दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
महायज्ञमा साढे दुई करोड दान सङ्कलन
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिर संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दुई करोड ५० लाख दान सङ्कलन भएको छ ।
अस्थायी आवासमा सकसपूर्ण जीवन गुजारा गर्दै भूकम्पपीडित
एक सय ५४ जनाको ज्यान जाने गरेर २०८० कात्तिक १७ गते मध्ये राति गएको जाजरकोट भूकम्पको आज ठिक दुई वर्ष पूरा भएको छ ।
‘स्थायित्वका लागि निर्वाचन’
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन, सङ्घीय सरकार र प्रदेश सरकारबिच समन्वय र सहकार्यका सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्रीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार सम्पन्न बैठकमा प्रधानमन्त्री कार्कीले प्रदेश सरकार सञ्चालनका समस्या, निर्वाचन सुरक्षाका चुनौतीसहित समसामयिक सन्दर्भमा मुख्यमन्त्रीहरूसँग संवाद गर्नुभएको हो ।
फोहोर फाल्न भइरहेको अवरोध हट्यो
काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत सरोज गुरागाईंसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा जानुभएको थियो ।
क्यान्सर उपचारमा आत्मबल प्रमुख
काठमाडौँ, चाबहिलकी शोभा कार्की आत्मबल भएमा क्यान्सरलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ । २३ वर्षअघि सन् २००२ मा शोभाको शरीरभर नीलो डाम देखियो । लक्षण त्यतिमा मात्र सीमित भएन । पेट फुलेर ठुलो हुन थाल्यो । त्यो बेला उहाँ त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्नुहुन्थ्यो । उहाँमा पेट ठुलो हुँदा मानिसले गर्भवती भन्ने हुन् कि भन्ने त्रास थियो । काकाले तँलाई क्षयरोग भए जस्तो छ, अस्पताल गएर देखाउनु भनेपछि उहाँ वीर अस्पताल जानुभयो ।
अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै
अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ ।
राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अन्तरिम सरकारले राजदूतहरू फिर्ता बोलाउन गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज राजदूत फिर्ता बोलाउनेसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जानुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
धनकुटा नगरपालिकाद्वारा दुई दिन बिदा
धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुई दिन स्थानीय विदा दिएको छ । नगर पालिकाभित्र मात्रै बसोबास रहेको आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेटको अवसरमा नगरपालिको दुई दिनको स्थानीय बिदा दिएको हो ।
प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक
प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबीच संवाद गर्न तथा सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
रगत अभावले विरामी मर्कामा
बाजुरा जिल्लामा रगतको लगातार अभावका कारण गर्भवती महिला, दुर्घटनाका घाइते र आकस्मिक बिरामीहरू मर्कामा परेका छन् ।
जुवातास खेल्ने १६ पक्राउ
झापाको गौरादह नगरपालिका –५ स्कूलचौन बजारबाट प्रहरीले शनिवार राति तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।
बर्दाहीमा किशोरीको शव फेला
सप्तरीको राजगढ गाउँपालिका –६ बर्दाहीमा १५ वर्षीया एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
‘नातावाद, कृपावाद र विभेद अन्त्य गर्न तयार हुनुस्’ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) भित्रका बेथिति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ।
लोकमार्ग कालोपत्रेको माग गर्दै ध्यानाकर्षण
मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँखण्ड नौ वर्षसम्म कालोपत्रे नभएपछि स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका –५ र ६ का स्थानीयले आज जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
गफले रोजगारी सिर्जना हुँदैन : धरान नगर प्रमुख साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाकाका प्रमुख हर्कराज साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ। निर्वाचन आयोगले उहाँ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आइतबार मान्यताको प्रमाणपत्र दिएपछि पत्रकारसँग बोल्दै साम्पाङले यस्तो बताउनुभएको हो।
विश्राम गर्ने छहारी वरपीपलको रुख
सुनसरीको राजावासस्थित बानडाँडामा रहेको वरपीपलको छहारीमा बालबालिकादेखि वृद्धसम्मको जम्घट हुने स्थल बन्दैआएको छ ।
अछामको साँफे बजारमा आगलागी, सात पसल जलेर नष्ट
अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर नगरपालिका वडा नम्बर ३ स्थित हाटबजारमा शनिबार राति आगलागी भएको छ ।
दाउन्ने सडक : पाँचवटा गाडी फस्दा सयौँ गाडी जाममा
लगातार चार दिनदेखिको झरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य भएको छ । जसका कारण हिलोमा गाडीहरु फस्ने क्रम बढेपछि यात्रा एकतर्फी र कठिन भएको नवलपुर प्रहरीले जनाएको छ ।
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब
सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।
बेमौसमी वर्षाको प्रभाव : लुम्बिनीमा १५ हजार ७५५ हेक्टर धानबालीमा क्षति
पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् ।
तेब्बरले बढ्यो हिमाल आरोहण राजस्व
यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणबाट प्राप्त हुने दस्तुर (राजस्व) तेब्बरभन्दा बढी सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि गत वर्षभन्दा यस वर्ष आरोहण शुल्क तेब्बरले बढेको हो । सरकारले विसं २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ गतेदेखि नयाँ शुल्क कायम गरेको थियो । यसबाहेक यो याममा विगतभन्दा आरोहीको सङ्ख्या बढेकाले पनि राजस्व सङ्कलन बढेको हो ।
सरकारका निर्णय न्यायिक परीक्षणमा
चुनावी सरकार गठनको डेढ महिनाको अवधिमा गरिएका राजनीतिक र प्रशासनिक निर्णय धमाधम न्यायिक परीक्षणका क्रममा अदालत प्रवेश गराइएको छ । सरकार गठनकै विवाद विचाराधीन रहेका बेला सरकारले गरेका कामकारबाहीका विषयलाई पनि सार्वजनिक सरोकारको विषय बनाएर न्यायिक परीक्षणमा लगिएको हो ।