हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
हत्या र लुटपाट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । देवचुली नगरपालिका–१६, टाँडीकोटका ७५ वर्षीय जीवनराम थनेतको हत्या गरी नगद तथा सुन लुटपाट गरेको घटनामा संलग्न व्यक्तिलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो ।
सत्यवतीमा अपाङ्गता परिचयपत्र दिइने
गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गर्ने भएको छ। गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण कार्यविधि, २०७५ अनुसार लक्षित वर्गलाई परिचयपत्र प्रदान गर्न लागिएको हो।
साढे २५ करोड लागतको खानेपानी योजना सुरु, १२ सय घरधुरी लाभान्वित हुने
तीन वडाका करिब एक हजार दुई सय घरधुरीमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्यसहित सल्यानको शारदा नगरपालिकामा खानेपानी आयोजना निर्माण सुरु गरिएको छ ।
सुशासन र पारदर्शितामा जोड दिँदै सेवा प्रवाह पहिलो प्राथमिकता
पर्यटन विकास कार्यालय रौतहटका कार्यालय प्रमुख बबिता जैसवालले सुशासन र पारदर्शितामा जोड दिँदै नागरिकको हकहितमा सेवा प्रवाह पहिलो प्राथमिकता रहने बताउनुभयो ।
भेरी अस्पताल घटनाबारे चिकित्सक सङ्घको स्थलगत अनुगमन
नेपाल चिकित्सक सङ्घका केन्द्रिय महासचिव डा.सन्जिव तिवारीको नेतृत्वमा आएको टोलीले नेपालगन्जस्थित भेरी अस्पतालमा पुगेर चिकित्सकमाथि भएको घटनाको स्थलगत जानकारी लिएको छ ।
गुल्मीमा आर्थिक गणना अभियान तिव्र
गुल्मीमा दोस्रो राष्ट्रिय आर्थिक गणना अभियान तिव्र रूपमा सञ्चालन भएको छ।
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई कैलाली प्रहरीले झन्डै २७ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११, ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो ।
२० घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक खण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१ मुसे खोलामा खसेको पहिरो पन्छाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बुद्ध दर्शनले शान्ति-समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभएको छ।
सहकारी सुदृढीकरणमार्फत बर्दिबासमा कृषि तथा दुध उत्पादन विस्तार
बर्दिवास नगरपालिकामा सहकारी सुदृढीकरणलाई केन्द्रमा राखी कृषि तथा पशुपालन प्रवर्धनका कार्यक्रमहरू अघि बढाइएको छ।
वेवारिसे शव पहिचानको लागि आग्रह
सवारी दुर्घटनामा मृत्यु भएका एक महिलाको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्पूर्णमा आग्रह गरेको छ ।
इस्माका वडा–वडामा एकीकृत घुम्ती शिविर
इस्मा गाउँपालिकाको वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ६ वटै वडामा शिविर सञ्चालन हुनेछ ।
लमजुङ दरबारको निर्माण कार्य अलपत्र
लमजुङ दरबारको निर्माण कार्य लामोसमयदेखि अलपत्र परेको छ ।
गुल्मी महोत्सवमा मौलिक चाँदीका गहनाको आकर्षण
गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्।
एसियाकै ठुलो म्याग्नेसाइट उद्योग २७ वर्षदेखि अलपत्र
२७ वर्षदेखि पूर्णरूपमा बन्द रहेको बलेफी गाउँपालिका–८, लामोसाँघुस्थित ओरिएन्ट म्याग्नेसाइट उद्योग पुनः सञ्चालन कहिले होला भन्ने विषयमा विभिन्न अड्कलहरू भइरहेका छन्। विगतका सरकारहरूले पनि उद्योग पुनः सञ्चालनका आश्वासन दिएका थिए भने वर्तमान सरकारले पनि पुनः सञ्चालनका लागि प्रयास भइरहेको जनाएको छ।
जीर्ण विराटनगर जुटमिल पुनः सञ्चालन चुनौतीपूर्ण
नयाँ सरकार गठनसँगै बन्द रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलसँग आश्रित पूर्व कर्मचारी र तिनका परिवारमा फेरि आशा जगाएको छ।
"सत्ता हैन, सेवामुखी शासन"
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकमा सरकार सञ्चालन, राजनीतिक संस्कारमा परिवर्तन र जनउत्तरदायित्वका विषयमा गम्भीर छलफल भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले पार्टीका नीति, व्यवहार र सङ्गठन तिनै तहमा सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ । बैठकमा सभापति रवि लामिछानेले सांसद र मन्त्रीबिच नियमित अन्तर्क्रिया प्रणाली विकास गर्नुपर्ने बताउँदै मन्त्रालयगत समन्वय अझ प्रभावकारी बनाउनेमा जोड दिनुभयो । बैठकमा सभापति लामिछानेको भनाइ उद्धृत गर्दै प्रवक्ता मनीष झाले भन्नुभयो, “सरकार परिवर्तन मात्र पर्याप्त छैन, सार्वजनिक सेवाको संस्कार परिवर्तन अनिवार्य छ ।”
चक्रपथ विस्तार : दोस्रो चरणको कार्य सम्झौता
चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अगाडि बढ्ने भएको छ । चक्रपथ विस्तार अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएसँगै निर्माणको बाटो खुलेको हो ।
सार्वजनिक सवारीमा पाँच प्रतिशत भाडा वृद्धि
अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर समायोजन भएको छ । पट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार मानेर वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा गरिएको समायोजनमा पाँच प्रतिशतले भाडा वृद्धि भएको छ ।
नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पूर्वाधार अदालतसम्बन्धी प्रतिवेदन तयार
पूर्वाधार अदालत (इन्फ्रास्ट्रक्चर कोर्ट) गठनका सम्बन्धमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यो अदालत गठनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरी प्रक्रिया थालेको हो ।
अध्यादेशबारे सरकारको प्रस्टोक्ति
सरकारले सार्वजनिक निकायको सेवा प्रभावकारी बनाउन अध्यादेश जारी गरेको जनाएको छ । बुधबार सरकारले छ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाएर दलीय राजनीतीकरण अन्त्य गर्न यी अध्यादेश जारी गरिएको बताउनुभएको छ । उहाँले सार्वजनिक निर्माणलाई तीव्रता दिन, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न तथा भूमि, मालपोत र नापीलगायतका सेवा प्रभावकारी बनाउन विभिन्न अध्यादेश मन्त्रीपरिषद्बाट २०८३ वैशाख १४ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताउनुभएको छ ।
काठमाडौँमै अठार सय रोपनी जग्गा अतिक्रमित
व्यक्तिको नाममा पुगेका काठमाडौँ महानगरभित्रका करिब १८ सय रोपनी जग्गा अझै सरकारमातहत आउन सकेको छैन । करिब ३० वर्षअघि नै विभिन्न व्यक्तिको नाममा गएका सरकारी, सार्वजनिक र गुठीको जग्गा अहिलेसम्म सरकारीकरण गर्न नसकिएको हो । तत्कालीन श्री ५ को सरकारले २०४९ सालमा गठन गरेको ‘सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ (रावल आयोग) ले सिफारिस गरेको सरकारी जग्गा अझै सरकारको नाममा आउन नसकेको हो ।
कर्मचारीलाई पाक्षिक तलब : कतै खुसी, कतै चिन्ता
सरकारले कर्मचारीको तलब पाक्षिक रूपमा प्रदान गर्न सुरु गरेको छ । यसअघि सबै कर्मचारीलाई मासिक तलब दिने गरिन्थ्यो । पाक्षिक तलब दिने सरकारी कदमले कतिपय कर्मचारीलाई राहत महसुस भएको छ भने कतिपय कर्मचारीमा छिटो पैसा खर्च हुने चिन्ता बढाएको छ ।