• १६ वैशाख २०८३, बुधबार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

blog

काठमाडौँमा बुधबार साँझ हावाहुरीसहितको वर्षा । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाडौँ उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको हो। तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, वैशाख १६ गते । प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको छ ।

काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सिमरा, पोखरा, विराटनगर र भैरहवाको उडानमा ढिलाइ भइरहेको छ । 

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण अन्तरराष्ट्रिय क्षेत्रबाट आएका केही जहाज पनि अहिले आकाशमा होल्डमा छन् । मौसममा सुधार आएसँगै आन्तरिकतर्फका सबै उडान पुनः सुरु हुने कार्यालयले जनाएको छ ।