सडक जस्ताको तस्तै : चार दशकमा करोडौँ रकम खर्च
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले धौबादी सडक निर्माण सुरु भएको ३९ वर्ष पुग्यो तर अहिलेसम्म सडकले सडक जस्तो स्वरूप लिन सकेको छैन ।
बाढी पहिरोका कारण मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध
बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन ।
सहुलियतपूर्ण कर्जामा पहुँचवालाकै रजाइँ
सहुलियत कर्जा, अनुदान र सरकारी प्रोत्साहन योजना देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले ल्याइने गरे पनि यस्ता सहुलियत सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ताको जिम्मा महरालाई
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्ने पार्टीसँग एकताका लागि वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई जिम्मा दिनुभएको छ । अध्यक्ष प्रचण्डले महरालाई केही समयअघि आफ्नै निवास खुमलटार बोलाएर विचार मिल्ने पार्टीसँग एकताका लागि संवाद थाल्न आग्रह गर्नुभएको हो ।
निजामती सेवा विधेयकमा एमालेद्वारा संशोधन प्रस्ताव दर्ता
राष्ट्रिय सभामा सङ्घीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’ राख्न नहुने संशोधन प्रस्ताव दर्ता भएको छ । ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाइएको विषयबारे संसदीय समिति गठन भई समितिले छानबिन गरिरहँदा राष्ट्रिय सभामा सो विषय हटाउन संशोधन दर्ता भएको हो ।
राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको दशकमा दस प्रतिशतभन्दा कम प्रगति
भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको १० वर्षमा १० प्रतिशत काम पनि हुन सकेको छैन ।
जलस्रोत विधेयक : थप प्रावधानमा आपत्ति
प्रतिनिधि सभाले राष्ट्रिय हित र स्वार्थविपरीत जलस्रोत विधेयक, २०८१ मा ‘बाँधको सुरक्षा’ सम्बन्धी परिच्छेद थपेको भन्दै माथिल्लो सदनको विषयगत समितिमा विधेयक फिर्ता लिनुपर्ने मत बलियो भएको छ । राष्ट्रिय सभाका सदस्यसँगै जलस्रोत विज्ञहरूले समेत विधेयकमा प्रस्तावित व्यवस्थाले राष्ट्रिय हितलाई हानि पु¥याउने दाबी गर्नुभएको छ ।
मौसमको अनौठो व्यवहार
मधेश प्रदेशमा मनसुनी न्यूनचापीय प्रणालीले देखाएको अनौठोपनले मौसमविद्हरू नै छक्क पर्न थालेका छन् ।
फुकेन शिक्षा विधेयकको गाँठो
अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवाको विषयमा सहमति जुट्न नसक्दा दुई सातादेखि छलफल रोकिएको छ । यही विवादका कारण प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको उक्त विधेयक अनुसार तत्काल शिक्षा ऐन नै नआउने हो कि भन्ने शङ्का बढेको छ ।
निजामती विधेयक : अध्ययन समितिमा काम धमाधम
सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न गठित संसदीय विशेष समितिले छिट्टै सक्ने गरी गृहकार्य थालेको छ ।
उज्यालो रङ्गशाला बन्दै त्रिवि मैदान
पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको उचाइ प्रस्टसँग देखिएको छ । महिला र पुरुष दुवै सिनियर÷जुनियर टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली क्रिकेट टोलीको वेगलाई झल्काएको छ ।
नव नियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
कृषि सहकारीलाई हाते ट्याक्टर
नेपाल–भारत मानव विकास एवं मैत्री सघ र डिजिटल फार्मस् मिसन काठमाडाैँले चितवनका आठ वटा सहकारी संस्थालाई हाते ट्याक्टर सहयोग गरेको छ ।
चालु आवमा दैनिक २.५५ किमी सडक निर्माणः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठुलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभएको हो ।
‘विविधतायुक्त समाज हाम्रो पहिचान’
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विविधतायुक्त समाज नै मौलिक पहिचानका रूपमा रहेको बताउनुभएको छ ।
हुलाकी सडकमा धमाधम बन्दै पुल
हुलाकी सडक निर्माणमा ढिलाइ भइरहे पनि पुल भने धमाधम निर्माण हुन थालेका छन् । हुलाकी सडक अन्तर्गत देउखुरीको गढवा गाउँपालिका–१, वनघुस्रीदेखि राजपुर गाउँपालिका–५, गङ्गदीसम्मको ४० किलोमिटर सडकखण्डमा धमाधम पुल निर्माण हुन थालेका छन् ।
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च रेकर्ड
वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो ।
आलमविरुद्ध सर्वोच्चमा पुनरावेदन, यस्ता छन् पुनरावेदन जिकिर
नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसमेतलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । महान्यायाधिवक्ता कार्यालयले शुक्रबार पुनरावेदन निवेदन पेस गरेको छ ।
खाडीको ज्ञान, सुरक्षित उद्धार अभियान
भाषिक समस्या, मौसमी प्रतिकूलताका कारण खाडी मुलुकको श्रमबजार कठिनपूर्ण मानिन्छ । यी अनेक समस्यालाई चिर्दै केही नेपाली ती मुलुकमा बसेर व्यावसायिक तथा आर्थिक सफलता मात्र हासिल गरेका छैनन्, आफूले सिकेको ज्ञान र सिप नेपालमा निःशुल्क रूपमा उपलब्ध गराउन खटिरहेका छन् ।
एक वर्षमा १०५ पक्की पुल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकार गठन भएको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण तथा १० वटा बेलिब्रिज जडान भएको जनाएको छ । यसै गरी एक वर्षको अवधिमा ९३२ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।
सौर्य एयर दुर्घटना प्रतिवेदन : प्राधिकरण र कम्पनीको कमजोरी
गत वर्ष साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई कम्पनी दुवैको कमजोरी देखिएको छ ।
पानी नपरे पनि तराईमा ४६ प्रतिशत रोपाइँ
पहाडमा ‘रुढा पहिरा’ ले धान खेती पुरिँदा मधेशमा ‘रौदी’ का कारण कृषकले धान रोप्न पाएका छैनन् ।
नवलपुरबाट ३० अर्ब ६९ करोड राजस्व संकलन
नवलपुरबाट आर्थिक वर्ष २०८१–८२ मा ३० अर्बभन्दा बढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा संघीय तथा प्रदेश सरकारलाई हस्तान्तरण हुने ३० अर्ब ६९ करोड ६६ हजार ५६ लाख ६३८ रुपियाँ राजस्व संकलन भएको हो ।
सङ्कलनभन्दा रगतको माग अत्यधिक
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जमा गत आर्थिक बर्ष २०८१–८२ मा १५ हजार ८९३ पिन्ट रगत विभिन्न दाताहरुबाट सङ्कलन भएको थियो ।