मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री खट्टरबिच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबिच भेटवार्ता भएको छ ।
त्रिपक्षीय छलफल : दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।
महासचिव पोखरेलद्वारा तुलसीपुरको क्षतिग्रस्त संरचनाको अवलोकन
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गृह जिल्ला दाङमा भएको क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ।
एक सय बोरा केराउ बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले १०५ बोरा केराउ (मटर) सहित विभिन्न अवैध सामानहरू बरामद गरेको जनाएको छ ।
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् ।
सबै सार्वजनिक संस्थानलाई कम्पनी बनाइने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने भएको छ । विभिन्न ऐनमार्फत सञ्चालन हुँदै आएका ती संस्थानलाई कम्पनीसम्बन्धी एउटै ऐनमार्फत सीमित दायित्वका कम्पनीमा परिणत गर्ने नीति सरकारले अख्तियार गरेको हो । सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ जारी गर्दै सरकारले सञ्चालनमा रहेका सबै सार्वजनिक संस्थानलाई क्रमशः कम्पनीमा परिणत गर्ने नीति लिएको हो ।
रिक्त पदको पूर्ति गर्न विवरण माग
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले चालु आर्थिक वर्ष २०८२/८३ का लागि निजामती सेवाको रिक्त पद पूर्ति गर्न रिक्त पदको विवरण खुल्ने गरी कात्तिक १६ गतेभित्र मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
सरकार, दल र जेनजीबिच आज संवाद
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।
कात्तिके वर्षा र हिमपात : हजारौँ पर्यटक प्रभावित
वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौँ पर्यटक प्रभावित भएका छन् । वर्षा र हिमपातले पदमार्ग र सडक दुवै अवरुद्ध हुँदा पर्यटक प्रभावित भएका हुन् । पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन । हिमपातले स्थलमार्ग अवरुद्ध हुँदा उपल्लो मनाङबाट ७५० जना आन्तरिक, बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ । साथै सोलुखुम्बुको
सवा अर्ब क्षतिको विवरण लिएर प्रहरीमा पुग्यो सर्वोच्च
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीमा झन्डै सवा अर्ब क्षति पुगेको विवरणसहित सर्वोच्च अदालत प्रशासनले अनुसन्धानको आग्रहसहित प्रहरीमा उजुरी दिएको छ ।
मौसमी फ्लुका बिरामी बढे
अस्पतालहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताललगायतका अस्पतालमा रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर पुग्नेको सङ्ख्या बढ्दो छ ।
क्यालेन्डर कार्यान्वयनको दबाबमा त्रिवि
त्रिभुवन विश्वविद्यालयले यसअघि जारी गरेको विभिन्न अध्ययन संस्थान तथा सङ्कायका स्नातक र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०८२ को वार्षिक शैक्षिक पात्रो सार्वजनिक गरेको छ । त्रिवि कार्यकारी परिषद्ले स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको उक्त पात्रो हालै सार्वजनिक गरिएको हो । जेनजी समूहको आन्दोलनका कारण यसअघि सार्वजनिक भएको शैक्षिक पात्रो नै भताभुङ्ग भएपछि त्रिवि दबाबमा परेको छ ।
घाइतेलाई दुखाइ सहनै सकस
जेनजी आन्दोलनका क्रममा घाइते भएका १० जनाको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको पटक पटक शल्यक्रिया भइसकेको छ । घाइतेको दुखाइ सहन सक्ने अवस्था छैन ।
सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफलको तयारी
निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
जरुरी नभएसम्म यात्रा नगर्न अनुरोध, कहिले खुल्छ मौसम ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
नेपालको ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ।
हिउँको घुम्टोमा मुक्तिनाथ मन्दिर
हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा बिहानैदेखि बाक्लाे हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगेका तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।
सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने
सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो ।
कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह
मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नर्सको आन्दोलन देशव्यापी फैलिदै
श्रमशोषण भएको भन्दै पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजबाट सुरु भएको नर्सको आन्दोलन देशव्यापी रूपमा फैलिइसकेको छ । आन्दोलन फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई नर्सका माग सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएलगत्तै सचिव डा. देवकोटाले कार्यदल गठन गरेर नर्सका माग सम्बोधन गर्ने बताउनुभएको छ तर आन्दोलन एकपछि अर्को अस्पताल हुँदै देशव्यापी फैलिइसकेको छ ।
मुस्ताङमा बिहानैदेखि हिमपात, पर्यटकलाई सुरक्षित रहन अपिल
मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका आंशिक हिमपात भएको छ ।
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न (फोटो फिचर)
दाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यका र तराई–मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
उद्योग बन्द, मजदुर कामविहीन
तिहारको भोलिपल्ट देशभर घर घरमा उज्यालो थियो । रुपन्देहीका उद्योगमा भने अन्धकार छायो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि विद्युत् काटेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० वटा उद्योग बन्द भएका छन् ।
उदाउँदो सूर्यलाई अर्घ दिइयो
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।