहुँका सुकुम्बासी सबै प्रक्रिया पूरा गरेर पनि अन्तिम समयमा लालपुर्जा पाउनबाट वञ्चित भएका छन् ।
रास्वपा सभापति लामिछाने र अमेरिकी विशेष दूत गोरबिच भेटवार्ता
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले भेट गर्नुभएको छ ।
रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध
२०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा २० जनाको ज्यान जाने गरी भएको हृदयविदारक दुर्घटनापछि सरकारले सूक्ष्म छानबिनका लागि सो समिति गठन गरेको थियो ।
रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ३८ जना घाइते
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैया नजिक रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ३८ जना यात्रु घाइते भएका छन् ।
बैतडीमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने तयारी तीव्र
बैतडीमा सरकारी तथा सार्वजनिक जग्गामा वर्षौंदेखि हुँदै आएको अतिक्रमण हटाउने तयारी सुरु गरिएको छ ।
गुल्मीमा १२ सयभन्दा बढीको मतदाता नामावली सङ्कलन
गुल्मीमा गत चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको छ।
धोबीखोला अतिक्रमण हटाउने अभियानमा स्थानीयको ऐक्यबद्धता
सरकारले धोबीखोला कोरिडोरसहित उपत्यकाका विभिन्न नदी किनारमा रहेका अनधिकृत संरचना तथा सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको अभियान तीव्र बनाएको छ ।
रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका-जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित बस्ती हटाइँदै
काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ ।
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
सरकारले बागमती नदी र अन्य सहायक खोला किनार अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने कार्यक्रम तीव्र पारेको छ । सरकारले अव्यवस्थित बस्ती खाली गराएर त्यहाँ रहेका नागरिकलाई
सुरक्षित र दिगो डिजिटल इकोसिस्टम सरकारको प्राथमिकताः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।