उपचारका क्रममा बन्दीको मृत्यु
मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु भएको छ । लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका –७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक
मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गर्नुभएको छ ।
बिषालु सर्पले डसेर बालकको मृत्यु
झापामा एक वालकको विषालु सर्पले डसेर ज्यान गएको छ । झापाको शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा ५ वर्षीय छोरा सक्षम तामाङलाई शुक्रबार अपरान्ह बिषालु सर्पले डसेको थियो ।
शारदा नदी किनारमा महिलाको शव फेला
सल्यानको शारदा नदी किनारमा एक अज्ञात महिलाको शव फेला परेको छ । शारदा नगरपालिका–१२, गाईनेटानजिक शारदा नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
गौरीघाटमा धमाधम छठघाटको तयारी हुँदै (फोटो फिचर)
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ । अहिले काठमाडौं उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ ।
घरमा आगलागी, ५ लाख ६० हजार बराबरको क्षति
पाँचथरको फालेलुङ गाउँपालिकामा आगलागीमा परी एउटा घर जलेको छ । फालेलुङ–५ प्राङवुङका एलमान थाम्सुहाङको घर आगलागीमा परेको हो ।
सुनकोशी नदीमा बाँध निर्माण सुस्त, भौतिक प्रगती ११ प्रतिशत
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाँध निर्माणको समय अवधि ६० प्रतिशत सकिँदा भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ ।
एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
चिकित्सकको परामर्शबिना आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्ने बानीले देशभर ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीलाई जन्माइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
ह्यात होटललाई सेवा सुचारु गर्न आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गर्नुभएको छ ।
तराई/मधेशमा मात्र सीमित छठ देशभर फैलिँदै
विगतमा मधेशी समुदायमा मात्र सीमित छठ अहिले देशभर फैलिएको छ । चार दिनसम्म मनाइने छठ पर्व आज (शनिबार)बाट विधिवत रूपमा सुरु भएको छ ।
रुकुम जिप दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो, १० घाइते
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।
खोलाले बगाउँदा एक जना बेपत्ता
ताप्लेजुङमा खोलाले बगाउँदा एक जना बेपत्ता हुनुभएको छ । फुङलिङ नगरपालिका–७ निवासी वर्ष ३० का राजन काम्बाङ बेपत्ता हुनुभएको हो ।
बारीमा फुलेको तोरीले वातावरण मनमोहक
गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ। यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्त सुन्दर दृश्य देखिएको छ।
'द्रूतमार्ग निर्धारित मितिमै सम्पन्न हुन्छ, लागत बढ्दैन'
देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बैतडीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–६, सुकेलीका करिब ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
हेटौँडामा धमाधम छठ पर्वको तयारी (फोटो फिचर)
तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा धमाधम छठ पर्वको तयारी सुरु भएको छ । तराई मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको हो ।
दार्चुलामा जिप दुर्घटना : गाडी धनीको मृत्यु, चालकको खोजी हुँदै
दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेत भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।
आहाराको खोजीमा भौतारिन्छ हिउँ चितुवा
आहाराको खोजीमा समर गाउँमा आएको हिउँ चितुवालाई नेपालमै पहिलोपटक खोरमा ट्याप गरी नियन्त्रणमा लिएको थियो । हिउँ चितुवा भेटिएको समर र थर्लुङ फाँटमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले दुर्लभ हिउँ चितुवाको बसस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न १५ वटा क्यामेरा जडान गरिएको थियो ।
फुटबल प्रतियोगिताको उपाधि सप्तकोशीलाई
सप्तरीको तिरहुत गाउँपालिका–५, लोहजाराद्वारा सञ्चालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को उपाधि प्रोग्रेसिभ युवा क्लब सप्तकोसी सप्तरीले हात पारेको छ ।
कुटपिटबाट युवकको मृत्यु
यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिटले राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अध्यक्ष दाहाल र अस्ट्रेलियाका सभामुखबिच शिष्टाचार भेट
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष दाहालले अष्ट्रेलियन सभामुखसँग भेट गर्नुभएको हो।
आपराधिक मुद्दाका फरार अभियुक्त पक्राउ
सप्तरी प्रहरीले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा फरार रहेकामध्ये एक जनालाई पक्राउ गरेको छ।