शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिष्णुप्रसाद पोखरेल
दमक, कात्तिक ८ गते । झापामा एक वालकको विषालु सर्पले डसेर ज्यान गएको छ । झापाको शिबसताक्षी नगरपालिका –७ लालपानी बस्ने मनकुमार तामाङका छोरा ५ वर्षीय छोरा सक्षम तामाङलाई शुक्रबार अपरान्ह बिषालु सर्पले डसेको थियो ।
घरनजिकैको बाँस झ्याङनजिक खेलिरहेको अवस्थामा उनको दायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेपछि उपचारका लागि बिर्ता सिटी अस्पताल आफन्तले लगेका थिए । बेहोस् अवस्थामा वालकलाई अस्पताल लगिएको थियो । आसपास खोजतलास गर्ने क्रममा गोमन सर्प फेला परेको जनाइएको छ ।
बिर्ता सिटी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको सर्पदंश उपचार केन्द्र चारआली लैजाने क्रममा शुक्रबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।