रसुवागढीमा बेलिब्रिज निर्माणको तयारी
असार २४ गते बिहान ३ बजे आएको भीषण बाढीपहिरोले बगाएको नेपाल–चीन सिमानास्थित रसुवागढीको मितेरी पुलको ठाउँमा दसैँअघि नै बेलिब्रिज निर्माण गर्न छलफल भएको छ ।
काठमाडौँ महानगरको छात्रवृत्ति : परीक्षामा सोह्र हजार सहभागी हुँदै
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि सञ्चालन हुने प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी सहभागी हुने भएका छन् ।
सर्वोच्चमा एकचालिस प्रतिशत मुद्दा फर्स्योट
सर्वोच्च अदालतले ४१ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । २०८२ असार मसान्तसम्म सर्वोच्चमा अब २४ हजार मुद्दा बाँकी भएका छन् । जसमा दुई वर्ष नाघेका मुद्दा आठ हजार ९४८ थान छन् ।
एमाले सचिवालय बैठक : ७० बर्से उमेरहद हटाउने प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो ।
१८५ पालिकाको पारित भएन बजेट
चालु आर्थिक वर्ष २०८२/८३ का लागि १८५ वटा स्थानीय तहले गाउँ र नगर सभाबाट निर्दिष्ट समयभित्र बजेट पारित गर्न सकेनन् ।
वन कोषको तीन अर्ब प्रयोगविहीन
वन विकास कोषमा तीन अर्ब रुपियाँ जम्मा भए पनि त्यो रकम रुख रोप्न, हुर्काउनलगायत वन क्षेत्रको विकास तथा संवर्धनमा प्रयोग हुन सकेको छैन । सो रकम छ वर्षदेखि प्रयोगविहीन छ ।
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ ।
ताप्लेजुङमा राहदानी बनाउने घटे
ताप्लेजुङमा वैदेशिक रोजगारीमा जान राहदानी बनाउने घटेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेका हुन् ।
‘कौराहा संरक्षण पत्रकारिता पुरस्कार’ श्रीषलाई
‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार रुद्र श्रीष मगर सम्मानित हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेशका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुुकुमार थापाले सम्मानपत्र तथा नगद १५ हजारसहित सम्मान गर्नुभयो ।
यो वर्ष एक खर्ब २० अर्ब राजस्व वृद्धि
आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
मानव संरक्षणको कामना गर्दै सकियो 'असारे पर्व'
पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । त्यहाँका मगर समुदायले असारको काम सकेर असारे वा साउने संक्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जिवित छ ।
‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुनः विचार गर्छाैं’
गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुनः विचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताउनुभएको छ ।
दलित वडा सदस्यको निधन
मोरङको उर्लाबारी नगरपालिका–२ का दलितबाट महिला वडा सदस्य हेमकुमारी नेपालीको निधन भएको छ । उहाँको बिहीबार बिहान ८ बजे निधन भएको उर्लाबारी नगरपालिकाका प्रवक्ता भीष्म बुढाथोकीले जानकारी दिनुभयो ।
पाँच पालिकाले करार कर्मचारी हटाउने
कर्णालीका तीन वटा पालिकाले करारका कर्मचारी हटाउन लागेका छन् । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिकाले करारका कर्मचारी हटाउन लागेको हुन् ।
महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानित
सरकारले विभिन्न विधामा ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गर्नुभयो ।
वैदेशिक यात्रामा बाहिरियो दुई खर्ब
विदेश यात्राका लागि नेपालीले ११ महिनामा मात्रै दुई खर्ब रुपियाँ खर्चिएका छन् । शिक्षा, रोजगारी तथा घुमघाम जस्ता उद्देश्यका लागि हुने यस्तो खर्च अहिलेसम्मकै सर्वाधिक हो ।
समृद्धिका लागि वनको योगदान प्रभावकारी
वन तथा वातावरण मन्त्रालयले नीतिगत सुधारसँगै नेपाल सरकारको समृद्धिको लक्ष्यको प्रभावकारी सहायक बनेको दाबी गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले एक वर्षको अवधिको काम सम्पादनबारे बुधबार जानकारी दिँदै वन तथा वातावरण क्षेत्रको सन्तुलित र उपभोगमैत्री दायित्व पूरा गर्न सफल भएको बताउनुभयो ।
पिसिएल नर्सिङको कोटा निर्धारण
चिकित्सा शिक्षा आयोगको बुधबारको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।
खतिवडासँग समितिको सोधपुछ ‘मैले कर्मचारीलाई विश्वास गरेँ’
सङ्घीय निजामती सेवा विधेयकमा प्रतिवेदन तयारीमा भएको त्रुटिबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।
वर्षा सुरु भएसँगै गुल्मीका बासिन्दा त्रासले निदाउन सक्दैनन्
बर्सात सुरु भएसँगै बडीगाडखोला किनारका स्थानीय ढुक्कले निदाउन छोडेका छन् । २०७३ सालमा बडीगाडखोलाले सत्यवती गाउँपालिका–६, उल्लीखोलाकी पवित्रा भुसालको घरगोठसहित खेत बगायो । सात वर्ष छिमेकमा छाप्रोकै बास भयो ।
रहनुभएन किसुनजीको चिया अड्डाकी ‘लक्ष्मी दिदी’
पञ्चायतकालको उत्तरार्धदेखि सक्रिय राजनीतिक जीवनमा रहँदासम्म पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो, बानेश्वरस्थित लक्ष्मी दिदीको चिया पसल ।
उठ्न सक्छ वार्षिक चालिस अर्ब
मकवानपुरका गोपाल शर्मा निरन्तर मधुमेह (सुगर) को औषधी सेवन गर्नुहुन्छ । यसबाहेक उहाँले कोलेस्ट्रोलको औषधी सेवन गरिरहनुभएको छ । सुगर मात्र होइन, उहाँलाई प्रोस्टेट रोग पनि छ । यी औषधी सेवन गर्नका लागि तीन हजार रुपियाँ मासिक लाग्ने गर्दथ्यो । शर्माले स्वास्थ्य बिमा गराउँदा उहाँले सेवन गर्ने औषधी निःशुल्क रूपमा पाइरहनुभएको छ । शर्माले यसअघि वीर अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गर्दा पनि निःशुल्क भएको थियो ।
अझै चल्दै छन् देशभर चौध अवैध तुइन
अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । १० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने
भूमिहीनलाई लालपुर्जा वितरण
सप्तरीको बोदेबर्साइन नगरपालिका ४ मा बुधबार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको छ । वडानम्बर ४ का गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।