ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
इलाम नगरपालिका –८ को वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा दिन थालेपछि यहाँका ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।
प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा : ९३ लाखभन्दा बढी बिगो दाबी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पायोनिअर बन्यो गण्डकीकै उत्कृष्ट
स्याङ्जाको वालिङमा रहेको पायोनिअर एजुकेसन एकेडेमीले मावि गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको छ । प्राविधिक शिक्षा अन्तर्गतको हेल्थ असिस्टेन्टमा विद्यालय गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको हो ।
अनलाइन जुवा खेल्ने १० जना पक्राउ
धरान उपमहानगरपालिकाबाट अनलाइन जुवा खेल्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मालिकाबाट करदातासम्बन्धी सेवा विस्तार
गुल्मीको मालिका गाउँपालिकाको कार्यालयबाट करदातासम्बन्धी सेवा विस्तारको कार्य सुरुवात भएको छ । मालिका गाउँपालिका उपप्रमुख उपेन्द्र अर्याल र प्रमुख प्रशासकिय अधिकृत विवेक खनालले सेवा शुभारम्भ गर्नुभयो ।
बजेट आकार बढाउने अवस्था छैन : अर्थ सहसचिव पाण्डेय
अर्थ मन्त्रालयका सहसचिव टङ्कप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित
साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
बाँकेको कोहलपुर नगरपालिकाले वडावासीका लागि विभिन्न रोगको पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
सरकारको एक महिनामा सुशासनको प्रत्याभूति
सरकारले शासकीय सुधार, जनमुखी र जवाफदेही राज्य प्रणाली बनाउने सङ्कल्पसाथ देशको समग्र रूपान्तरणको मार्गचित्र बनाएर कार्य आरम्भ गरेको छ । सरकार गठनको एक महिनामा सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गरी कार्यान्वयन अघि बढाएको हो । प्रधानमन्त्री वालेन्द्र शाहले कार्यभार समालेपछि २०८२ चैत १३ गते बसेको मन्त्रीपरिषद् बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा समग्र आर्थिक विकास र प्रशासनिक सुधारका लागि शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची पनि स्वीकृत गरेको हो । यससँगै सरकारले शासकीय सुधार, सुशासन, भ्रष्टाचार न्यूनीकरणसहितका दूरगामी अवधारणा कार्यान्वयन प्रक्रिया अघि बढाएको छ ।
‘बजेट बढाऔँ तर गुणस्तरमा खर्च गरौँ’
विभिन्न दलका सांसद तथा यस क्षेत्रका जानकारले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग गुणस्तर वृद्धिमा हुनुपर्ने बताउनुभएको छ । शिक्षामा कुल बजेटको २० प्रतिशत लगानीका विषयमा छलफल गर्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो । कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने तर त्यसको सदुपयोग शिक्षाको गुणस्तर वृद्धिमा हुनुपर्ने बताउनुभयो ।
नक्कली नोट देखाएर सक्कली ठगी !
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनौठो शैलीमा ठगी गर्ने एक गिरोहका छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेले ‘सक्कली नोट साटेर दोब्बर रकम दिने’ प्रलोभन देखाई ग्राहकलाई नक्कली नोटमा फसाउने र अन्त्यमा कागजको बिटो थमाएर ठगी गर्ने गरेको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पक्राउ पर्नेहरू उदयपुर, बारा, चितवन र रौतहट घर भएका छन् ।
नीतिगत सुधारमार्फत रूपान्तरणको प्रतिबद्धता
लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा विगतमा राज्य बजार सम्बन्धको विशेषता बन्दा अर्थतन्त्र पहुँचवालाको नियन्त्रणमा पुगेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ ले सक्षम उद्यमी र नयाँ प्रवेशकर्तालाई निरुत्साहित गरेर अर्थतन्त्र पहुँचमा आधारित संचरनातर्फ उन्मुख गराएको उल्लेख गरेको छ ।
क्रिकेट मैदान नभत्किने
सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र नेपाल क्रिकेट सङ्घबिच भाडा सम्झौता छिट्टै हुने प्रस्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि र क्यानबिच सम्झौताको म्याद सकिएकाले पुनः सम्झौता गर्न लागेको बताउनुभयो ।
सुकुम्वासीसँगै पशुपन्छीको उद्धार
बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिका बेला मानिस आफ्नो ज्यान जोगाउन व्यस्त हुँदा घरपालुवा पशुपन्छी बेवारिसे बन्ने समस्या नेपाली समाजमा लामो समयदेखि देखिँदै आएको छ । यस्ता सङ्कटका घडीमा पशुपन्छीको सुरक्षा, संरक्षण र व्यवस्थापन प्रायः ओझेलमा पर्ने गरेको यथार्थ नयाँ होइन । तर पछिल्लो समय काठमाडौँ उपत्यकाभित्रका खोला किनारमा अतिक्रमण गरी बसेका सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले मानवीय पक्षसँगै पशुपन्छी व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । विपत् तथा बस्ती स्थानान्तरण सन्दर्भमा पशु कल्याणप्रति सरकारी दृष्टिकोणमा क्रमशः सुधार हुँदै गएको सङ्केत गरेको छ ।
मङ्गलबार चार प्रदेशमा वर्षा हुने पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
भूमि मन्त्रालयका कार्यक्रम होटेल र रिसोर्टमा गर्न रोक
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्च कटौती र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका सबै निकायलाई नयाँ निर्देशन जारी गरेको छ ।
कुपोषण पहिचानका लागि राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन
सरकारले देशैभर “राष्ट्रिय पोषण लेखाजोखा अभियान” सञ्चालन हुने भएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन जबजको मार्गदर्शनमा सशक्त ढङ्गले अघि बढेको छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरू जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढेको बताउनुभएको छ ।
संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताउनुभएको छ ।
नेवाः पत्रकारद्वारा नेवाः देय् दबूका पदाधिकारीलाई स्वागत
नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नदी किनारामा रहेका सुकुमवासी बस्ती हटाउने क्रम जारी
काठमाडौँ उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम जारी रहेको छ ।
बेवारिसे व्यक्ति मानवसेवा आश्रममा
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५, लोमन्थाङ बजारको सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भेटिएका एक पुरूषको उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाइएको छ ।
कृषि आधुनिकीकरण कार्यक्रममार्फत चैते धान प्रवर्धन
पश्चिम नवलपरासीमा चैते धान खेती विस्तार हुँदै गएको छ ।
नेपालगन्जमा सडक खाना महोत्सव सफल, ३५ हजारले गरे अवलोकन
पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको सडक खाना महोत्सव अत्यधिक सफल भएको आयोजकले जनाएका छन् ।