‘प्रजनन दर घट्यो भन्दै भ्रम फैलिँदा परिवार योजनामा असर पर्ने जोखिम’
नेपालमा जनसङ्ख्यामा वृद्धि दर र प्रजनन दरमा कमी भएकोले अब चाँडै जनसङ्ख्या ऋणात्मक हुन्छ भनी गरिएको प्रचार मिथ्या भएको जानकारी गराइएको छ ।
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सिमरा, पोखरा, विराटनगर र भैरहवाको उडानमा ढिलाइ भइरहेको छ ।
विवादास्पद राजनीतिक नियुक्ति खारेज गरी योग्यलाई अवसर दिन्छौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संवैधानिक तथा कानुनी रिक्तता अन्त्य गरी जनपक्षीय काम गर्न अध्यादेश ल्याएको बताउनुभएको छ ।
पूर्वगृहमन्त्री गुरुङमाथि छिट्टै छानबिन हुन्छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन हुने बताउनुभएको छ ।
हम्पाल क्षेत्रमा कालञ्जर महायज्ञ
पर्वतको जलजला–६ र मोदी गाउँपालिका वडा ४ स्थित कालञ्जर क्षेत्र (हम्पाल)मा कालञ्जर महायज्ञ सुरु भएको छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाइमा महायज्ञ सुरु गरिएको हो ।
तीन सहायक रथीको उपरथीमा पदोन्नति
नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन
ट्राफिक प्रहरीले काठमाडौँले उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ ।
रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ ।
प्रतिकूल मौसमः गहुँ भण्डारण गर्न किसानलाई आग्रह
मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ । विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर राखेका गहुँमा क्षति हुने जोखिम उच्च रहेकाले त्यसको न्यूनीकरणका लागि गहुँको उत्पादनलाई घरमा लगेर भण्डारण गर्न आग्रह गरेको हो ।
पश्चिम नवलपरासीको विकासका लागि सांसदको साझा सङ्कल्प
पश्चिम नवलपरासीको समग्र र चौतर्फी विकासका लागि जिल्लाका सङ्घीय सांसदहरूले दलीय स्वार्थभन्दा माथि उठेर एकमत हुने सङ्कल्प गरेका छन् ।
भत्काइयो प्रशासनिक भवनको वाल
सम्झौता विपरीत इँटा प्रयोग भएको पाइएपछि हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनको वाल भत्काइएको छ ।
कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र
मुलुकमा सङ्घीय संरचना लागु भएपछि वन व्यवस्थापनलाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले सङ्घ र प्रदेश दुवै तहबाट कानुनी तथा नीतिगत व्यवस्था गरिए पनि कार्यान्वयनमा भने संरक्षण क्षेत्र अपेक्षित रूपमा सक्रिय र परिणाममुखी हुन सकेका छैनन् ।
सरकारी सेवा डिजिटल बनाउन मन्त्रालयको कदम
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीको पदबहालीपछि मन्त्रालय तथा मातहतका निकायबाट एक महिनामा भएका प्रमुख कार्यप्रगति सार्वजनिक गरेको छ ।
सलेमपुर–हीरापुर सडकः जिविसदेखि बजेट खर्च, अझै धुलाम्मे
सलेमपुर–हीरापुर सडक सर्लाहीको सबैभन्दा चर्चित र ऐतिहाँसिक सडकका रुपमा चिनिन्छ । तत्कालिन जिल्ला विकास समिति (जिविस) कायम रहँदा यो सडकका लागि बजेट ल्याएर माटो, गिट्टी हाल्ने र केही समयपछि सडक फेरि उस्तै भएर अर्को समूह बजेट माग्न जाने परिपाटी थियो ।
अधिकतम खुद्रा मूल्यबारे सरकार दृढ
सरकारले राजस्व छली रोक्न तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न भन्दै स्वदेशमा उत्पादित र आयात गरिएका सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग एमआरपी कार्यान्वयन नगर्ने व्यवसायीलाई कुनै प्रकारको छुट नहुने अडानमा छ ।
‘अभौतिक सांस्कृतिक सम्पदा विधेयक’ सम्बन्धी प्रतिवेदन पारित
नाम परिवर्तन गर्नुपर्ने अडानबाट समितिका सदस्य पछाडि हटेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८२’ सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । समितिका सदस्यले विधेयकको नाममा रहेको ‘अभौतिक’ लाई हटाएर ‘अमूर्त’ राख्न अडान राख्दै आएका थिए । गत माघ २५ गते बैठकले विधेयकसम्बन्धी प्रतिवेदन पारित गर्ने कार्यसूची राखे पनि नाममै सहमति नहुँदा विधेयकको प्रतिवेदन पारित हुन सकेन ।
संविधानविद्सँग कार्यदलले लियो सुझाव
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न औपचारिक संवाद तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले मङ्गलबार संविधान संशोधनबारे कानुनका ज्ञातासँग परामर्श गरेको हो ।
सुकुमवासीको लगत सङ्कलन धमाधम
सरकारले भूमिहीन सुकुमवासीलाई दीर्घकालीन रूपमा व्यवस्थापनका लागि विस्तृत अध्ययन र विवरण सङ्कलन गरिरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका नदी र खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गरी त्यहाँ बसोबास गरिरहेका भूमिहीन नागरिकलाई बसोबासको प्रबन्ध गर्न लगत सङ्कलन कार्य अघि बढाएको हो ।
नेपाली अर्थतन्त्र सुधारोन्मुख
अर्थतन्त्रमा वृद्धि कायम रहे पनि नेपालीको प्रतिव्यक्ति आय भने घट्ने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अर्थात् प्रतिव्यक्ति आय तीन डलरले घटेर एक हजार ५१३ डलर कायम हुने अनुमान गरेको हो । नेपाली रुपियाँमा प्रतिव्यक्ति आय करिब ४५० ले घट्ने छ । कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कमा गत वर्ष यस्तो आय एक हजार ५१६ अमेरिकी डलर हुने संशोधित अनुमान छ ।
माथिल्लो तहमा कर्मचारीको दरबन्दी धेरै तल्लोमा कम गर्न नपाइने
अबदेखि कुनै पनि निकायले माथिल्लो तहमा कर्मचारीको दरबन्दी धेरै र तल्लो तहमा दरबन्दी कम हुने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न नपाइने भएको छ । अहिले सङ्घ, प्रदेश र स्थानीय तहका कतिपय कार्यालयले माथिल्लो तहमा धेरै दरबन्दी र तल्लो तहमा कम दरबन्दी रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्दै आएका थिए । ती कार्यालयले आवश्यकता र औचित्यबिना नै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी कर्मचारी दरबन्दी थप गर्दै राज्यलाई आर्थिक व्ययभार थप्न थालेपछि सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड तयार गरी अनावश्यक दरबन्दी सिर्जनामा लगाम लगाएको हो । उक्त मापदण्ड कार्यान्वयनका लागि मन्त्रालयले सात वटै प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको छ ।
निजामती विधेयकको मसौदा : छ हजारभन्दा बढी सुझाव
निजामती सेवा विधेयकको मसौदा सार्वजनिक गरेसँगै पाँच दिनमा छ हजार तीन सयभन्दा बढी सुझाव आएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार सार्वजनिक गरेको विधेयकको मसौदामा मन्त्रालयमा राय सुझाव आउने क्रम तीव्र बन्दै गएको हो । सबैभन्दा बढी सुझावमा लोक सेवा आयोगले लिइने परीक्षामा सहभागी हुन पुरुषको उमेर हद ३५ वर्षलाई घटाएर ३२ वर्ष र महिलाको ४० वर्षलाई घटाएर ३५ वर्ष बनाइएकोमा साबिककै पुरुषको ३५ वर्ष र महिलाका लागि ४० वर्षसम्म परीक्षा दिन पाउने व्यवस्था कायम गर्नुपर्ने सुझाव आएका छन् । सचिवको पदावधि पाँच वर्षलाई घटाएर दुई वर्ष बनाइएकोमा कम्तीमा तीन वर्ष बनाउनुपर्ने, नायब सुब्बाको पदको आन्तरिक प्रतियोगिताको प्रतिशत ५० प्रतिशत बनाउनुपर्ने सुझाव धेरै आएका छन् ।
महावाणिज्यदूतावासमा भृकुटीको प्रतिमा अनावरण
ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा नेपाली राजकुमारी भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । प्रतिमाको अनावरण हालै गरिएको हो ।
भक्तपुरमा ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस’ एक्स्पो हुने
भक्तपुरमा आगामी जेठ १३ र १४ गते हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो हुनेभएको छ । गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुने एक्स्पो अन्तर्राष्ट्रिय स्तरको रहने आयोजक युथ इको नेपालले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।