शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १५ गते । गुल्मीको मालिका गाउँपालिकाको कार्यालयबाट करदातासम्बन्धी सेवा विस्तारको कार्य सुरुवात भएको छ । मालिका गाउँपालिका उपप्रमुख उपेन्द्र अर्याल र प्रमुख प्रशासकिय अधिकृत विवेक खनालले सेवा शुभारम्भ गर्नुभयो ।
मालिका गाउँपालिका–७ घमिरका रोमबहादुर लम्साललाई व्यावसायिक फर्मको पान नम्वर प्रदान गर्दै करदाता सेवासम्बन्धी सेवा विस्तारको कार्यको सुरुवात भएको हो । सेवा विस्तार भएसँगै व्यक्तिगत प्यान, व्यावसायिक प्यान र मुल्य अभिवृद्धि करको दर्ता प्रमाणपत्र पालिकाबाटै उपलब्ध हुने छ ।
त्यस्तै, व्यावसायिकहरूको अन्तशुल्क इजाजतपत्र उपलब्ध गराउने, करचुक्ताको प्रमाणपत्र उपलब्ध गराउने लगायतका सेवाहरु पालिकाबाट उपलब्ध हुने मालिका गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिनुभयो ।