धरानमा कांग्रेसको जरा अभियान सुरु
नेपाली कांग्रेसले देशव्यापी रूपमा सुरु गरेको जरा अभियान सुनसरी क्षेत्र नं.१ मा सुरु भएको छ ।
बारपाकको हुडिफाँटमा आधारभुत अस्पताल निर्माण
गोरखाको बारपाक सुलिकोट गाउँपालिक–४, हुडिफाँटमा निर्माधिन १५ शय्याको आधारभुत अस्पताल निर्माणको काम सम्पन्न भएको छ ।
मनोहराको सुकुम्बासी बस्ती भत्काइयो (फोटो फिचर)
मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी बस्तीमा कारबाही गरेको हो ।
प्रमुख नियुक्ति खुला प्रतिस्पर्धाबाट
सरकारले हवाईक्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवाप्रदायक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ (१) अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट महानिर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।
अपाङ्गतासम्बन्धी कानुन संशोधन तयारी : प्रदेश र स्थानीय तहलाई जिम्मेवारी
सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न प्रदेशलाई जिम्मेवार बनाउने गरी कानुनमा संशोधनको तयारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा सरकारले संशोधन गर्न लागेको हो । अशक्तताको वर्गीकरण अब ऐनमै उल्लेख हुने गरी संशोधन प्रस्ताव गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ऐनको संशोधन मसौदामा राय माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को संशोधन मसौदामा मन्त्रालयले वैशाख ६ गतेसम्म राय सङ्कलन गरेको हो ।
धूमपान नियन्त्रणमा स्वयंसेवक मोडेल
सार्वजनिक स्थलमा धूमपान नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले नयाँ रणनीति अगाडि सारेको छ । काठमाडौँ, महानगरपालिकाले यसअघि पनि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपियाँ जरिबाना गर्ने गरेको थियो । काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबिच भएको सहकार्य अन्तर्गत धूमपान नियन्त्रण गर्ने योजना अघि बढाइएको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलले धूमपान नियन्त्रणका लागि नेपाल प्रहरीसँग सहकार्य गरेर कानुन कार्यान्वयनलाई व्यावहारिक र प्रभावकारी बनाउने जानकारी दिनुभयो । डङ्गोलले धूमपान नियन्त्रणलाई केवल कारबाहीको विषयका रूपमा मात्र नभई जनस्वास्थ्यको मुद्दाका रूपमा लिनुपर्ने बताउनुभयो ।
पढाइ सुरु हुनै लाग्यो, तोकिएन शुल्क
स्कुले विद्यार्थीको पढाइ सुरु हुन लागे पनि धेरै स्थानीय तहले निजी तथा संस्थागत विद्यालयले विद्यार्थीबाट लिन पाउने शुल्क तोकेका छैनन् । यसै शैक्षिक सत्रदेखि विद्यालय तहको पढाइमा सुशासन कायम गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायले स्थानीय तहमा र विद्यालयको नाममा फरक फरक निर्देशन जारी गरिरहेका छन् । तर पनि अभिभावक र विद्यार्थीको समस्या उस्तै छन् ।
सहरी गरिबका लागि निर्मित भवन जीर्ण
मुख्य गरी काठमाडौँको बागमतीलगायतका नदीकिनारमा बसोबास गरेका सुकुमवासी तथा मुलुकको सहरी गरिबको बसोबासका लागि भनी निर्माण गरिएको राजधानीको इचङ्गुनारायणस्थित सार्वजनिक भवन (अपार्टमेन्ट) सञ्चालन कसरी गर्ने भन्ने विषयमा अन्योल यथावत् छ । बागमतीलगायतका नदी तथा खोलाकिनारका सुकुमवासी बस्ती शनिबार खाली गराएसँगै यो भवन पुनः चर्चामा आएको छ ।
तस्बिर आफैँ बोल्थ्यो, अहिले बोल्दैन
पत्रकारिताको मर्म अभिव्यक्त गर्ने ‘एउटा तस्बिरले हजार शब्द बोल्छ’ भन्ने मान्यता छ । त्यही मान्यता शिरोपर गर्दै गोरखापत्रमा ९९ वर्षअघि आजकै दिन गोरखापत्र दैनिकमा आममहिलाको तस्बिर छापिएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष आज (वैशाख १३ गते) कै दिन राष्ट्रिय फोटो पत्रकारिता दिवस नेपालमा मनाइँदै छ । विक्रम संवत् १९८४ वैशाख १३ गते वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठिनीको तस्बिर गोरखापत्रमा पहिलो आममहिलाका रूपमा छापिएको थियो । कामधेनु चर्खामा धागो कातिरहेको उक्त तस्बिरै नेपाली पत्रकारिताको इतिहासमा पहिलो मानक तस्बिर मानिएको छ । त्यसअघि विसं १९५८ वैशाख २४ गते पहिलो पटक गोरखापत्र प्रकाशन भएको थियो । त्यसको करिब २६ वर्षपछि मात्र आमनागरिकको जीवन झल्कने अर्थपूर्ण तस्बिर छापिएको इतिहासका रूपमा वैशाख १३ गतेलाई स्मरण गरिएको छ ।
काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा
मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।
गीताको मृत्यु प्रकरण : मेडिकल काउन्सिलले गर्यो डा.रूपाखेतीलाई निलम्बन, दुई स्वास्थ्य क्लिनिक बन्द
गभर्वती मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले डा.सतिशकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको छ ।
उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य जारी
सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ ।
चट्याङ लागेर एकको मृत्यु
जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
औषधी बजारलाई व्यवस्थित बनाउन आवश्यक
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले औषधी बजारलाई व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
कानुन व्यवसायीमाथि हातपात
नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् ।
ढल्केबरमा ५३ वर्षदेखि अतिक्रमित सडकका संरचना हटाइयो
धनुषाको मिथिला नगरपालिका-६, ढल्केबर चोकस्थित करिब ५३ वर्षदेखि अतिक्रमणमा परेको सार्वजनिक सडक अन्ततः खाली गराइएको छ ।
गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल गरिने
गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल गरिने भएको छ।
दुई हजार नौ सय तीन जना ट्राफिक कारबाहीमा
बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।
असन–मरुमा भूकम्पका भग्नावशेषः एक दशकपछि पनि अधुरो (फोटो फिचर)
२०७२ साल वैशाख १२ गते, त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो। विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो। तर १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा समय अझै त्यही दिनमा रोकिएको जस्तो लाग्छ। काठमाडौंको असन–मरु क्षेत्र यस्तै एउटा उदाहरण हो।
भूकम्पको एक दशकः भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक पटक झस्काउँछ ।
सुकुम्बासी बस्तीबाट सामान सार्न प्रहरीको सहयोग (फोटो फिचर)
काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने क्रममा नेपाल प्रहरीले बासिन्दालाई सरसामान सार्न सहयोग गरेको छ ।
थापाथली सुकुम्बासी बस्तीमा चल्यो डोजर
काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा शनिबार बिहान डोजर चलाइएको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्तीहरू हटाउने क्रममा डोजर प्रयोग गरिएको हो ।
तिनकुने बागमती किनारका सुकुम्बासी बस्ती खाली गर्दै
काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती किनारामा रहेका सुकुम्बासीले आज (शनिबार) आफ्नो सरसामान सार्न थालेको छ ।
भूकम्प जोखिम न्यूनीकरणका उपाय आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।