दुर्गम क्षेत्रमा सञ्चार पहुँच पुर्याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध
हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउन पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ ।
प्रियासनको उपन्यास ‘कालो मन’ सार्वजनिक
पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२ औं कृति ‘कालो मन’ उपन्यास सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
ट्रान्सफर्मर चोरी गरेको अभियोगमा दुईजना पक्राउ
ताप्लेजुङमा विद्युतीय ट्रान्सफर्मर चोरी गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवाका ३३ वर्षीय फुपुनाम्गे शेर्पा र फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय आइतबहादुर लिम्बू रहेका छन् ।
स्वास्थ्य केन्द्रलाई कम्प्युटर हस्तान्तरण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले गलकोट नगरपालिका–११, रिघाको सहरी स्वास्थ्य केन्द्रलाई व्यक्तिगत खर्चमा कम्प्युटर र प्रिन्टर प्रदान गर्नुभएको छ ।
लेक लागेर तीन जनाको मृत्यु
हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो।
अलैँचीको मूल्य वर्षकै उच्च
ताप्लेजुङमा आइतबार यसवर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यसवर्ष हालसम्मकै उच्च मूल्य हो ।
राष्ट्रपतिबाट स्वास्थ्य र खेलकुद मन्त्रीले लिनुभयो शपथ
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गर्नुभएको हो ।
मन्त्रिपरिषद् विस्तार हुँदै, आजै शपथ
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् ।
छठसँगै खुसी आउँछ डोम समुदायमा
मधेशमा अति विपन्न र अल्पसङ्ख्यक जातिको सूचीमा पर्छन् । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन ।
तराई–मधेशमा छठ पर्वको रौनकः आस्था, निष्ठा र उत्साहको संगम
तिबेला तराई–मधेश क्षेत्र आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ ।
मुस्ताङ यात्राको आकर्षण रुप्से झरना (फोटो फिचर)
मुस्ताङ जाने सडक छेउमा पर्ने रुप्से झरना अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तिहारपछि दैनिक रुपमा करिब पाँच हजारभन्दा धेरै पर्यटकले रुप्से झरनाको अवलोकन गर्ने गरेका छन् ।
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडक थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ ।
निरन्तर छलफलमा प्रधानमन्त्री, संवादबाटै निकास खोजौँ
प्रधानमन्त्री सुशीला कार्कीले देशको सुरक्षा र निर्वाचन तयारीका सन्दर्भमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सम्पन्न उच्चस्तरीय सुरक्षा बैठकमा समग्र सुरक्षा स्थितिसँगै आन्दोलन घोषणा गरेका समूहका सन्दर्भमा पनि विश्लेषण भएको छ । प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चार वटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्था र सम्बन्धित निकायको तयारीबारे जिज्ञासा राख्नुभयो । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि पनि केही समूहले सडक प्रदर्शनमा उत्रिने बताइरहँदा सरकारले सुरक्षा व्यवस्थाका सन्दर्भमा संवेदनशील ढङ्गले छलफल गरिएको छ ।
शिक्षामन्त्रीको एक महिना : नीतिगत सुधारको पहल
मन्त्रालयको कार्यभार सम्हालेको महिना दिनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सुधारका लागि विभिन्न नीतिगत निर्णय गर्नुभएको छ । पुन गत असोज ५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
दुर्गममा फोरजी सेवा विस्तार
दुर्गममा फोरजी सेवा विस्तार
तराईबाट हिमालसम्म छठ
आराध्यदेव सूर्य र ब्रह्माको मानसपुत्री छठी (षष्ठी) को उपासना तथा आराधना गरी मनाइने महापर्व छठ शनिबारदेखि सुरु भएको छ । मुख्य गरी चार दिन मनाइने यो पर्व शनिबार ‘नहा खा’ (नुहाएर खाने) विधि पूरा गरी सुरु भएको हो । शिवपुत्र कात्तिकको अर्धाङ्गिनीका रूपमा समेत छठीको पूजा गरिन्छ । यस वर्ष कात्तिक १० गते सोमबार (षष्ठी) का दिन साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार (सप्तमी) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर
कुनै पनि माग वार्ता र संवादमार्फत् समाधान खोज्न गृह मन्त्रालयको अनुरोध
गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबैमा अनुरोध गरेको छ।
निर्धारित समयमै नयाँ संसद् भवन निर्माण गर्न मन्त्री घिसिङको निर्देशन
सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो ।
उपचारका क्रममा बन्दीको मृत्यु
मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु भएको छ । लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका –७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक
मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गर्नुभएको छ ।
बिषालु सर्पले डसेर बालकको मृत्यु
झापामा एक वालकको विषालु सर्पले डसेर ज्यान गएको छ । झापाको शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा ५ वर्षीय छोरा सक्षम तामाङलाई शुक्रबार अपरान्ह बिषालु सर्पले डसेको थियो ।
शारदा नदी किनारमा महिलाको शव फेला
सल्यानको शारदा नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ । शारदा नगरपालिका–१२, गाईनेटानजिक शारदा नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
गौरीघाटमा धमाधम छठघाटको तयारी हुँदै (फोटो फिचर)
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ । अहिले काठमाडौं उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ ।