सुकुमवासी समस्याको समाधान यही सरकारले गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले खोलाकिनारामा रहेका सुकुमवासीको व्यवस्थापन यही सरकारले गर्ने प्रतिबद्धता जनाउनुभएको छ । खोलाकिनाराका जग्गा हडपेर बसे
मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक गरेर सात दिनभित्र सुझाव दिन आग्रह गरेको हो ।
‘विश्व खोप सप्ताह’ सुरु, १३ रोगविरुद्ध खोप प्रदान गरिने
वैशाख ११ गतेदेखि देशभर ‘विश्व खोप सप्ताह’ सुरु भएको छ ।
वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार
राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्रचार गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र भन्नुहुन्छ– हरेक वर्षको बाढी बिर्सनुभयो कि सम्झनुहुन्छ ?
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई मानवीयताको ख्याल गर्दै सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ । विगतका वर्षहरूमा बर्खायाममा आउने बाढीका कारण नदी किनारका बासिन्दाले भोग्नुपरेको सास्ती र जीवनको जोखिमलाई मध्यनजर गर्दै सरकारले यस्तो कदम चाल्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।
हाजिरी विवरण अनिवार्य पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन
बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीको हाजिरी विवरण अद्यावधिक गरी अनिवार्य रुपमा पेश गर्न निर्देशन दिइएको छ ।
नक्कली पेस्तोल देखाएर पर्यटक धम्क्याउने दुई जना पक्राउ
नक्कली पेस्तोल देखाएर पर्यटक र स्थानीय व्यवसायीलाई धम्क्याएको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
दार्मा गाउँपालिकामा बाघको आतङ्क : पाँच बाख्रा खाएपछि स्थानीय त्रसित
दार्मा गाउँपालिका–४ अन्तर्गत पर्ने रातीखोलाको बस्ती क्षेत्रमा जङ्गली बाघ देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्।
ठाकुरबाबामा १५ शैयाको नगर अस्पताल सञ्चालन
बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ ।
जानकी नवमीको अवसरमा दुग्धमतिमा स्नान गरिने
जानकी मन्दिरले जानकी नवमीको अवसरमा दुग्धमति शाही स्नान यात्रालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।
रामग्राम नगरपालिकामा मापदण्ड विपरीतका संरचना हटाउन सुरु
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले सडक मापदण्ड विपरीतका संरचना हटाउन सुरु गरेको छ ।
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ
प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ ।
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनुभएको छ ।
कृषि क्षेत्रको सुधार र किसानको अधिकारमा सांसदको जोड
राष्ट्रिय सभाका सांसदहरूले कृषि क्षेत्रको आधुनिकीकरण, मल कारखानाको स्थापना र अनुदानको दुरुपयोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वाधार निर्माणका कानुनी जटिलता फुकाउन कार्यदलको सक्रियता
विकास निर्माणका आयोजना अदालतमा दायर मुद्दाका कारण समयमै सम्पन्न हुन नसक्दा राष्ट्रलाई पर्न गएको व्ययभार कम गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको छ ।
थापाथलीस्थित सुकुम्बासीले आफ्ना सामान सार्न थाले
सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न निर्देशन दिएसँगै थापाथलीस्थित सुकुम्बासीहरूले आफ्ना सामान सार्न थालेका छन् ।
लोकतन्त्रका दुई दशक : उत्साहदेखि निराशासम्म
वि.सं. २०६३ वैशाख ११ गते नेपाली इतिहासको एक स्वर्णिम दिन हो, जसले शताब्दीऔँ पुरानो निरंकुश राजतन्त्रको जग हल्लाइदियो र नेपाली जनतालाई सार्वभौमसत्ताको वास्तविक मालिक बनायो ।
मालवाहक सवारीसाधनको भारवहन व्यवस्थामा कडाइ
यातायात व्यवस्था विभागले मालवाहक सवारीसाधनको भारवहनसम्बन्धी व्यवस्थामा कडाइ गर्ने सूचना जारी गरेको छ । सडक विभागले प्रत्येक वर्ष सडकको आयु र सुरक्षासँग मालवाहक सवारीसाधनले बोक्ने भारवहनले मुख्य भूमिका निर्वाह गर्ने भन्दै सूचना जारी गर्छ । हरेक वर्ष कडाइका साथ सूचना जारी हुने र त्यसको परिपत्र सम्बन्धित निकायमा पठाउने भए पनि कार्यान्वयनको पक्ष भने निकै कमजोर हुँदै आएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै प्रचलित कानुन अनुसार तोकिएको क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनमाथि कारबाही गरिने स्पष्ट पारेको छ ।
‘सैन्य कलेज’ मा विदेशी सैनिकको आकर्षण
भौगोलिक तथा पर्यावरणीय विशिष्टता, रणनीतिक, व्यावहारिक तालिम तथा अध्ययनका लागि शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज पछिल्लो समय विकसित तथा सुविधासम्पन्न विदेशी मुलुकका सैनिक अधिकृतहरूको रोजाइको केन्द्र बन्दै गएको छ । कलेजमा हाल सञ्चालन भइरहेको सिसं ३३ कमान्ड तथा स्टाफ तालिममा नेपालसहित भारत, चीन, अमेरिका, बेलायत जस्ता विकसित तथा शक्तिराष्ट्र एवं बङ्गलादेश, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तान गरी १० विदेशी मुलुकका सैनिक अधिकृतसहित ९२ जनाको सहभागिता छ ।
लोकतन्त्र दिवस आज, युगीन यात्रा आरम्भ
नागरिकलाई सार्वभौम र देशलाई पूर्वलोकतान्त्रिक व्यवस्थामा प्रवेश गरी नवीन इतिहास निर्माण भएको दिन वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवस । १९ दिनसम्म देशैभरि जागेका नागरिकले २४० वर्षदेखि शासन सत्तामा रहेको शाहवंशीय राजतन्त्र अन्त्य गरी २०६३ वैशाख ११ गते लोकतन्त्रको युगीन यात्रा आरम्भ भएको हो । शाह वंशका अन्तिम शासक ज्ञानेन्द्र शाहले जनताको रूपान्तरणको आकाङ्क्षासामु झुकेर २०५९ जेठ ८ गते विघटन गरेको संसद् पुनस्र्थापना गरेपछि नै लोकतान्त्रिक व्यवस्थाको अग्रगामी युग थालनी भएको हो । संसद् पुनस्र्थापनापछि २०६३ जेठ ४ गतेको बैठकबाट राजसंस्थाका सम्पूर्ण अधिकार खारेज गरेर कार्यकारी अधिकार प्रधानमन्त्रीमातहत ल्याएको थियो ।
ऊर्जा व्यापार रणनीति तयार
आगामी १० वर्षभित्र १५ वटा मुख्य जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत्को आन्तरिक खपत व्यापक गराउने र बच्ने विद्युत् निर्यात पनि बढाउने गरी सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पारेको छ । २०९२ सालभित्र नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरी १३ हजार पाँच सय मेगावाट देशभित्र खपत गराउने र १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य सो रणनीतिको छ ।
संविधान संशोधन बहसपत्र कार्यदल : प्रस्तावना र मर्म अपरिवर्तनीय
राजनीतिक दलका प्रतिनिधिले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले नेपालको संविधानको ‘प्रस्तावना’ लाई निर्देशनात्मक सिद्धान्तका रूपमा राखेर मात्र संविधान संशोधनको बहस चलाउनुपर्ने जिकिर गरेका छन् । कार्यदलका सदस्यले संविधानको प्रस्तावना र मर्मविपरीत गए संशोधनको मूूलभूत मुद्दा ओझेलमा पर्ने र विवाद निम्तिन सक्ने जिकिर गरेका हुन् । उहाँहरूले संविधानका आधारभूत विषय र मौलिक हक तथा तिनै अङ्गको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने गरी संशोधनको विषयवस्तु छनोट गर्नुपर्ने सुझाव दिनुभएको छ ।
धुलोजन्य वायु प्रदूषण उच्च
नेपालको अधिकांश भू–भाग धुवाँ र धुलोजन्य वायु प्रदूषणले ग्रस्त बनेको छ । केही दिनयता बढेको सुक्खा तातोपनसँगै डढेलो उच्च हुँदा धुवाँ र धुलोजन्य वायु प्रदूषण उच्च बनेको हो । वायु प्रदूषणका कणमा आँखाले देख्न नसकिने पिएम–२५ (कणको मापन) भन्दा पनि मसिना कण वायुमण्डलमा बढ्दै गएकाले प्रदूषण उच्च बनेको वातावरण विभागले प्रस्ट पारेको छ । विभागले केही दिन अघिदेखि नै वातावरण प्रदूषणलाई लिएर उच्च सतर्कता अपनाउन अपिल गर्दै आएको छ ।
संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज सम्पन्न भएको छ।