• १७ वैशाख २०८३, बिहिबार

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

blog

अविनाश चौधरी

धनगढी, वैशाख १७ गते । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई कैलाली प्रहरीले झन्डै २७ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कैलालीको गोदावरी नगरपालिका –११ ओलानीका ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो ।

उनलाई २६ वर्ष १० महिना पाँच दिनपछि सोही वडाको गौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार कामीले २०५६ असार ११ गते वारदात गरी फरार भएका थिए ।

कैलाली जिल्ला अदालतले उनलाई सात वर्ष एक महिना १४ दिन कैद सजाय सुनाएको थियो । पक्राउ परेका कामीलाई कैद भुक्तानका लागि कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।