नागेन्द्रकुमार कर्ण
महोत्तरी, वैशाख १७ गते । सवारी दुर्घटनामा मृत्यु भएका एक महिलाको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्पूर्णमा आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जलेश्वर नगरपालिका वडानं.१ मा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट मृत्यु भएको महिलाको पहिचान हुन नसकेकोले पहिचानको लागि तस्बिर सार्वजनिक गर्दै सबैमा आग्रह गर्नुभएको छ ।
प्रवक्ता भट्टले बर्दिबास जलेश्वर सडक खण्डमा बजराहीतर्फबाट जलेश्वर तर्फ तिव्र गतिमा आँउदै गरेको ज १२ प ५५५ नम्बरको पल्सर मोटरसाइकलले तत्काल नाम थर वतन नखुलेको पैदल यात्री अ।बर्ष ५०÷५५ को जस्तो देखिने महिलालाई ठक्कर दिई गम्भीर घाईते बनाएकोमा उहाँलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।
उहाँले बुधबार रातभरि मृत महिलाको शवलाई प्रादेशिक अस्पताल जलेश्वरको इमर्जेन्सी कक्षमा राखिएको र बिहीबार बिहानै पोष्टमार्टम कक्ष पुर्याइएको जानकारी दिनुहुँदै महिलाको पहिचानको लागि सबैमा आग्रह गर्नुभयो ।
उहाँले हालसम्म सनाखत हुन नसक्दा पोष्टमार्टम लगायतका काम हुन नसकेको बताउनुहुँदै आफू शव पहिचानको कार्यमा लागेको जानकारी दिनुभयो ।
उहाँले पहिचान गर्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय महोत्तरीको ९८५४०३२४५५, ९८५४०३००९९ वा १०० नम्बरमा जानकारी गराई दिनुहुन अनुरोध गर्नुभएको छ ।
नम्बर नखुलेको टेम्पुबाट आएका महिला जलेश्वरमा ओर्लेर केही अगाडि बढेपछि एक्कासि तिव्र गतिको मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएका थिए ।