आन्दोलन बढाउँदै नर्सिङ सङ्घ
आन्दोलनरत नर्सले बुधबार दुई घण्टा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । देशभरका नर्स पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत छन् । माग सम्बोधन नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूले बताएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले गोरखापत्रसँगको कुराकानीमा नर्सको आन्दोलन एक/दुई दिनभित्र समाधान भइसक्ने जानकारी गराउनुभयो । “सम्भवतः बिहीबारसम्ममा निष्कर्षमा पुग्न सकिन्छ,” मन्त्री शर्माले भन्नुभयो, “सबै पक्षको छलफलपछि एउटा विन्दुमा पुगिसकेका छौँ ।”
हिमाली भेगमा अलपत्र दुई हजार पर्यटकको उद्धार
वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । पदयात्राको मुख्य सिजनमै भएको भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा अलपत्र परेका स्थानीय, आन्तरिक र बाह्य पर्यटक गरी बुधबारसम्म एक हजार पाँच सय जना स्थानीय र आन्तरिक पर्यटक तथा दुई सयभन्दा बढी विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको हो । हिउँमा फसेका केही पर्यटकको उद्धार जारी छ ।
नेपाल–भारतबिच प्रसारण लाइन सम्झौता
अन्तरदेशीय विद्युत् व्यापारलाई अझै सघन बनाउने उद्देश्यसहित निर्माण प्रस्ताव गरिएका इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न कम्पनी स्थापना र स्वपुँजी लगानी गर्न नेपाल र भारतबिच सम्झौता भएको छ ।
भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार छु : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार गरेको भेटिए आफ्नै बुवालाई पनि खोरमा थुन्न तयार रहेको बताउनुभएको छ ।
पर्न थाल्यो ‘मोन्था’को असर
बङ्गालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात ‘मोन्था’ को असर नेपालमा पर्न थालेको छ । अरेबियन सागरमा उत्पन्न यस चक्रवातले नेपालको हिमालमा कात्तिक महिनामै हिमपात गराएर असर पर्न सुरु भएको हो । मोन्था चक्रवात विगतमा उत्पन्न अन्य चक्रवातभन्दा बढी शक्तिशाली रहेकाले यसको असर अबका तीन दिन (शनिबारसम्म) नेपालमा पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
‘भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामा सरकार अगाडि बढ्नुपर्छ’
जेनजी प्रतिनिधिले चुनावसँगै सरकार भ्रष्टाचारविरुद्धको कारबाही र सुशासनका एजेन्डामासँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभा विघटन रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
‘अनलाइन टिभीलाई मूलधारको मिडियाको रूपमा स्थापित गर्नु पर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आज मन्त्रालयमा अनलाइन टिटी पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ।
बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको छलफल
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा त्रिपक्षीय छलफल सुरु भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दल, सरकार र जेनजी समूहका प्रतिनिधि सहभागी छन्।
राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने
सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।
प्यारामेडिक्सहरूले भने ‘श्रमको मूल्य देऊ’
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासनले आलटाल गरेको छ ।
सरकार र राजनीतिक दलसँगको वार्तामा सहभागी हुने जेनजी प्रतिनिधिको नाम सार्वजनिक
सरकार र रजनीतिक दलसँग वार्ता गर्र्ने जेनजीका १३ प्रतिनिधिको नाम सार्वजनिक भएको छ।
पैसाको जोहो नहुँदा मार्कसिट निस्केन
सानैदेखि पढाइमा रूचि राख्दै आउनुभएकी जिल्लाको तिरहुत गाउँपालिका –५ लोहजाराकी १८ वर्षिया अनुसाकुमारी सदा ८ हजार रूपियाँ तिर्न नसकेर कक्षा १२ उत्तीर्ण गरेको लाव्धाङ्कपत्र निकाल्न सक्नुभएको छैन । त्यसको अभावमा उहाँको उच्च शिक्षाको बाटो रोकिएको छ ।
ट्राफिक आइल्याण्डको पुनः निर्माण
जेनजी आन्दोलनको क्रममा तोडफोड भएको बालाजु चोकस्थित ‘ट्राफिक आइल्याण्ड’ पुन निर्माण गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा उक्त आइल्याण्डमा राखिएको छाता, गमला र घेरबार तोडफोड भएको थियो ।
पन्ध्र सय पर्यटकको उद्धार : हिडन भ्यालीमा १२ जनाको उद्धार हुँदै
मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ ।
मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री खट्टरबिच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबिच भेटवार्ता भएको छ ।
त्रिपक्षीय छलफल : दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।
महासचिव पोखरेलद्वारा तुलसीपुरको क्षतिग्रस्त संरचनाको अवलोकन
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गृह जिल्ला दाङमा भएको क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ।
एक सय बोरा केराउ बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले १०५ बोरा केराउ (मटर) सहित विभिन्न अवैध सामानहरू बरामद गरेको जनाएको छ ।
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् ।
सबै सार्वजनिक संस्थानलाई कम्पनी बनाइने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने भएको छ । विभिन्न ऐनमार्फत सञ्चालन हुँदै आएका ती संस्थानलाई कम्पनीसम्बन्धी एउटै ऐनमार्फत सीमित दायित्वका कम्पनीमा परिणत गर्ने नीति सरकारले अख्तियार गरेको हो । सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ जारी गर्दै सरकारले सञ्चालनमा रहेका सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गर्ने नीति लिएको हो ।
रिक्त पदको पूर्ति गर्न विवरण माग
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले चालु आर्थिक वर्ष २०८२/८३ का लागि निजामती सेवाको रिक्त पद पूर्ति गर्न रिक्त पदको विवरण खुल्ने गरी कात्तिक १६ गतेभित्र मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सरकार, दल र जेनजीबिच आज संवाद
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।
कात्तिके वर्षा र हिमपात : हजारौँ पर्यटक प्रभावित
वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको