उदाउँदो सूर्यलाई अर्घ दिइयो
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।
जाँचबुझ आयोग स्थलगत अनुगमनमा
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तथ्य सङ्कलनका लागि स्थलगत अनुगमन सुरु गरेको छ । आयोग पदाधिकारीको नेतृत्वमा उपत्यकाबाहिरबाट घटनास्थल अनुगमन र तथ्य सङ्कलन थालेको हो । कोशी प्रदेशका तीन जिल्लाको अनुगमन सकेपछि आयोगका पदाधिकारी सोमबार बागमती र गण्डकी प्रदेश गएका छन् । यसअघि आयोग सदस्य विज्ञानराज शर्मा नेतृत्वको टोलीले कोशीका झापा, मोरङ र सुनसरीमा अनुगमन गरेको थियो ।
प्रवासी नेपालीलाई मताधिकार दिने तयारी
सरकारले विदेशमा रहेका नेपाली नागरिकको मतदान व्यवस्था सुनिश्चित गर्न कानुनी अवरोध हटाउने गृहकार्य सुरु गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको मतदान व्यवस्था गर्न चार वटा ऐन संशोधन गर्नुपर्ने छ । ऐन संशोधनका लागि गृह मन्त्रालयले मसौदा तयार गरिसकेको छ । निर्वाचनसम्बन्धी विद्यमान कानुनले विदेशमा रहेका नेपाली नागरिकको मतदान परिकल्पना नगरेकाले ऐन संशोधन गर्नुपर्ने छ ।
निर्वाचन सुरक्षा तयारी तीव्र
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था र पूर्वतयारीका लागि सरकारले तीव्रता बढाएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि गठिन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभा विघटन सिफारिस गर्दै निर्वाचन घोषणा गरेको थियो । जेनजी आन्दोलनक्रममा अकल्पनीय जनधनको क्षतिसँगै सुरक्षा निकायमा पुगेको अपुरणीय क्षतिपछि उत्पन्न परिस्थिति सामान्यीकरण गर्दै सरकारले आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्धसहित पूर्वतयारीका लागि तीव्रता बढाएको हो ।
असहज अवस्थामा पनि सेवा सहज प्रदान गर्दै स्थानीय तह
जेनजी आन्दोलनका नाममा गत भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीले कतिपय स्थानीय तहका प्रशासनिक भवनमा पूर्ण रूपमा क्षति पुगेपछि अहिले ती स्थानीय तहले चकटी र रुखको फेदमै बसेर भए पनि सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएका छन् ।
गृहमन्त्री अर्यालद्वारा जनकपुरधामको छठ अवलोकन
अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको विषयमा जानकारी लिन सोमबार जनकपुरधाम आउनुभएका नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जनकपुरधामको छठ पूजामा सहभागी हुनुभएको छ ।
खेतान फाउन्डेसनको ५ अर्ब सहयोग
सहिदहरूको भूमिको रूपमा चिनिने धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले ५ अर्ब बराबरको सहयोग गर्नेभएको छ ।
तिहारमा ३० जुवाडे पक्राउ, १७ लाख बरामद
बाँकेमा तिहार अवधिभर जुवा खेलिरहेका ३० जना जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा
प्रधानमन्त्री सुशीला कार्की कमल पोखरीमा पुगेर छठ पूजा गर्नुभएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा पुगेर छठ पूजामा सहभागी हुनुभएको हो।
फरार दुई अभियुक्त पक्राउ
एक वर्षअघि सजाए पाए पनि फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पशुपक्षी कसुर गरेका र बैँकिङ कसुर गरेका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
छठ पर्व : अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (फोटो फिचर)
छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ ।
रास्वपा दार्चुलाको सभापतिमा सामन्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेशसिंह सामन्त र उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन हुनुभएको छ । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा चयन गरिएको हो ।
सोमबार रातिदेखि हिमपात र वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन ऊर्जामन्त्री घिसिङ भारत प्रस्थान
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गर्नुभएको छ।
छठ पूजाका लागि राष्ट्रपति पौडेल गौरीघाटमा
राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गर्नुभएको छ । सोमबार दिउँसो काठमाडौँ गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उहाँ छठ पूजामा सहभागी हुनुभएको हो ।
निर्वाचन भाँड्ने प्रयास नगर्न स्वास्थ्यमन्त्री गौतमको आग्रह
नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
माटोको पहाड खोपेर बनाइएको ‘जोङ्ग’गुफा (फोटो फिचर)
भुइँसहित ६ तला रहेको गुफामा तलैपिच्छे भर्याङ चढ्दै जाने पर्यटकलाई आकर्षक तर अनौठो गुफाले मोहित बनाउँछ । समुन्द्री सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित गुफाभित्र एउटाबाट अर्को कोठासम्म पुग्न मिल्ने ५० कोठामा प्रत्यक्ष अवलोकन गर्न मिल्छ भने तत्कालीन समयमा कुल एक सय ८ कोठा बनाइएको थियो ।
तेस्रो पटक मन्त्रीपरिषद् विस्तार
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र युवा तथा खेलकुदमन्त्री आइतबार नियुक्त गर्नुभएको हो ।
निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गर्नुभएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले दुवै पक्षलाई बोलायो
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ । निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि अदालतले दुवै पक्षलाई कात्तिक १४ गते उपस्थित हुन आदेश गरेको हो ।
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रभावकारी बन्दै ‘प्यालिएटिभ केयर’
क्यान्सर बिरामीका लागि ‘प्यालिएटिभ केयर’ उपचार (अन्तिम चरणको उपचारमा रहेकालाई सान्त्वनासहितको सेवा) प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको भक्तपुर क्यान्सर अस्पतालमा स्थापना भएको ‘प्यालिएटिभ केयर’ बाट धेरै क्यान्सरका बिरामीले ‘प्यालिएटिभ केयर’ सेवा पाइरहेका छन् ।
सुरुङमार्गको ठेकेदारबाट हर्जना दाबी
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण गर्ने ठेकेदार कम्पनीले क्षतिपूर्तिस्वरूप सवा तीन अर्ब रुपियाँको माग दाबी गरेको छ । सम्झौता अनुसारको डिजाइनमा फरक परेकाले बढी काम गर्नुपर्दा, विभिन्न माग राख्दै स्थानीयले गरेका पटक पटक अवरोधले काम रोक्नुपर्दा सयौँ कामदार र उपकरण बेरोजगार बसेको तथा डलरको मूल्य बढेको कारण देखाउँदै निर्माण कम्पनीले सो क्षतिपूर्ति माग गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।
प्रभावकारी बन्यो गुनासो केन्द्र
धनुषाको धनुषाधाम नगरपालिकाका स्थानीयले स्थानीय तहको न्यायिक समितिले गरेको निर्णयविरुद्ध अदालत गएका र अदालतले गरेको फैसला स्थानीय तहले कार्यान्वयन नगरेको गुनासो गत असोजमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्रमा आयो । मन्त्रालयमा आएको उक्त गुनासोलाई मन्त्रालयले तत्काल सम्बन्धित स्थानीय तहलाई सम्पर्क गरी अदालतको फैसला कार्यान्वयन गरायो ।